मुस्ताङ १३ मंसिर
जिल्लाको उपल्लो मुस्ताङका प्रहरी चौकीहरु मर्ज हुन थालेका छन् । चिसो बढेपछि स्थानियको चहलपहल घटेका कारण प्रहरी चौकीहरु अस्थायी रुपमा मर्ज गरिएको हो ।
चिसो बढेसंगै उपल्लो मुस्ताङका स्थानिय जाडो छल्न बेशी झर्ने भएकाले इन्धन, दैनिक उपभोग्य सामान लगायतका पूर्वाधारको समस्या हुने र हिमाली क्षेत्रका प्रहरीलाई सरकारले ठाउँ अनुसारको पोसाकको व्यवस्था नगर्दा जाडो समयका लागि प्रहरी चौकी मर्ज गर्नु परेको प्रहरी नायव उपरिक्षक योगीले बताए ।
मर्ज गरिएका प्रहरी चौकीलाई चिसो कम हुँदै गएपछि र स्थानिय बेशीबाट फर्किने क्रम बढेसंगै पुनः पहिलेकै ठाउँमा पुर्नस्थापना गरिने बताइएको छ ।
No comments:
Post a Comment