मुस्ताङ ६ भाद्र
मुस्ताङमा रुट प्रमिट विना संचालनमा आएका सवारी साधनको आवत जावतलाई निषेध गरिएको छ ।
रुट प्रमिट नलिई क्षमता भन्दा बढी यात्रुहरु बोकी सवारी साधन चलाउँदा सानो गल्तीले ठुलो दुर्घटना निम्तिन सक्ने भएकाले त्यस्ता यातयातका साधनलाई भाद्र ४ गते आईतबार देखि संचालनमा रोक लगाईएको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए ।गत श्रावण ३१ गते काभ्रेको बिर्ता देउरालीमा भएको यात्रुवाहक बस दुर्घटना पछि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको मन्त्री परिषदको बैठकले गत भाद्र ३ गते देखि मुलुकभर लागु हुने गरी क्षमता भन्दा बढि यात्रु राखेर सवारी साधन चलान नपाईने र विना रुट प्रमिट संचालन गरेका यातयातका साधनलाई बन्देज गर्ने निर्णय गरेपछि मुस्ताङमा पनि त्यस्ता सवारी साधन संचालनमा रोक लगाइएको हो ।
चेकजाँचको क्रममा केही यातयातका साधन विना इजाजत संचालन गरेको पाइएको छ । सरकारी नियम विपरित विना ईजाजत संचालनमा ल्याइएका र क्षमता भन्दा बढी यात्रुहरु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने प्रहरीले जनाएको छ ।
जिल्लाको यातयातमा जोमसोम–घाँसा रुटमा ७२ वटा बस र २ वटा जिप संचालनमा छन् । त्यस्तै जोमसोम–मुक्तिनाथ रुटमा ६९ वटा सवारीका साधन संचालनमा छन् ।
७६ किलोमिटरको बेनी–जोमसोम सडक खण्ड सडक विभागको स्वमित्वमा रहेको र जोमसोम देखि माथिको सडक सडक विभागको स्वामित्वमा नरहेको बताइएको छ ।
गत साउन ३१ गते ७६ जना यात्रु बोकेको यात्रुवाहक बस काभ्रेको बिर्ता देउरालीमा दुर्घटना हुदा ३३ जनाको मृत्यु ४३ जनाका घाईते भएका थिए । सो बस बिना इजाजत संचालन गरिएको र क्षमता भन्दा बढि यात्रु बोकेकाले भएको पाइएको थियो । सोही दुर्घटना पश्चात सरकारले क्षमता भन्दा बढि यात्रु बोक्ने र रुट प्रमिट विना सवारी साधन संचालनमा रोक लगाएको हो ।
No comments:
Post a Comment