मुस्ताङ २२ श्रावण
जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा श्रावण २२ गते शनिवार मार्फा ७ स्याङमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीको काम कर्तव्यको विषयमा जानकारी गराउँदै स्थानियको सल्लाह सुझाव र गुनासो सुन्नको लागि कार्यक्रमको आयोजना गरिएको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए ।
नागरिक सुनुवाई कार्यक्रममा स्थानिय आइतलाल थकाली, सुर्य बहादुर थकाली र प्रविता थकाली लगायतले बालबालिकालाई कारबाही गर्न हुने कि नहुने, मुस्ताङमा पूर्ण रुपमा जुवातास किन नियन्त्रण हुन सकेन लगायत प्रहरीले गर्ने काम प्रति जिज्ञासा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य भएकाले असल नागरिक बन्ने कार्यमा सबै लाग्नु पर्ने बताए । समाजमा अपराधिक कृयाकलाप हुन नदिन प्रहरी समुदाय विच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताउदै अधिकारीले मुस्ताङमा कतिपय घटना मुखियाले नै मिलाउने प्रचलन भएकाले मुखिया प्रथाका कारण अपराधी उम्कने वातावरण सृजना नगर्न अग्रह गरे ।
जिज्ञासाको जवाफ दिँदै प्रनाउ योगीले अपराधीलाई कारबाही गर्ने गरेको र समाजमा कोही कसैले विकृति फैलाउने कार्य गरेमा प्रहरीमा गोप्य सुचना दिन सकिने भन्दै अपराध रहित शान्तीपूर्ण समाज निर्माणमा समाज र प्रहरीको सहकार्य समन्वय हुनु पर्ने बताए । साथै उनले स्थानिय नागरिकले प्रहरीलाई सहि सुचना दिन सके अपराधी समाजवाट उम्कन नसक्ने बताउँदै प्रहरी संग सहकार्य र समन्वय गर्न विद्यार्थीहरुलाई प्रेरित गर्ने उल्लेख गरे ।
कार्यक्रममा उठेका कानुनी जिज्ञासाको जवाफ सरकारी वकिल रुद्र गौतमले दिएका थिए ।
त्यस्तै कार्यक्रममा स्थानिय विकास अधिकारी हरि प्रसाद बास्तोला र नागरिक अगुवा आस बहादुर थकालीले मन्तव्य व्यक्त गरेका थिए ।
प्रनाउ योगीको अध्यक्षता र जिप्रकाका डम बहादुर धिंगालको संचालनमा संम्पन्न भएको कार्यक्रममा स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment