Friday, May 12, 2017

पाउरोटीको बट्टामा चुनावको कोसेली

केशव बि.क
फाइल तस्वीर
मुस्ताङ, २९ बैशाख । आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मुस्ताङले मतदातालाई कोसेली बाँडन सुरु गरेको आरोप लागेको छ । स्थानिय जनताको मत आफ्नो पोल्टोमा पार्न कांग्रेसले यो तरिका अपनाएको आरोप छ ।
मुस्ताङमा आर्थिक चलखेल गरी चुनाव जित्न पल्केको काँग्रेसले गरेको यो योजना कुनै नौलो होइन् विपक्षी दलहरुले आरोप लगाएका छन् ।  चुनावमा जनताको मन जित्नका लागि प्रत्येक मतको ३ हजारका दरले मोलतोल गर्न सुरु गरेको स्थानियले बताएका छन् ।
माननीय वाणीज्य मन्त्री रोमी गौचन थकाली नेतृत्वको टोलीले जिल्लाका पाँच गाउँपालिकाका विभिन्न ठाउँमा पैसाले मत किन्न थालेको आरोप लागेको हो । ६ लाखको चेक साटी पाउरोटीको प्याकमा गाउँगाउँमा पैसा पु¥याएर बाँडेको दोस्रो संविधान सभाका स्वतन्त्र उम्मेदवार प्रेमप्रसाद तुलाचनले बताए ।
उनका अनुसार नेपाली कांग्रेस मुस्ताङले थासाङ गाउँपालिकाको ताक्लुङमा २ लाख, देउरालीमा १ लाख पैसा बाँडेको बताइएको छ । नपुगे फेरी थप्ने योजना अनुसार ३ हजारको दरले पैसा बाँडेको सुचना प्राप्त भएको छ । तुलाचनले भने ।
कोरला नाकामा जाने अनुमति लिएर आएका वाणीज्य मन्त्री गौचनले चुनाव प्रचार प्रसार गरी अभिव्यक्ति दिँदै हिडेको भन्दै ठाडो उजुरी पर्न आएको मुस्ताङका मुख्य निर्वाचन अधिकृत एवं माननीय जिल्ला न्यायधीश बलराम त्रिपाठीले जानकारी दिए ।
माननीय वाणीज्य मन्त्रीले निर्वाचनको आचारसंहिता विपरित कार्य गरेको हामीलाई पनि जानकारी आएको छ । माननीय मन्त्री ज्युलाई आचारसंहिता विपरित कार्य नगर्न फोन मार्फत हामीले भनेका छौँ । र यस बारेमा हामीले निर्वाचन आयोगलाई पनि जानकारी पठाईसकेका छौँ । त्रीपाठीले भने ।    
निर्वाचनको आचारसंहिता विपरित आर्थिक चलखेल गरेको जानकारी प्राप्त भएतापनि हामी कारबाही गर्ने निकायमा नभएकाले त्यसको सूचना निर्वाचन आयोगमा पठाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोरखेलले बताए ।

No comments:

Post a Comment