Wednesday, December 13, 2017

अदालतले ग¥यो संचारकर्मीसंग अन्तरक्रिया

केशव वि.क. 
जोमसोम । मुस्ताङ जिल्ला अदालत जोमसोमले बुधवार संचारकर्मी र वडा सचिवहरु संग अन्तरक्रिया गरेको छ । अदालतमा दर्ता हुँने मुद्धा निष्पक्ष र पारदर्शी बनाउन र आम जनतामा सत्य तथ्य समाचार संम्प्रेषण गर्नका लागि अन्तरक्रियाको अयोजना गरिएको हो । 

माननीय जिल्ला न्यायाधीश बलराम त्रीपाठीको अध्यक्षतामा भएको अन्तरक्रियामा न्यायलयलाई चुस्त राख्नको लागि विविध निर्णय गरिएको छ । निर्णयलाई सहि रुपमा कार्यान्वयन गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताइएको छ । 

न्यायालयको रणनीतिक कार्य योजनालाई सार्थक बनाउँन न्याय सम्पादनमा अदालतबाट हुँने काम कारवाहीलाई सहयोग पु¥याउँने, न्यायिक बिषयमा समाचार प्रकाशन प्रसारण गर्दा न्यायपालिकाको जनआस्था र बिश्वासलाई प्रतिकुल नहुँने गरेर आधिकारीक व्यक्तिबाट जानकारी लिने, न्यायलय प्रतिको मुल्यमान्यता र जनआस्था अभिबृद्धि गराउँन सञ्चारकर्मीले रचनात्मक भूमिका निर्वाह गर्ने लगायतका निर्णय भएको श्रेस्तेदार महेन्द्र ज्ञवालीले जानकारी दिए । 

त्यसैगरी अन्तक्रियामा स्थानीय तहका सचिवहरु बीच अदालतका फैसलाले असूल उपर गर्नुपर्ने कैद, दण्ड र जरिवाना लागेका व्यक्तिलाई पहिचान गराई कैद, दण्ड जरिवाना असूल उपर गर्न सहयोग गर्ने लगायतका निर्णय गरिएको अदालत स्रोतले जनाएको छ ।

No comments:

Post a Comment