Saturday, December 24, 2016

अन्ततः मुस्ताङमा ५ गाउँ पालिका

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ ९ पौष

हिमाली जिल्ला मुस्ताङमा ५ गाउँ पालिका हुने भएको छ । स्थानिय तहको संख्या र सिमाना निर्धारण सम्बन्धी आयोगको प्रतिवेदन अनुसार मुस्ताङमा ५ गाउँ पालिका हुने निश्चित भएको छ।
    छोन्हुप, छोसेर र लोमान्थाङ– लोमान्थाङ गाउँ पालिका, सुर्खाङ, चराङ र घमी– डालोमे गाउँ पालिका, छुसाङ झोङ, मुक्तिनाथ र कागबेनी– बाह्र गाउँ मुक्तिक्षेत्र गाउँ पालिका, जोमसोम, मार्फा र टुकुचेको चिमाङ गाउँ सहित– घरपझोङ गाउँपालिका र टुकुचे, कोवाङ, लेते र कुञ्जो गाविस– थासाङ गाउँ पालिका हुने बताइएको छ । 

स्थानिय तह पुनर्संरचना सम्बन्धी जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठीमा स्थानियले
आफ्नो कलासँस्कृति टुक्रिने भन्दै आफुहरुलाई ३ गाउँपालिका मान्य नहुने बताएका थिए । मुस्ताङलाई ३ गाउँपालिकामा विभाजन गर्ने आयोगको निर्णय अव्यवहारिक र अपर्याप्त भएको भन्दै मुस्ताङमा विशिष्टता, पहिचान, कलासंस्कृति, भौगोलिक, धार्मिक, ऐतिहासिक, विविधता, सामाजिक र साँस्कृतिक हिसाबले ५ गाउँपालिका आवश्यक रहेको भन्दै ५ गाउँ पालिका माग गरेका थिए ।

स्थानीय तहको संख्या र सिमाना निर्धारणसम्वन्धी आयोगले झापा जिल्ला बाहेक कुल ७ सय २५ वटा स्थानीय तह गठन गर्ने गरी प्रतिवेदन तयार गरेको छ ।
झापाबाहेक ७ सय २५ स्थानीय तह गठन निश्चित भइसकेको छ । अब झापालाई दिएको अधिकतम संख्यामा सहमति भएमा देशभर कुल ७ सय ४१ स्थानीय तह गठन हुने लगभग निश्चित भएको छ ।
आयोगले सुरुमा ५६५ स्थानीय तह प्रस्ताव गरेको थियो । तर, कांग्रेस लगायतका दलहरुले संख्या बढाउनुपर्ने माग गरेपछि सरकारले स्थानीय तह पुनर्संरचनाको मापदण्ड परिमार्जन गरेको हो  ।
देशभर दुई महानगरपालिका
आयोगको सिफारिस अनुसार अब देशभर दुई वटामात्र महानगरपालिका हुने भएको छ । पोखरा उप(महानगरपालिकामा लेखनाथ नगरपालिकालाई मिसाएर नयाँ महानगरपालिका घोषणा गर्न प्रस्ताव गरेको छ । यस्तै काठमाडौ महानगरपालिकालाई यथावत राखिएको छ ।
यस्तै मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिकालाई महानगरपालिकामा विस्तार गर्ने प्रस्ताव आयोगले अस्वीकार गरिदिएको छ । त्यस्तै हेटौंडा पनि महानगरपालिका नबन्ने भएको छ ।

No comments:

Post a Comment