Friday, May 26, 2017

मुस्ताङका शिक्षकले बुझाए ज्ञापनपत्र

केशव वि.क.
मुस्ताङ । शिक्षक महासंघ मुस्ताङले शुक्रबार जिल्ला शिक्षा कार्यालय मुस्ताङमा ज्ञापनपत्र बुझाएको छ । दुर्गम जिल्लामा अध्यापन गर्ने शिक्षकहरुको कर्मचारी सरह पोशाक भत्ता उपलब्ध गराइदिनका लागि सम्बन्धित निकायहरुमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको हो । 
सरकारले हिमाली दुर्गम जिल्लामा काम गर्ने राष्ट्रसेवक कर्मचारीहरुलाई भूगोल अनुसार वार्षिक पन्ध्रहजार हजार रुपैयाँ पोशाक भत्ताको व्यवस्था गरेको तर शिक्षकहरुको हकमा सो भन्दा पचास प्रतिशत कम अर्थात सातहजार पाँच सय रुपैयाँ मात्र व्यवस्था गरिएकाले राष्ट्रसेवक कर्मचारी सरह शिक्षकलाई पोशाक भत्ताको व्यवस्था गरियोस भन्दै ज्ञापना पत्र बुझाएको शिक्षक महासंघ मुस्ताङका अध्यक्ष राजु प्रसाद श्रेष्ठले बताए ।
एउटै मौसम, भूगोल र वातावरणमा काम गर्ने कर्मचारी र शिक्षक बिच सरकारले विभेद गरेको भन्दै शिक्षकहरुले विभेदकारी व्यवहारको शिकार भएर आफुहरु नबस्ने र त्यसको लागि शिक्षकहरु जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको बताएका छन् ।
ज्ञापनपत्र बुझ्दै जिल्ला शिक्षा कार्यालय मुस्ताङका निमित्त जिल्ला शिक्षा अधिकारी मोतिलाल चपाईले शिक्षकका मागलाई पुरा गर्न सम्बन्धित निकायमा पहल गर्ने बताएका छन् ।  

No comments:

Post a Comment