केशव वि.क
मुस्ताङ १८ फाल्गुन
मुस्ताङ जिल्लाको एकमात्र आंगिक क्याम्पस जनहित बहुमुखि क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानल बिजयी भएको छ । अनेरास्ववियुबाट स्ववियु सभापतिका उम्मेदवार रविन बानियाँले आफ्ना प्रतिस्पर्धी नेवि संघ प्यानलबाट स्ववियु सभापतिका दाबेदार सोयल थकालीलाई ६ भोटको अन्तरले उछिनेका हुन् । बाँनियाले १५ मत र थकालीले ९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी अनेरास्ववियु प्यानलबाट सचिव पदका उम्मेदवार सीता श्रेष्ठ र कोषाध्यक्ष पदका उम्मेदवार अंकिता पुनले क्रमशः १५ र १४ भोट प्राप्त गरी नेवि संघ प्यालनबाट सचिव र कोषाध्यक्ष पदका उम्मेदवार सृष्टि चौधरी र रुचिता गुरुङलाई पछि पारेका छन् । चौधरी र गुरुङले क्रमशः ८ र ४ भोट प्राप्त गरेका छन् ।
समानुपातिक तर्फ अनेरास्ववियुले १४ र नेवि संघले ५ मत प्राप्त गरेका छन् । दुई जना उम्मेदवारको २ भोट बदर भएको जनहित बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख यवं निर्वाचन अधिकृत कर्ण बहादुर थकालीले जनाकारी दिए । २७ जना मतदाता रहेको क्याम्पसमा २४ जनाले मतदान गरेका थिए ।
अनेरास्ववियूले सभापति सहित १० जनाको उम्मेदवारी दर्ता गराएकोमा सो प्यानलबाट समानुपातिक सदस्य तर्फ भीम कुमारी पुर्जा, सल्मा थकाली, विश्वास थकाली र खुल्ला सदस्य तर्फ ममिला किसान, रोशनी श्रेष्ठ, प्रतिक्षा परियार र रविन पाइजा सर्वसम्मत चयन भएका थिए ।
चुनावी प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । निर्वाचन अधिकृत थकालीका अनुसार मतदान प्रक्रिया बिहान ७ बजे सुरु भई ८ बजेर ४५ मिनेट जाँदा रोकिएको र मतगणना गरी बिहान ९ बजे निर्वाचन परिणाम सार्वजनिक गरीएको थियो ।
विगत ३ वर्ष देखि स्नातक तहको कक्षा संचालन हुँदै क्याम्पसमा पहिलो पटक स्ववियु निर्वाचन भएको हो ।
No comments:
Post a Comment