जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलको अध्यक्षता तथा जिल्लास्थित विभिन्न सरोकारवालाको उपस्थितिमा जोमसोममा गत फाल्गुन १५ गते बसेको बैठकले विपद व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।
बैठकले गत पौष ३ गते घमीको ८ र ९ ढाकमरमा गएको बाढीको कारण क्षति पुगेको खानेपानी पाईलाईन, काठको साँगु, पानी घट्ट र सिँचाई कुलोको मर्मतका लागि खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला विकास समिति र सिँचाई सवडिभिजन कार्यालयलाई आग्रह गर्ने र आगामी दिनहरुमा जिल्लामा पर्न सक्ने प्राकृतिक विपत्तीको संभावना र त्यसको प्रतिकारका लागि जिल्लास्थित विषयगत कार्यालयहरु संग समन्वय गरी स्थानिय विकास अधिकारीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरी विपद व्यवस्थापन प्रतिकार कार्ययोजना तयार पार्न लगाउने निर्णय गरेको छ । त्यसैगरी आगामी चैत्र पहिलो साता संचालन हुन गैरहेको घुम्ती शिविरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लगायतको सहयोगमा विपद व्यवस्थापन सचेतना कार्यक्रम संचालन गर्ने र आगामी दिनमा हिमताल पहिरोबाट हुनसक्ने क्षतिको न्युनिकरणका लागि हिमताल सर्वेक्षण गर्न विपद व्यवस्थापन केन्द्रिय समितिलाई अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।
No comments:
Post a Comment