मुस्ताङ, ९ चैत्र । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतको ऐतिहासिक थाक ठिनी गाउँमा स्थापित थकाली संग्रालयको बुधवार एक समारोहका बिच उदघाटन गरीएको छ । व्यवस्थापिका सांसद माननीय श्रीमाया थकालीले संग्रालयको उदघाटन गरेकी हुन् ।
संग्रालयको उदघाटन गर्दै सांसद थकालीले थाक पाँच गाउँको कलासंस्कृतिको जगेर्ना गर्न घरपझोङ गाउँपालिकाको ठिनी गाउँमा संग्रालय स्थापना गरिएकोमा खुःशी व्यक्त गर्दै अब पहिचानको लगाई सुरुवात भएकाले सबैले आआफ्नो पहिचान बनाउन लाग्नु पर्ने बताइन् ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले संस्कृति नरहे हामी पनि नरहने भन्दै संस्कृतिको संरक्षण र जगेर्ना गर्नुपर्नेमा जोड दिए । त्यस्तै घरपझोङ गाउँपालिकाकी कार्यकारी अधिकृत मैयाँ कडेलले संग्रालयले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताईन् ।
कार्यक्रममा समाजसेवी कुल बहादुर थकाली, नागरिक अगुवा चन्द्र बहादुर थकाली, संग्रालयका अध्यक्ष रत्न बहादुर थकालीले शुभकामना मन्तव्य र सचिव कर्ण बहादुर थकालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम संग्रालयका अध्यक्ष रत्न बहादुर थकालीको अध्यक्षता, सदस्य सन प्रसाद थकालीको स्वागत र सदस्य जमुना थकालीको संचालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment