केशव वि.क
जिल्लाको सदमुकामको गाउँपालिका घरपझोङको गाउँ कार्यपालिकाको महिला सदस्य र दलित अल्पसङ्ख्यक सदस्यको लागि निर्वाचन भएको थियो । लोमान्थाङ, दालोमे, बाह्रगाउँ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यहरु निर्विरोध चयन भएका थिए ।
दालोमे गाउँ कार्यपालिकाको लागि महिला सदस्यमा छिरिङ ल्हामो गुरुङ, छेपे पासाङ गुरुङ, धम्च्ये गुरुङ र पेमा डोका गुरुङ चयन भएका छन् । दलित वा अल्पसङ्ख्यक सदस्यमा कृष्णप्रसाद विक र पेमा छेतेन विक रहेका छन् ।
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाको लागि महिला सदस्यमा साङमो छिरिङ गुरुङ, लक्ष्मी कुमारी गुरुङ, देवी गुरुङ र फूलकुमारी विक रहेका छन् । दलित वा अल्पसङ्ख्यक सदस्यमा छिरिङ आङग्याल गुरुङ र फूलमाया विक चयन भएका छन् ।
थासाङ गाउँ कार्यपालिकामा महिला सदस्यमा इन्द्रकुमारी नेपाली, सुदा परियार, पूर्णकुमारी गौचन र विमला तुलाचन चयन भएका छन् । त्यस्तै दलित वा अल्पसङ्ख्यक सदस्यमा नविन शेरचन र नरेन्द्र शेरचन रहेका छन् ।
गाउँ कार्यपालिकामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाका वडा अध्यक्षहरु स्वत रहने व्यवस्था रहेको छ ।
निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईसकेको मुख्य निर्वाचन अधिकृत यवं जिल्ला न्यायाधीस बलराम त्रीपाठीले बताए ।
No comments:
Post a Comment