केशव बि.क.
२० थान सामसुङ जेफाईब मोवाईल र जिएसएम सिमकार्ड, २० थान रेनगेज, २० थान थर्माेमिटर गरी करिब ७ लाख बराबरको सामाग्री वितरण ग
रेको नेपाल सरकार कृषि विकास मन्त्रालयका कृषि मौसम विज्ञ समि कुवँरले जनाकारी दिए ।
माटो, पानी र मौसमको पूर्व जानकारीको समुचित प्रयोगले प्रतिकूल मौसमका असरहरु न्यूनिकरण गर्नका साथै उपयुक्त मौसमबाट फाईदा लिनुपर्ने अहिलेको आवश्यकता भएको भन्दै कृषकहरुलाई सो सामाग्री वितरण गरिएको हो ।
कृषकले मोबाइलको प्रयोगबाट आयोजनाले सुरुवात गरेको ‘हाम्रो कषि’ मोबाइल एप्लिकेसन डाउनलोड गरी किसानले मौसम सम्बन्धी जानकारी, कषि, प्रविधि, जिल्ला कृषि तथा पशुसेवा कार्यालयका सम्पर्क नम्बरहरु, कृषि तथा पशु बीमा अभिकर्ता सम्बन्धी जानकारी लगायतका अन्य जानकारी प्राप्त गर्न सकिने बताइएको छ ।
कृषि तर्फका १२ जना कृषक र पशुसेवा तर्फका ८ जना गरी २० जना कृषकलाई सो सामाग्री वितरण गरिएको हो । आयोजनाले वितरण गरेको सामाग्रीले आफुलाई पेशा प्रति थप उत्प्रेरणा जागेको जोमसोमका कृषक राजेन्द्र शेरचनले बताए ।
No comments:
Post a Comment