केशव विश्वकर्मा
मुस्ताङ १३ भाद्र
ठिनी गाउँका स्थानियले परम्परागत रुपमा मनाउँदै आएको ऐतिहासिक ठिनी फाला पर्व सोमबार देखि जोमसोमस्थित ठिनी गाउँमा सुरु भएको छ ।
मुस्ताङ सदरमुकाम जोमसोमस्थित ठिनी गाउँका स्थानीय वासीले राजा थर्कोचेनको पालादेखि मनाउँदै आएको यस पर्वलाई निरन्तरता दिएका छन् । ऐतिहासिक फाला पर्वमा स्थानियले परम्परागत याक नृत्य, अग्नि प्रज्वोलन, राजाको झाँकी, आर्चरी प्रतियोगिता, हाँस्य व्यग्यका साथै थकाली साँस्कृतिक भेषभूषा पहिरन गरी विविध साँस्कृतिक कार्यक्रम सहित मनाउने गर्दछन् ।
संस्कृतिको संरक्षण र परम्परालाई जोगाउने उद्देश्यले विशेष कार्यक्रम सहित ठिनी फाला पर्व मनाउन लागिएको जनमुक्ति युवा क्लव ठिनीका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिए ।
तिन दिन सम्म मनाईने फाला पर्व अवलोकनका लागि जोमसोम ,मार्फा ,चिवाङ ,छैरो ,स्याङ र टुकुचेका स्थानीयहरु ठिनी गाउँमा आउने गर्दछन् ।
धेरै वर्ष पुरानो यो पर्व हाम्रा लागि ठूलो चाड हो, थाक गाउँका पूर्व राजाहरुको पालादेखि मनाउने गरेकाले यसलाई निरन्तरता दिँदै आएको स्थानियहरु बताउँछन् ।
Monday, August 29, 2016
Friday, August 26, 2016
रोमी गौचनलाई बााणिज्य मन्त्रालयको जिम्मेवारी !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ १० भाद्र
मुस्ताङका सभासद रोमी गौचन थकाली नेपाल सरकारको मन्त्री परिषदमा चयन भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच मन्त्रालय भागबन्डामा सहमति जुटेपछि रोमीलाई मन्त्रीमा सिफारिस गरिएको हो ।
पाँच मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको नेता पौडेल पक्षबाट गौचन मन्त्रीमा सिफारिस भएका हुन् । उनले बाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै पार्टी कोषाध्यक्ष सीतादेवी यादवका साथै दिपक गिरी, नवीन्द्रराज जोशी र हृदयराम थानी सहभागी हुँदै छन्। पौडेल पक्षबाट सरकारमा सहभागी हुने नयाँ अनुहार छन्।
गौचन बाणिज्य, यादव शान्ति, गिरी सिँचाइ, जोशी उद्योग र थानीले सहकारीको जिम्मेवारी पाएका छन्। पौडेल पक्षबाट बलबहादुर केसी, आनन्दप्रसाद ढुंगानासहितका नेता पनि मन्त्रीका आकांक्षी थिए। तर, पौडेल पक्षभित्रको पनि उपगुट मिलाउँदा उनीहरू सूचीमा अटेनन्।
त्यसैगरी सभापति निकट नेताहरू प्रकाशशरण महत, बालकृष्ण खाँण, अर्जुननरसिंह केसी, जीवनबहादुर शाही, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ र शंकर भण्डारी मन्त्री छानिएका छन्। महत परराष्ट्र, खाँण रक्षा, केसी सहरी विकास, शाही पर्यटन, गुरुङ श्रम र भण्डारीले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।
भण्डारी र गुरुङको नाम अन्तिम समयमा मात्र मन्त्रीको सूचीमा परेको हो। नेता खुमबहादुर खड्काले भण्डारीलाई सरकारमा सहभागी गराउन दबाब दिएपछि मोहनबहादुर बस्नेतको नाम काटिएको स्रोतको दाबी छ।
त्यस्तै, सिटौला पक्षबाट गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। सभापति देउवाले थापालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरे पनि केसी र उनले मन्त्रालय साटफेर गरेको निकट स्रोतको दाबी छ।
यसअघि गृह मन्त्रालय नपाएको भन्दै मन्त्रीको शपथ नलिएका केसीलाई स्वास्थ्यको जिम्मेवारी मिलेको थियो। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको जनाउँदै केसीले पार्टी केन्द्रीय सदस्यसमेत रहेका नाताले ज्वाइँ थापालाई स्वास्थ्यमा पठाएर सहरी विकास लिएको निकट स्रोतको दाबी छ। थापा पहिलोपटक मन्त्री बन्न लागेका हुन् भने केसीले यसअघि पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
सरकारमा सहभागी हुने १३ कांग्रेस नेताले शुक्रबार बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने छन्। सभापति देउवाका सात, नेता पौडेलका पाँच र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट एक नेताले शुक्रबार शपथ लिन लागेका हुन्।
परराष्ट्र मन्त्रालयको जिम्मेवारी नपाएपछि नेता शेखर कोइराला मन्त्रिपरिषदमा अटाएनन्। सभापति देउवाले आफ्ना विश्वासपात्र महतलाई परराष्ट्रको जिम्मेवारी दिएपछि कोइराला बाहिर परेका हुन्। गृह र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीसहित कांग्रेसबाट निधि र लेखक सरकारमा सहभागी भइसकेका छन्।
कांग्रेसले सभापति देउवा स्वास्थ्य उपचारबाट फर्केलगत्तै पार्टीका थप केही नेतालाई राज्यमन्त्रीको जिम्मेवारी दिने आन्तरिक तयारी छ। उपचारका लागि देउवा शुक्रबार नै विदेश जाँदैछन्। देउवा स्वदेश फर्केपछि दीर्घराज भाट, सुरेन्द्र आचार्य, सरिता प्रसाईं, जीवनबहादुर परियार सहितका नेताले राज्यमन्त्रीको जिम्मेवारी पाउनसक्ने निकट स्रोतको दाबी छ।
सभापति देउवा र नेता पौडेल पक्षबीच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै शुक्रबार पुष्पकमल दाहाल नेतृत्वको सरकार चौथोपटक विस्तार हुने भएको छ। दाहाल प्रधानमन्त्रीमा निर्वाचत भएको तीन सातापछि सत्ता साझेदार कांग्रेसले १५ मन्त्रालयसहित नेताहरूलाई सरकारमा पठाउन लागेको हो। प्रधानमन्त्री दाहालसहित माओवादी नेताहरू कांग्रेसलाई थप दुई मन्त्रालय दिन सहमत भएसँगै कांग्रेसले पार्टीभित्रको मन्त्रालय विवाद अन्त्य गर्दै सरकारमा सहभागी नेताको नाम र जिम्मेवारीसमेत तय गरेको छ। माओवादीसँग सत्ता साझेदारी गर्दा कांग्रेसले १३ र माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक आठ मन्त्रालय लिने सहमति थियो। तर, कांग्रेसले पार्टीभित्र सन्तुलन मिलाउन कठिन भएको जनाएसँगै थप दुईसहित १५ मन्त्रालयको जिम्मेवारी पाएको हो।

Thursday, August 25, 2016
जोमसोममा धार्मिक एवं शैक्षिक महोत्सव शुरु !
केशव विश्वकर्मा
मुस्ताङ ९ भाद्र
“सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने उद्घोषका साथ हिमालीपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा “जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव” भाद्र ९ गते बिहिबार देखि शुरु भएको छ । महोत्सव भाद्र १६ गते सम्म संचालन हुनेछ ।
कार्यक्रमको उदघाटन गर्दै जिल्ला न्यायधीश |
आध्यात्मिक र भौतिक ज्ञानको माध्यमबाट प्राविधिक, नैतिक र सामाजिक शिक्षामा विकास गर्न नेपालमा १०१ टेक्निकल कलेज स्थापना गर्ने लक्ष्य अनुरुप मुस्ताङबाट सो कार्यको थालनी गरेको प्रमुख कथा वाचक पं. दिनबन्धु पोखरेलले बताए । पोखरेलका अनुसार महोत्सवमा कम्तिमा २ करोड देखि ५ करोड सम्म रकम उठाउने लक्ष्य राखिएको छ ।
कलश यात्रामा पञ्चकन्या |
त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले असल कार्यको सुरुवात भएकाले यसले आत्म चिन्तनलाई सहयोग पु¥याउँदै शैक्षिक विकासमा टेवा पु¥याउने भन्दै महोत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
कलश यात्रामा सम्पूर्ण उपस्थित व्यक्तित्व |
राष्ट्र निर्माण, पितृहरुको सदगति साथै धर्म, संस्कार र संस्कृति संरक्षण गर्दै जनहित उमावि तथा जनहित बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ शालिग्राम भगवानको विशेष पूजा, बुद्ध धर्म गुरुहरुको प्रवचन सहित प्रखर अन्तराष्ट्रिय कथा वाचक पं. दिनवन्धु पोखरेल एवं सह वाचक धु्रव शरण बस्यालले संगीतमय कथा वाचन गर्ने बताईएको छ ।
कार्यक्रममा प्रमुख कथा बाचक दिनबन्धु पोखरेल, सह वाचक एवं संकल्पकर्ता ध्रुव शरण बस्याल, स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोला, जिल्ला शिक्षा अधिकारी केशरी रमण न्यौपाने, पूर्व सभासद चन्द्र बहादुर गुरुङ, रेडक्रस सभापति चन्द्र बहादुर थकाली, क्याम्पस संचालक समितिका सल्लाहकार मान बहादुर बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको पूर्व सन्ध्यामा जोमसोम हुँदै पुथाङ एयरपोर्टसम्म कलश यात्रा संचालन गरिएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीको अध्यक्षता, जनहित उमावि व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीको स्वागत र क्याम्पस प्रमुख रामचन्द्र अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, सुरक्षा अधिकारी, नागरिक समाज, समाजसेवी लगायत स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।
Wednesday, August 24, 2016
च्याङग्रा विकास स्रोतकेन्द्र फार्म चराङ–लोमान्थाङमा उपयुक्त !
केशव बिश्वकर्मा
मुस्ताङ ८ भाद्र
नेपाल सरकार, पशुपंक्षी विकास मन्त्रालय पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालयले मुस्ताङ जिल्लामा च्याङग्रा विकास स्रोतकेन्द्र फार्म स्थापना गर्न चराङ र लोमान्थाङ उपयुक्त रहेको बताएको छ ।
च्याङग्रा विकास स्रोतकेन्द्र फार्म स्थापना गर्नको लागि स्थान छनोट गर्ने विषयमा उपल्लो मुस्ताङको स्थलगत भ्रमण गरी प्राविधिक दृष्टिकोणले लोमान्थाङ र चराङ गाविसको जग्गा उपयुक्त देखिएको पशु उत्पादन निर्देशनालयका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए ।
पशु विकास अधिकृत ढकालका अनुसार च्याङग्रा विकास स्रोतकेन्द्र फार्मको प्रयोजन एवं चरन तथा घाँस विकासको लागि आवश्यक पर्ने पानीको उपलब्धता लोमान्थाङमा सुम्दा खोला र चराङमा चराङ खोलाबाट हुने भएकाले सो स्थानमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि उपयुक्त रहेको छ ।
स्रोतकेन्द्र फार्म स्थापनाको लागि लोमान्थाङमा ५ सय हेक्टर र चराङमा ५ हेक्टर गरी आवश्यक १ हजार हेक्टर जग्गा चराङ–लोमान्थाङको सीमावर्ती क्षेत्रमा उपलब्ध गराउन सो क्षेत्रका स्थानिय सहमत भएका छन् ।
चराङ गाविस सँग सीमाना जोडिएको स्थानबाट लोमान्थाङ गाविस तर्फ मोटर बाटोले छोएको चरन क्षेत्र पानीको मुहान उपलब्ध हुने गरी ५ सय हेक्टरमा नघटाई च्याङग्रा विकास स्रोतकेन्द्रको नाममा जग्गा उपलब्ध गराउन र फार्म स्थापनाका लागि घाँस तथा चरन विकास प्रयोजनमा आवश्यक पर्ने पानी सुम्दा खोलाबाट स्रोतकेन्द्र सम्म लैजान लोमान्थाङ गाविसले सहमति प्रदान गरेको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्माले बताए ।
त्यसैगरी लोमान्थाङ गाविस सँग सीमाना जोडिएको स्थानवाट चराङ गाविस तर्फ मोटर बाटोले छोएको चरन क्षेत्रको ५ सय हेक्टर नघटाई फार्म स्थापना गर्न आवश्यक पर्ने सिंचाईको लागि पानी तथा खानेपानी चराङ खोलाबाट सो स्थानसम्म लैजान चराङ गाविसले पनि सहमति प्रदान गरेको छ ।
परम्परागत च्याङग्रा पालनमा वैज्ञानिक पूर्वाधार स्थापना गरी परम्परागत व्यवसायमा सुधार गर्दै उत्पादनमा वृद्धि गरी पशु प्रवद्र्धनमा टेवा पु¥याउन नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालयले आ.व. ०७३÷०७४ को वार्षिक स्विकृत बजेट अन्तर्गत मुस्ताङमा च्याङग्रा पालन स्रोत केन्द्र स्थापना गर्न लागेको हो ।
भेडाच्याङग्राबाट उत्पादन हुने पस्मिना युरोप अमेरिका लगायतका देशहरुमा एकदम बढि माग हुने गरेकाले पस्मिना उत्पादलाई प्रोमोट गर्न र पशुपालनमा सबैभन्दा बढि च्याङग्राको मासु र पस्मिना महंगो मुल्यमा विक्रि हुने हुदाँ मुस्ताङमा सो केन्द्र स्थापना गर्न लागेको केन्द्रिय भेडाबाख्रा प्रवद्र्धन कार्यालयका अधिकृत ईश्वरी खतिवडाले जानकारी दिए ।
च्याङग्राको आहाराको आपूर्ति नियमित बनाउन मौसमको प्रतिकुलता बाट संरक्षण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न घाँसमा आधारित संरक्षित आहारा हे र साइलेजका साथै टिएमआर लगायत आवश्यक दाना समेतको माध्यमबाट आहारा व्यवस्थापन गरी व्यवसाय स्थापित गर्ने वरिष्ठ पशु विकास अधिकृत डा. बर्माको भनाई छ ।
च्याङग्रा विकास स्रोतकेन्द्र फार्मको नाममा जग्गा प्राप्त गरी लालपूर्जा उपलब्ध हुने सम्मका प्रकृयाहरु अघि बढाउन जिल्ला पशुसेवा कार्यालय मुस्ताङले तदनुसारका कार्यहरु गर्ने बताईएको छ ।

Monday, August 22, 2016
प्रमिट बिनाका सवारी साधन चल्न नपाउने !
मुस्ताङ साप्ताहिक/मुस्ताङ
मुस्ताङ ६ भाद्र
मुस्ताङमा रुट प्रमिट विना संचालनमा आएका सवारी साधनको आवत जावतलाई निषेध गरिएको छ ।
रुट प्रमिट नलिई क्षमता भन्दा बढी यात्रुहरु बोकी सवारी साधन चलाउँदा सानो गल्तीले ठुलो दुर्घटना निम्तिन सक्ने भएकाले त्यस्ता यातयातका साधनलाई भाद्र ४ गते आईतबार देखि संचालनमा रोक लगाईएको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए ।
गत श्रावण ३१ गते काभ्रेको बिर्ता देउरालीमा भएको यात्रुवाहक बस दुर्घटना पछि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको मन्त्री परिषदको बैठकले गत भाद्र ३ गते देखि मुलुकभर लागु हुने गरी क्षमता भन्दा बढि यात्रु राखेर सवारी साधन चलान नपाईने र विना रुट प्रमिट संचालन गरेका यातयातका साधनलाई बन्देज गर्ने निर्णय गरेपछि मुस्ताङमा पनि त्यस्ता सवारी साधन संचालनमा रोक लगाइएको हो ।
चेकजाँचको क्रममा केही यातयातका साधन विना इजाजत संचालन गरेको पाइएको छ । सरकारी नियम विपरित विना ईजाजत संचालनमा ल्याइएका र क्षमता भन्दा बढी यात्रुहरु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने प्रहरीले जनाएको छ ।
जिल्लाको यातयातमा जोमसोम–घाँसा रुटमा ७२ वटा बस र २ वटा जिप संचालनमा छन् । त्यस्तै जोमसोम–मुक्तिनाथ रुटमा ६९ वटा सवारीका साधन संचालनमा छन् ।
७६ किलोमिटरको बेनी–जोमसोम सडक खण्ड सडक विभागको स्वमित्वमा रहेको र जोमसोम देखि माथिको सडक सडक विभागको स्वामित्वमा नरहेको बताइएको छ ।
गत साउन ३१ गते ७६ जना यात्रु बोकेको यात्रुवाहक बस काभ्रेको बिर्ता देउरालीमा दुर्घटना हुदा ३३ जनाको मृत्यु ४३ जनाका घाईते भएका थिए । सो बस बिना इजाजत संचालन गरिएको र क्षमता भन्दा बढि यात्रु बोकेकाले भएको पाइएको थियो । सोही दुर्घटना पश्चात सरकारले क्षमता भन्दा बढि यात्रु बोक्ने र रुट प्रमिट विना सवारी साधन संचालनमा रोक लगाएको हो ।

Saturday, August 20, 2016
चीनसंगको कोरला नाका खुल्यो, व्यापारमेला शुरु !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ४ भाद्र
उत्तरी छिमेकी राष्ट्र चीन र नेपाल बिच संचालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिवार देखि शुरु भएको छ । मेला शुरु भएसंगै केही दिनको लागि कोरला नाका पनि खुलेको छ ।
उपल्लो मुस्ताङका स्थानिय व्यापारी र चीनको तिब्बतका व्यापारी बिच वर्षको दुईपटक कोरला नाका खुलाई व्यापारमेला संचालन गर्ने परम्परा अनुसार मेला शुरु भएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
वर्षमा दुई पटक आलोपालो चीन र नेपालको भूमिमा व्यापार मेला संचालन गर्ने सहमति भएको भएतापनि यस वर्ष दुई पटक नै चीनको भूमिमा मेला संचालन भएको हो ।
यस वर्ष गत असारको १ गते देखि २५ गते सम्मको लागि संचालन भएको व्यापारमेला चीनले सुरक्षा चूनौतिका देखाउँदै पूर्व निर्धारित समय भन्दा १० दिन अघि नै मेला बन्द गरेको थियो ।
अहिले कोरला नाका देखि करिब १० किलोमिटर भित्र चीनको ढोङवासेन जिल्लाको ढोकोमोलोमा व्यापार मेला संचालन भैरहेको लोमान्थाङका गाविस सचिव घ्यूर्मि आङग्याल विष्टले जानकारी दिए । व्यापारमेलामा चीनसंगको कोरला नाका खुलाई चिनिया र नेपालीहरु निर्वाध रुपमा आवतजावत गर्छन् । मेला दुईहप्ता सम्म संचालन हुने प्रजिअ अधिकारीले बताए ।
उपल्लो मुस्ताङको लोमाथाङ गाविसका सचिव विष्टका अनुसार चिनियाँ र नेपालीहरु बिच सामान किनमेल भैरहेको छ । हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै नाका खोली व्यापार मेला संचालन गरिएको गाविस सचिव विष्टको भनाई छ ।
व्यापारमेलामा स्थानिय व्यापारिहरुले दैनिक उपभोग्य वस्तु, वियर, रक्सी, जुस, लत्ताकपडा, काठ, सिमेन्ट, छड, जस्तापाता, सोलार, इलेक्ट्रिक सामान लगायतका वस्तुहरु आयात र खाद्य सामाग्री, चामल, मैदा, उवाँ, केराउ, सुकुटी, चाउचाउ, पसमिना (ऊन), वियर, रक्सी लगायत स्थानिय उत्पादनका सामाग्री निर्यात गर्ने गरेका छन् ।

मुस्ताङमा च्याङग्रा पालन स्रोत केन्द्र स्थापना हुने !
केशव बिश्वकर्मा
मुस्ताङ, ४ भाद्र
च्याङग्रा तथा पशुपालनको दृष्टिले उत्कृष्ट मानिने हिमालपारिको जिल्ला मुस्ताङमा च्याङग्रा पालन स्रोत केन्द्र स्थापना हुने भएको छ ।
भेडा च्याङग्रामा सुधार गर्दै उत्पादनमा वृद्धि गरी पशुपंक्षी प्रवद्र्धनमा टेवा पु¥याउन नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय तथा केन्द्रिय भेडा बाख्रा प्रवद्र्धन निर्देशनालयले मुस्ताङमा च्याङग्रा पालन स्रोत केन्द्र स्थापना गर्न लागेको हो ।
हिमाली जिल्लामा परम्परागत रुपमा भेडाच्याङग्रा पाल्दै आएको र देशका अन्य जिल्ला भन्दा मुस्ताङ ५० प्रतिशत बढि उपयुक्त जिल्ला भएकाले पनि मुस्ताङमा च्याङग्रा स्रोत केन्द्र स्थापना गर्न सरकारले तदारुकता देखाएको हो ।
भेडाच्याङग्राबाट उत्पादन हुने पस्मिना युरोप अमेरिका लगायतका देशहरुमा एकदम बढि माग हुने गरेकाले पस्मिना उत्पादलाई प्रोमोट गर्न र पशुपालनमा सबैभन्दा बढि च्याङग्राको मासु र पस्मिना महंगो मुल्यमा विक्रि हुने हुदाँ मुस्ताङमा सो केन्द्र स्थापना गर्न लागेको केन्द्रिय भेडाबाख्रा प्रवद्र्धन निर्देशनालय अधिकृत ईश्वरी खतिवडाले जानकारी दिए ।
अधिकृत खतिवडाले स्थानिय स्तरमा रोजगारीको सृजना गरी भेडाच्याङग्राको पस्मिनाबाट गुणस्तरीय सामाग्री बनाई देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले भेडाच्याङग्रा स्रोत केन्द्र स्थापनाको लागि सबैभन्दा उत्कृष्ट ठाउँ मुस्ताङ भएको बताए ।
मुस्ताङमा च्याङग्रा पालन स्रोत केन्द्र स्थापना भए पश्चात स्थानिय स्तरमा पाल्दै आएका भेडा च्याङग्राको उत्पादनमा वृद्धि हुने र बढि भन्दा बढि पस्मिना निर्यात गर्न सकिने हुँदा आर्थिक समृद्धि तर्फ फडको मार्न टेवा पुग्ने स्थानिय सरोकारवालाले बताएका छन् ।
मुस्ताङमा उक्त स्रोत केन्द्र स्थापना भएपछि फार्मको आसपासका किसानलाई समुहमा आवद्ध गरी च्याङग्रा विकास तालिम, घाँस उत्पादन लगायतका तालिम प्रदान गर्ने र नस्ल सुधार तथा च्याङग्रा उत्पादनमा सुधार गर्दै उत्पादनमा वृद्धि गरी समुदायमा हस्तान्त्रण गरिने पशु उत्पादन निर्देशनालय अधिकृत मेघराज ढकालले जानकारी दिए ।
सो केन्द्र स्थापनाको लागि बाटो, पानी, बिजुली, संचार लगायतका पूर्वाधारको पहँुच भएको, घाँस उमार्न सकिने ठाउँ र चरन क्षेत्रको सुविधा भएको, विहान देखि बेलुका सम्म घाम लाग्ने पूर्व दक्षिण फर्केको जग्गा र पस्मिना उत्पादन हुन सक्ने भौगोलिक क्षेत्रको चयन गरिने अधिकृत ढकालले बताए ।
च्याङग्रा स्रोत फार्म विकास गर्नको लागि अनुमानित एक हजार हेक्टर जमिन आवश्यक पर्ने बताईएको छ । सो फार्म विकासका लागि प्राविधिक समिति बनाएर स्थानिय तहमा छलफल गरी ठाउँ छनोट गर्नुपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताए । साथै उनले एकै पटकमा एक हजार हेक्टर जमिन उपलब्ध हुन कठिन हुनसक्ने भएकाले विस्तारै जमिन थप्दै जानसक्ने ठाउँको छनोट गर्न आग्रह गरे ।
आर्थिक वर्ष ०७३÷०७४ को वार्षिक स्विकृत बजेट अन्तर्गत सुरुवातमा १ करोड रुपैयाँ च्याङग्रा फार्म विकासको लागि रहेको र आवश्यक परेमा अर्थ मन्त्रालयले बजेट थप गर्ने जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल वर्माले जानकारी दिए ।
डा. बर्माका अनुसार हाललाई कम्तिमा दुई सय च्याङग्राबाट फार्म स्थापना गरिने र ती च्याङग्राको लागि एक दिनमा १ हजार किलोग्राम घाँस आवश्यक पर्ने र १ वर्गमिटर क्षेत्रफलमा १ किलोग्राम घाँस उत्पादन हुने हुँदा फार्मको विकास र विस्तारको लागि १ हजार हेक्टर जमिन आवश्यक पर्ने बताए ।
तल्लो मुस्ताङमा पालिने भेडाच्याङग्रमा पस्मिना नहुँने र उपल्लो मुस्ताङमा पालिने भेडाच्याङग्रामा पस्मिना पाइने हुँदा भेडाच्याङग्रा पालन स्रोत केन्द्र स्थापनाको लागि तल्लो मुस्ताङ भन्दा उपल्लो मुस्ताङ उपयुक्त रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
उपल्लो मुस्ताङको घमी, चराङ, मराङ, सम्जुङ र ध्येमा फार्मलाई आवश्यक पर्ने जग्गा उपलब्ध हुन सक्ने भएकाले प्राविधिक समिति मार्फत ती ठाउँको सर्वेक्षण गरी उपयुक्त ठाउँको छनोट गर्न स्थानिय सरोकारवालाले आग्रह गरेका छन् ।
भेडाच्याङग्रा फार्म विकास र विस्तारको लागि चराङमा गोठ र लामोन्थाङमा चरन क्षेत्र बनाउन सकिने वरिष्ठ पशु विकास अधिकृत डा. बर्माको भनाई छ । चरन क्षेत्र उपलब्ध गराउनको लागि लोमान्थाङ गाविसबाट सिफारिस आई सकेको बताईएको छ ।
कुनैपनि व्यवसायीको व्यवसायमा खलल नपु¥याई सरकारी फार्म र नीजि व्यवसायी विच सुमधुर सम्बन्ध कायम गरी सौहार्दपूर्ण वातावरणमा फार्म संचालन गरिने डा. बर्माले बताए ।

विविध कार्यक्रम सहित ऐतिहासिक यार्तुङ मेला सम्पन्न !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ २ भाद्र
गत श्रावण ३१ गतेवाट हिन्दु र बौद्ध धर्मालम्वीहरुको पवित्र तीर्थस्थल मुक्तिनाथको रानीपौवामा संचालित बाह्र गाउँले गुरुङहरुको ऐतिहासिक यार्तुङ मेला विविध कार्यक्रम सहित भाद्र २ गते सम्पन्न भएको छ ।
स्थानीय कला संस्कृतीको संरक्षण र पर्यटन प्रर्वधनमा टेवा पु¥याउने उद्देश्यले जनप्रिय युवा क्लव पुराङको आयोजनामा ऐतिहासिक यार्तुङ मेला सम्पन्न भएको हो ।
यार्तुङ हिमालपारीको जिल्ला मुस्ताङका बाह्र गाउँले गुरुङ जातीको महत्वपूर्ण पर्व हो । परापूर्व कालदेखि संचालन हुँदै आएको यस पर्वमा मानिसहरु आफ्नो परम्परागत भेषभूषाको पहिरन गरी मुक्तिनाथ मन्दिर परिक्रमा गर्दै पुराङ रानीपौवा बजारमा पुगेर घोडा दौड र विभिन्न झाँकी संगसंगै नाचगान गरी यो पर्व मनाउने गर्छन् ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि स्वदेशी तथा विदेशी पर्यटकले मेलाको अवलोकन गरेको मेलाको आयोजक जनप्रिय युवा क्लवका अध्यक्ष सुरज गुरुङले बताए ।
गुरुङका अनुसार मेलामा घोडा दौड, तारा खेल प्रतियोगिता, फुटबल प्रतियोगिता, नृत्यका साथै ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु द्धारा हास्यव्यंग्य तथा विशेष सांगितिक कार्यक्रम संचालन गरिएको थियो ।
मेलाको मुख्य आकर्षणको रुपमा रहेको घोडा दौड प्रतियोगितमा नेपाली सेना सैनिक उच्च शिखर शिक्षालयका राजकुमार अधिकारी अर्थात रोहित नाम गरेको घोडाले लगातार दोस्रो वर्ष प्रथम स्थान हासिल गरेको छ । त्यस्तै मनाङको एमएम सि क्लवले द्धितिय र तृतिय स्थान हासिल गरेको छ । उक्त घोडा दौडमा मुस्ताङ र मनाङका १४ जनाले सहभागिता जनाएका थिए ।
त्यसैगरी सेभेन ए साईड फुटबल खेलमा एयरपोर्ट युनाइटेड युवा क्लब एयरपोर्ट प्रथम, जनहित युवा क्लब जोमसोम द्धितिय र मिलन यूवा क्लब कागबेनी तृतिय हुन सफल भएका छन् । उक्त फुटबल खेलमा उत्कृष्ट खेलाडीमा एयरपोर्ट युनाइटेड क्लबका आकाश गुरुङले पुरस्कार पाए भने मिलन यूवा क्लबका छिरिङ गुरुङले सर्वाधिक गोल हान्ने खेलाडीको उपाधि जित्न सफल भएका छन् । त्यस्तै तारा खेलमा प्रथम आयोजक जनप्रिय युवा क्लव पुराङ रानीपौवा, द्धितिय मुक्तिनाथ युवा क्लब झारकोट र तृतिय स्थान निलगिरी युवा क्लव टुकुचेले प्राप्त गरेको छ । उक्त तारा खेलमा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार निलगिरी यूवा क्लब टुकुचेका दिनेश थकालीले जित्न सफल भएका छन् ।
मेलामा चर्चित हट एण्ड सेक्सी नेपाली सकिराको उपाधी पाएकी गायिक ईन्दिरा जोशी, हाँस्य टेलिश्रखंला मेरी बाँस्सैका कलाकार द्धय मरिचमान श्रेष्ठ उर्फ बल्छी धु्रबे र राजु पौडेल उर्फ मास्टर सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुले हाँस्यव्यग्य तथा विशेष साँगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
चार दिन सम्म संचालित उक्त मेलाको मुस्ताङका विभिन्न गाविस लगायत मनाङ, म्याग्दी, पर्वत, बागलुङ, कास्की, डोल्पा, रोल्पा संगै स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेको आयोजकले बताएको छ ।

Tuesday, August 16, 2016
मुस्ताङ आउने पर्यटक ०.३५ प्रतिशतले घटे !
केशव विश्वकर्मा
मुस्ताङ, ३२ श्रावण
पर्यटकको तेस्रो गन्तव्यको रुपमा विश्वमा स्थापित हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा आ.व. ०७२ र ०७३ मा एक वर्षको अवधिमा २९ हजार पर्यटकले भ्रमण गरेका छन् । यो संख्या गत वर्षको भन्दा ०.३५ प्रतिशतले कमि हो । सन् २०१५ को जुलाई १७ देखि २०१६ जुलाई १५ सम्म २९ हजार ८ सय ४८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मुस्ताङकी प्रमुख निरु थापाले जानकारी दिइन् ।
प्रतिकुल मौसम, अविरल वर्षासँगै गएको पहिरोले सडक अवरुद्ध हुनु, भारतको अघोषित नाका बन्दीका कारण इन्धनको अभावले यातयात कम संचालनमा हुनुले पर्यटकको संख्यामा कमि आएको एक्याप प्रमुख थापाको भनाइ छ ।
आर्थिक वर्ष ०७१÷०७२ मा २९ हजार ९ सय ५२ जना, आ.व ०७०÷०७१ म ४१ ह्जार ५ सय ८० जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । २०१६ मा पर्यटकको संख्यामा ह्रास आएको छ ।
एक्याप प्रमुख थापाका अनुसार एक्यापले सन् १९९५ देखि जिल्लामा भित्रिने पर्यटकको तथ्यांक राख्दै आएको हो । त्यसयता सन् २०१२ मा सबैभन्दा धेरै ४७ हजार सात १२ पर्यटक मुस्ताङ आएका थिए ।
सन् २०१२ पछि बढी पर्यटक २०१४ मा भित्रिएका थिए । यसले नेपालमा पर्यटकमैत्री वातावरण बन्दै गएको छ भन्ने प्रमाणित गरेपनि प्राकृतिक प्रकोपक । नाकाबन्दीका कारण यस वर्ष पर्यटकको संख्यामा कमि आएको हो ।
एक्याप मुस्ताङको विवरण अनुसार, जनवरीमा १ सय ३७, फेबु्रवरीमा ४ सय ५५, मार्चमा २ हजार २ सय ७, अप्रिलमा ४ हजार ८, मेमा ४ हजार ९ सय ९३, जुन– जुलाई १५ सम्म १ हजार ३ सय ८१ पर्यटक जिल्लामा प्रवेश गरेका छन् ।
त्यसैगरी गत वर्ष जनवरीमा २ सय २७, फेबु्रवरीमा ८ सय ५७, मार्चमा ३ हजार ६९, अप्रिलमा ६ हजार २ सय ३४, मेमा १ हजार २ सय ३५, जुनमा ५ सय २७ र जुलाई १६ सम्ममा २ सय ५६ पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
मुक्तिनाथ मन्दिर, लोमान्थाङ दरबार, राउन्ड अन्नपूर्ण पदमार्गको थोराङला पास सहित विभिन्न हिमशृंखलार कला संस्कृतिको अध्ययनका लागि मुस्ताङमा दुई प्रकारका पर्यटक आउने गरेका छन् । यसरी आउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक नै रहेका छन् ।
छोटो अवधिका लागि धार्मिक पर्यटक र पदयात्राका लागि तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन । पछिल्ला केही वर्षहरूमा तेस्रो मुलुकका पर्यटक घटेको र धार्मिक र छोटो अवधिका लागि आउने पर्यटक बढेको एक्याप प्रमुख थापले जानकारी दिइन् । लामो दुरीमा पदयात्रा गर्न र हिमशृंखलाको अवलोकन नै तेस्रो मुलुकका पर्यटकको एकमात्र चाहना हुन्छ । छोटो अवधि र हिन्दु मुल्यमान्यताका अनुसार मुक्तिनाथको दर्शन विना धार्मिक यात्रा पुरा नहुने विश्वासका कारण धार्मिक पर्यटकका लागि मुस्ताङ अझै केन्द्रबिन्दु बनेको छ ।
अहिलेको अवस्थामा तेस्रो मुलुकका पर्यटकलाई आकर्षित गर्नु चुनौती रहेको जानकारहरुको भनाइ छ । अन्य महिनामा अघिल्लो साल पनि त्यसैको हाराहारीमा अर्थात बढि पर्यटक आएका थिए । प्रतिकुल मौसम र प्राकृतिक प्रकोपले पछिल्लो समयमा सोचेको भन्दा कमि पर्यटक आएका हुन् ।
सन् २०१५ जुलाई देखि २०१६ जुलाई सम्म २९ हजार ८ सय ४८ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । यो संख्या सन् २०१५ जुलाई सम्म भन्दा ०.३५ प्रतिशतले कमि हो ।

Monday, August 15, 2016
परम्परागत यार्तुङ मेला सुरु !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ३१ श्रावण
हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथमा परम्परागत रुपमा संचालन हुँदै आएको ऐतिहासिक यार्तुङ मेला यस वर्ष पनि सोमवार देखि सुरु भएको छ ।
स्थानीय कला संस्कृतीको संरक्षण र पर्यटन प्रर्वधनमा टेवा पु¥याउने उद्देश्यले जनप्रिय युवा क्लव पुराङको आयोजनामा ऐतिहासिक यार्तुङ महोत्सव संचालन गरिएको क्लवका अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।
हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्वपूर्ण धार्मिक तथा पर्यटकिय गन्तव्य मुक्तिनाथ मन्दिर क्षेत्रको रानीपौवामा परम्परागत महोत्सव संचालन गरिएको छ । महोत्सव श्रावण ३१ गते देखि भाद्र २ गते सम्म संचालन हुनेछ ।
यार्तुङ हिमालपारीको जिल्ला मुस्ताङका बाह्र गाउँले जातीको महत्वपूर्ण पर्व हो । परापूर्व कालदेखि संचालन हुँदै आएको यस पर्वमा मानिसहरु आफ्नो परम्परागत भेषभूषाको पहिरन गरी मुक्तिनाथ मन्दिर परिक्रमा गर्दै पुराङ रानीपौवा बजारमा पुगेर घोडा दौड र विभिन्न झाँकी संगसंगै नाचगान गरी यो पर्व मनाउँछन् ।
मेलामा घोडा दौड, तारा खेल प्रतियोगिता, फुटबल प्रतियोगिता, नृत्यका साथै ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु द्धारा हास्यव्यंग्य तथा विशेष सांगितिक कार्यक्रम संचालन गरिने अध्यक्ष गुरुङले बताए ।
जनैपुर्णिमाको अवसरमा संचालन गरिने यार्तुङ मेलाको स्वदेशी तथा विदेशी पर्यटकहरुले अवलोकन गर्दै आईरहेका छन् । चार दिन सम्म संचालन गरिने उक्त मेलामा धेरै भन्दा धेरै पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेला हेर्नका लागि मुस्ताङका विभिन्न गाविस लगायत मनाङ, म्याग्दी, पर्वत, बागलुङ, कास्की संगै देशका विभिन्न जिल्लाहरुबाट मानिसहरु आउने गरेका छन् ।

Sunday, August 14, 2016
मुस्ताङमा अन्तत ३ गाउँपालिका कायम हुने !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, ३० श्रावण
मुस्ताङलाई ५ गाउँपालिकामा विभाजन गरिनुपर्ने भन्दै स्थानियले गरेको माग असफल हुने देखिएको छ ।
अधिकांश राजनीतिक दललाई स्थानीय तह पुनःसंरचनाका काममा चित्त नबुझाइरहेका बेला जिल्ला प्राविधिक समितिलाई कुनै पनि काम नरोक्न सीमा निर्धारण आयोगले दिएको निर्देशन अनुसार मुस्ताङलाई ५ गाउँपालिकामा विभाजन गरिनुपर्ने भन्दै स्थानियले गरेको माग असफल हुने देखिएको हो ।
मुस्ताङका स्थानियले गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको मुस्ताङमा ३ गाउँपालिका बनाउने निर्णय आफुहरुलाई स्वीकार्य नभएको भन्दै मुस्ताङलाई ५ गाउँपालिकामा विभाजन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
वडा, गाउँपालिका, नगरपालिकाको संख्या निर्धारण गरी साउन मसान्तभित्रै नामांकन र सीमांकनका काम सक्ने जिम्मेवारी पाएको आयोगले यतिबेला उठिरहेको गुनासालाई बेवास्ता गर्दै काम अघि बढाउन भनेको हो।
शुक्रवार आयोगले देशभरका स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिलाई पत्र पठाउँदै कुनै द्विविधामा नपरी काम गर्न निर्देशन दिएको छ। आयोगको दिएको सो निर्देशन अनुसार मुस्तालाई ५ गाउँपालिकामा विभाजन गर्ने प्रस्ताव असफल हुने ेदेखिएको छ ।
आयोगको पत्रमा भनिएको छ,‘कार्यसर्त र कार्यविधिअनुसार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको पुनःसंरचनासम्बन्धी कार्य भइरहँदा केही सञ्चारमाध्यममा स्थानीय तहको संख्याका सम्बन्धमा फरक धारणा आएकोमा आयोगको ध्यानाकर्षण भएको छ। यस सम्बन्धमा स्थानीय पुनःसंरचना प्राविधिक सहयोग समिति कुनै द्विविधामा नपरी, पुनःसंरचनाका कार्य अघि बढाउनू।’
आयोगको उक्त भनाईप्रति विभिन्न राजनीतिक दलका नेताले भने आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।

Saturday, August 13, 2016
चीनसँगको कोराला नाका खुल्दै !
केशव विश्वकर्मा
मुस्ताङ २९ श्रावण
नेपाल र चीन जोड्ने उपल्लो मुस्ताङको कोरला नाका केही दिनका लागि संचालनमा आउने भएको छ ।
वर्षमा दुईपटक नाका खुलाइ व्यापारमेला संचालन गर्ने परम्परा अनुसार अगामी भदौ ४ गते देखि दुईहप्ताको लागि नाका संचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
चीनको ढोङवासेन जिल्लाको ढोमोकोलोमा अहिले चिनियाँहरुले व्यापारिक मेलाका लागि स्टल बनाइ रहेका छन् । उनीहरुले गेट खोले पनि नेपाली र चीनका स्थानीयको आवतजावत भएको छैन । प्रजिअ अधिकारीका अनुसार भदौ ४ बाट दुई हप्ताका लागि नाका खोल्न दुईपक्षीय सहमति भएको थियो ।
उपल्लो मुस्ताङको लोमाथाङ गाविसका सचिव घ्यूर्मि आङग्याल विष्टका अनुसार चिनियाँहरुले उपल्लो मुस्ताङका स्थानीयलाई किनमेलका लागि खबर गरेका छन् । हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै व्यापार मेलाका लागि नाका खोल्न लागिएको गाविस सचिव विष्टले जानकारी दिए ।
वर्षमा दुई पटक आलोपालो चीन र नेपालको भूमिमा व्यापार मेला संचालन गर्ने सहमति भएको भएतापनि यस वर्ष दुई पटक नै चीनको भूमिमा मेला संचालन हुन लागेको हो ।
व्यापारमेलामा स्थानिय व्यापारिहरुले दैनिक उपभोग्य वस्तु, वियर रक्सी, जुस, लत्ताकपडा, काठ, सिमेन्ट, छड, जस्तापाता, सोलार, इलेक्ट्रिक सामान लगायतका वस्तुहरु आयात र खाद्य सामाग्री, चामल, मैदा, उवाँ, केराउ, सुकुटी, चाउचाउ, पसमिना (ऊन), लगायत स्थानिय उत्पादनका सामाग्री निर्यात गर्ने गरेका छन् ।
यस वर्ष गत असारको १ गते देखि २५ गते सम्मको लागि संचालन भएको व्यापारमेला चीनले सुरक्षा चूनौतिका देखाउँदै पूर्व निर्धारित समय भन्दा १० दिन अघि नै मेला बन्द गरेको थियो ।
मुस्ताङ २९ श्रावण
नेपाल र चीन जोड्ने उपल्लो मुस्ताङको कोरला नाका केही दिनका लागि संचालनमा आउने भएको छ ।
चिनियाँले टेण्ट निर्माण सामाग्री ढुवानी गर्दै |
चीनको ढोङवासेन जिल्लाको ढोमोकोलोमा अहिले चिनियाँहरुले व्यापारिक मेलाका लागि स्टल बनाइ रहेका छन् । उनीहरुले गेट खोले पनि नेपाली र चीनका स्थानीयको आवतजावत भएको छैन । प्रजिअ अधिकारीका अनुसार भदौ ४ बाट दुई हप्ताका लागि नाका खोल्न दुईपक्षीय सहमति भएको थियो ।
उपल्लो मुस्ताङको लोमाथाङ गाविसका सचिव घ्यूर्मि आङग्याल विष्टका अनुसार चिनियाँहरुले उपल्लो मुस्ताङका स्थानीयलाई किनमेलका लागि खबर गरेका छन् । हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै व्यापार मेलाका लागि नाका खोल्न लागिएको गाविस सचिव विष्टले जानकारी दिए ।
वर्षमा दुई पटक आलोपालो चीन र नेपालको भूमिमा व्यापार मेला संचालन गर्ने सहमति भएको भएतापनि यस वर्ष दुई पटक नै चीनको भूमिमा मेला संचालन हुन लागेको हो ।
व्यापारमेलामा स्थानिय व्यापारिहरुले दैनिक उपभोग्य वस्तु, वियर रक्सी, जुस, लत्ताकपडा, काठ, सिमेन्ट, छड, जस्तापाता, सोलार, इलेक्ट्रिक सामान लगायतका वस्तुहरु आयात र खाद्य सामाग्री, चामल, मैदा, उवाँ, केराउ, सुकुटी, चाउचाउ, पसमिना (ऊन), लगायत स्थानिय उत्पादनका सामाग्री निर्यात गर्ने गरेका छन् ।
यस वर्ष गत असारको १ गते देखि २५ गते सम्मको लागि संचालन भएको व्यापारमेला चीनले सुरक्षा चूनौतिका देखाउँदै पूर्व निर्धारित समय भन्दा १० दिन अघि नै मेला बन्द गरेको थियो ।
Friday, August 12, 2016
समृद्ध राष्ट्र निर्माणमा युवा जागरुक हुनुपर्छः सरोकारवाला !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २८ श्रावण
युवा शक्ति राष्ट्रको खम्बा भएकाले समृद्ध राष्ट्र निर्माणमा युवा जागरुक हुनुपर्ने एक अन्तरक्रियाका सहभागीले बताएका छन् ।
नेपाल सरकार युवा परिषद जिल्ला युवा समिति मुस्ताङले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुक्रवार होटल प्राइड एण्ड स्पा जोमसोममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले सहि नीति, संरचना र रिशोर्ष अवलम्बन गर्दै समृद्ध राष्ट्र निर्माणका निम्ति युवा परिषदले ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।
आत्मनिर्भर र राष्ट्र निर्माणका लागि प्राविधिक शिक्षा र सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै प्रजिअ अधिकारीले प्रविधिसँग अन्तर घुलित भई प्रतिष्पर्दा गरी अगाडी बढन सक्ने युवा हुनु पर्ने बताए । अधिकारीले राज्यले युवालाई स्वदेशमै परिचालन गर्न प्राविधिक शिक्षा र सहि नीति अवलम्बन गर्नुपर्ने उल्लेख गरे ।
त्यस्तै युवा परिषद मुस्ताङका अध्यक्ष सम्राट गौचनले “गरिबी निवारणमा युवाको प्रतिवद्धता उत्पादन र उपभोगमा आत्म निर्भरता” युवा परिषदको मुल उदघोष रहेको भन्दै सोही अनुरुप युवाका गतिविधिलाई अगाडी बढाउने बताए ।
हाल नेपालका करिब ६० लाख युवा विदेशमा जानु पर्ने बाध्यात्मक अवस्था रहेकाले देश विकासका लागि युवालाई प्राविधिक ज्ञानसीप प्रदान गरी स्वदेशमै परिचालन गर्न राज्यले ठोस कदम चाल्नुपर्ने युवाहरुको भनाई छ ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगी, नेकपा एमालेका रमेश भट्टचन, माओवादी केन्द्रका संयोजक सत्यनारायण शेरचन, विशाल विक, मुस्ताङ साप्ताहिकका प्रकाशक तिलक विक, अनेरास्वयूका अध्यक्ष पेमा छेतेन विक लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा अग्रज वुद्धिजिवि लगायत युवाहरुको विशेष उपस्थिति रहेको थियो ।

Thursday, August 11, 2016
मुस्ताङवासीलाई ३ गाउँपालिका अमान्य !
केशव विश्वकर्मा
मुस्ताङ, २७ श्रावण
मुस्ताङका स्थानियले गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको मुस्ताङमा ३ गाउँपालिका बनाउने निर्णय आफुहरुलाई स्वीकार्य नभएको बताएका छन् ।
स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको सचिवालय मुस्ताङले बिहिबार जिविसको सभाहल जोमसोममा आयोजना गरेको स्थानिय तह पुनर्संरचना सम्बन्धी जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठीमा स्थानियले आफ्नो कलासँस्कृति टुक्रिने भन्दै आफुहरुलाई ३ गाउँपालिका मान्य नहुने बताएका हुन् ।
सारोकारवालाले मुस्ताङलाई ३ गाउँपालिकामा विभाजन गर्ने आयोगको निर्णय अव्यवहारिक र अपर्याप्त भएको भन्दै मुस्ताङमा विशिष्टता, पहिचान, कलासंस्कृति, भौगोलिक, धार्मिक, ऐतिहासिक, विविधता, सामाजिक र साँस्कृतिक हिसाबले ५ गाउँपालिका आवश्यक रहेको बताएका छन् ।
मुस्ताङका १६ गाविसका प्रतिनीधिहरुले मुस्ताङलाई ५ गाउँपालिकामा विभाजन गरेमा एउटै कलासँस्कृति रितिरिवाज भएका समुदाय एउटै गाउँपालिकामा पर्ने धारणा व्यक्त गरेका छन् ।
सरोकारवालाका अनुसार साँस्कृतिक रुपान्तरणको लागि लो–छ्योध्युन २ गाउँपालिका, बाह्रगाउँ १ गाउँपालिका, पाँचगाउँ १ गाउँपालिका र थाक सात सय १ गाउँपालिका गरी ५ गाउँपालिका हुनु पर्ने माग गरेका छन् ।
गोष्ठीका सहभागिले जिल्लाको मार्फा र जोमसोम गाविसलाई मिलाइ साँस्कृतिक नगरपालिका बनाउन सकिने प्रस्ताव गरेका थिए ।
मुस्ताङको पुनर्संरचनाको विषयमा बोल्दै सभासद रोमी गौचन थकालीले हतार नगरि स्थानिय तहको राम्रोसँग अध्ययन र छलफल गरी गाउँलेको राय अनुसार पुनर्संरचना गर्नु पर्ने भन्दै स्थानिय तहको निर्णय गरेर मात्र जिल्ला तहको निर्णय गर्नु पर्ने बताए ।
मुस्ताङ विभिन्न तवरले एक विशेष जिल्ला हो । स्थानिय तहमा जनतालाई पुनर्संरचनाको विषयमा राम्रो सँग जानकारी गराई जनताको कुरा सुनेर मात्र पुनर्संरचना गर्नुपर्छ दुई चार जनासँग गरेको निर्णय बदर हुन सक्छ । गौचनले भने ।
सभासद गौचनले आयोगमा समय थप गर्न अनुरोध गरी जिल्लाको विस्तृत रुपमा अध्ययन गरी पुनर्संरचना गर्न आग्रह गरे ।
स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति मुस्ताङका संयोजक एवं स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाले विस्तृत छलफल गरी जिल्ला स्तरीय कार्यशाला गोष्ठीबाट आएका सल्लाह सुझाव अनुरुप अर्काे गोष्ठीमा पुनर्संरचनाको खाका तयार गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति नुर्वु गुरुङ, नेकपा एमालेका सचिव देव बहादुर गुरुङ, माओवादी केन्द्रका संयोजक सत्यनारायण शेरचन, राप्रपा नेपाल अध्यक्ष प्रविण शेरचन, राप्रपाका नरबहादुर हिराचन, नयाँ शक्ति नेपालका संयोजक धिरेन्द्र विक, पूर्व सभासद चन्द्र बहादुर गुरुङ, पूर्व जिविस सभापति भक्ति हिराचन, नेपाली काँग्रेसका पूर्व सभापति सुवर्ण कुमार विष्ट, थाक खेलकुद तथा साँस्कृतिक विकास संघका अध्यक्ष प्रेम प्रसाद तुलाचन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवं योजना तथा प्रशासकीय अधिकृत जीवन ज्ञवालीले स्थानिय तह पुनर्संरचनाको विषयमा सहजीकरण गरेका थिए ।
स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति मुस्ताङका संयोजक एवं स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षता, समितिका सदस्य एवं जिल्ला भूसंरक्षण अधिकृत माधव बरालको स्वागत तथा समितिकी सदस्य एवं जिल्ला मालपोत अधिकृत दुर्गादेवि देवकोटाको संचालनमा सम्पन्न भएको कार्यक्रममा राजनीतिक दल, पूर्व जनप्रतिनीधि, जिल्लाका १६ वटै गाविसका गाविस सचिव, नागरिक समाज, लगायत सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

अदालतद्धारा विद्यालय संचालन गर्न आदेश जारी !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ २७ श्रावण
विद्यालयको जग्गाको विषयमा धौलागिरी बोर्डिङ स्कुलले प्रशासन विरुद्ध दायर गरेको रिट उपर जिल्ला अदालत मुस्ताङले विद्यालय संचालन गर्न आदेश जारी गरेको छ ।
अदालतले बिहिबार वादी र प्रतिवादी दुई पक्षसंग बयान लिई सकेपछि रिटको टुंगो नलाग्दा सम्म सोही स्थानमा विद्यालय संचालन गर्न आदेश जारी गरेको हो ।
नेपालको प्रचलित कानून विपरित सार्वजनिक जग्गामा विद्यालय बनाई व्यक्तिगत लाभ लिएको भन्दै विगत केही समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेकाले अख्तियारले उक्त उजुरी उपर छानविन गरि विद्यालय भएको जग्गा खाली गर्न निर्दशन दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विद्यालय खाली गर्न दिएको ३ महिने अल्टिमेटमको म्याद सकिनै लाग्दा विद्यालयले प्रशासन विरुद्ध रिट दायर गरेको हो ।
करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको सो विद्यालय रहेको जग्गा खाली गर्न अख्तियारले जिल्ला प्रशासन मार्फत दिएको ३ महिने अल्टिमेटमको म्याद आज सकिएको छ ।
रिटको टुंगो नलाग्दा सम्म निर्वाध रुपमा विद्यालय संचालन हुने भएपछि पठनपाठनको विषयमा विद्यार्थी र अभिभावक विच छाएको अन्योल तत्कालको लागि टरेको छ ।

धौलागिरी बोर्डिङ द्धारा प्रशासन विरुद्ध अदालतमा रिट दर्ता !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २७ श्रावण
धौलागिरी आवासिय माध्यामिक विद्यालय जोमसोमले जिल्ला प्रशासन कार्यालय मुस्ताङ विरुद्ध जिल्ला अदालत मुस्ताङमा रिट दर्ता गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले धौलागिरी आवासिय माविले प्रयोग गर्दै आएको सार्वजनिक जग्गालाई खाली गर्नको लागि बारम्बार ताकेता गरे पछि विद्यालय संचालन गरेको भवन खाली गर्दा विद्यार्थीको भविष्य अन्योलमा पर्ने भन्दै जिल्ला अदालत जोमसोममा रिट दर्ता गरेको विद्यालय श्रोतले जनाएको छ ।
नेपालको प्रचलित कानून विपरित सार्वजनिक जग्गामा विद्यालय बनाई व्यक्तिगत लाभ लिएको भन्दै विगत केही समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेकाले अख्तियारले उक्त उजुरी उपर छानविन गरि विद्यालय भएको जग्गा खाली गर्न निर्दशन दिएको थियो ।
करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको सो विद्यालय रहेको जग्गा खाली गर्न अख्तियारले जिल्ला प्रशासन मार्फत दिएको ३ महिने अल्टिमेटमको म्याद आज सकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विद्यालय खाली गर्न दिएको ३ महिने अल्टिमेटमको म्याद सकिनै लाग्दा विद्यालयले प्रशासन विरुद्ध रिट दायर गरेको हो ।
प्रशानसन विरुद्ध जिल्ला अदातलमा विद्यालयको जग्गाको विषयमा रिट परेपछि अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सोही अनुरुप आज प्रशासनले जिल्ला अदालतमा बयान दिने बताईएको छ ।
अख्तियारले विद्यालय रहेको सार्वजनिक जग्गा ३ महिना भित्र खाली गराई सोको जानकारी आयोगमा पठाउन निर्देशन दिएकाले हामीले सो जग्गा खाली गराउन विद्यालयलाई परिपत्र गरेका हौँ । तर विद्यालयले जग्गाको विषयमा प्रशासन विरुद्ध रिट दायर गरेपछि यो मुद्धा अदालतमा विचाराधीन छ र अदालतको फैसला अनुसार प्रक्रिया अगाडी बढ्ने प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए ।
अख्तियारको निर्णय कार्यान्वयन संगसंगै विद्यार्थीको पढन पाउने अधिकार प्रति प्रशासन संवेदनशील रहेको प्रजिअ अधिकारीले भनाई छ ।
विद्यालय खाली गराउन अख्तियारले निर्देशन दिए पछि ३८५ जना विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् । विद्यालय खाली गराउनु हुँदैन विद्यार्थीले पढन पाउने अधिकारको हनन गर्न नहुने अभिभावकहरुको भनाई छ ।
शैक्षिक सत्रको महत्वपूर्ण क्षणमा विद्यालय खाली गराउँने अख्तियारको निर्णयले विद्यार्थीको भविष्य प्रति पश्न चिन्ह खडा भएको भन्दै शिक्षक अभिभावक संघका अध्यक्ष भिसन थकालीले विद्यालय खाली गराउने निर्णय आफुहरुलाई मान्य नभएको बताए । कम्तिमा पनि यस शैक्षिक सत्रको अन्त्यसम्म अर्थात मंसिर सम्म विद्यालय निर्वाध रुपमा संचालन गर्न पाउनु पर्ने विद्यालयको माग छ ।
यस शैक्षिक सत्रको अन्त्य सम्म विद्यालय निरन्तर संचालन गर्नको लागि वातावरण मिलाउन जिल्ला शिक्षा कार्यालय जोमसोम हुँदै शिक्षा मन्त्रालय मार्फत अख्तियारलाई अनुरोध गर्ने विद्यालयले जनाएको छ ।
वि.सं. २०५९ साल चैत्र २९ गते तत्कालिन जोमसोम गाविस अध्यक्ष स्व.लक्ष्मी प्रसाद थकालीको अध्यक्षतामा जोमसोम गाविसमा बसेको बैठक तथा गाउँ परिषदको निर्णयले हाल शसस्त्र प्रहरीको ब्यारेक रहेको स्थानमा जग्गा उपलब्ध गराएको र सो स्थानमा नेपाली सेनाले आफ्नो फाईरिङ स्थल भएको भन्दै रोके पछि २०६१ बैशाख ४ गते पुनः जग्गा उपलब्ध गराई पाउँ भनि गाविसलाई निवेदन गरेपछि तत्कालिन गाविस सचिव भंmकनाथ पौडेलको नेतृत्वमा बसेको गाउँ परिषदले सो स्थानमा विद्यालय बनाउन स्विकृती दिएपछि उक्त स्थानमा विद्यालय बनाएका हौँ हामीलाई कुनै कुरा राख्ने मौका नै नदिई विद्यालय खाली गर्न निर्देशन दिईयो यस प्रति हाम्रो गम्भिर आपत्ति छ । विद्यालयका प्रिन्सिपल चन्द्र बहादुर गुरुङले भने ।
विद्यालय संचालनको लागि प्रति व्यक्ति ९ लाखका दरले २० जना र जोमसोम गाविसको नाममा ४ सेयर अर्थात ३६ लाख सेयर कायम रहेको विद्यालय संचालक समितिका अध्यक्ष चन्द्र बहादुर थकालीले बताए ।
अख्तियारले कुनै जानकारी नै नगराई एक्कासी विद्यालय खाली गर्न निर्देशन दिएपछि समस्या जटिल बनेको प्रिन्सिपल गुरुङले बताए । विद्यालय खाली गराउने अख्तियारको निर्देशन पश्चात विद्यार्थीमा मनोवैज्ञानिक असर परेकाले विद्यार्थीको पढन पाउने अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नु पर्ने गुरुङको भनाई छ ।
विद्यार्थीको पढन पाउने अधिकार प्रति संवेदनशील बन्नुपर्ने भन्दै विद्यालय संचालन समितिका अध्यक्ष चन्द्र बहादुर थकालीले हामीले नाफा कमाउने मनसायले नभई पवित्र मनले जिल्लाको शैक्षिक विकासका लागि काम गरेका हौँ । कानुनी लडाई लड्ने तर भर्खरै विद्यालयको जग्गा खाली गर्न नसकिने थकालीले बताए ।
हाल विद्यालयमा २१ जना शिक्षक शिक्षिकाले अध्यापन र ३८५ जना विद्यार्थी अध्ययनरत छन् । हालसम्म २०६ जना विद्यार्थीलाई प्रवेशिका प्ररिक्षा उतीर्ण गराई सकेको सो विद्यालयमा यो वर्ष ३२ जना विद्यार्थी विद्यार्थी एसएलसि परिक्षाको तयारीमा छन् ।

कोवाङमा प्राविधिक उमावि संचालनमा !
विकास विक
मुस्ताङ, २७ श्रावण
जिल्लाको कोवाङ गाविस स्थित जनआदर्श माविमा शैक्षिक सत्र २०७३ देखि प्राविधिक कृषि तर्फको उच्च शिक्षा (प्लस टु) संचालन भएको छ ।
प्राविधिक कृषि तर्फको मावि कक्षा संचालन भैरहेको सो विद्यालयमा आवश्यक पूर्वाधार तयार गरी प्राविधिक उच्च मावि संचालन गरिएको प्र.अ टिकाराम शर्माले जानकारी दिए ।
वातावरणीय हिसाबले पनि कोवाङमा प्राविधिक उच्च शिक्षा संचालन गर्न उपयुक्त भएकाले सरोकारवालाहरुको एक वर्षको अथक प्रयासले कृषि तर्फ प्लस टु कक्षा संचालन गर्न सम्भव भएको प्र.अ शर्माले बताए ।
२०७२ साल असार ३१ गते देखि विद्यालयले कृषि उच्च मावि संचालनको प्रकृया अगाडी बढाई २०७३ जेठ २१ गते उच्च माविको रुपमा स्विकृती लिई सोही शैक्षिक सत्र देखि ११ को कक्षा संचालन गर्ने अनुमति पाए बमोजिम कृषि उच्च माविको कक्षा संचालन गरेको प्र.अ शर्माको भनाई छ ।
विद्यार्थीले प्राविधिक एसएलसि पास गरेपछि उच्च शिक्षाको लागि बाहिरी जिल्ला जाने समस्या हटेको छ । यस वर्ष देखि विद्यार्थीहरु कोवाङमै प्राविधिक उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । हाम्रो प्राविधिक प्लस टु खोल्ने सपना पनि साकार भएको छ । प्र.अ शर्माले भने ।
सुन्दर, शान्त प्राकृतिक वातावरणमा दक्ष शिक्षकहरुबाट प्राविधिक उच्च शिक्षा संचालन भएपछि अभिभावक तथा विद्यार्थी हर्षित भएका छन् । स्थानिय ठाउँमा सस्तो सुलभ रुपले छोराछोरीलाई जीवन उपयोगी शिक्षा पढाउन पाउँदा खुःसी लागेको मुस्ताङका स्थानियहरु बताउछन् ।
स्थानिय रत्न कुमार शेरचन भन्छन्– कोवाङमा युगको आवश्यकता अनुसारको प्राविधिक शिक्षा संचालन भएको छ । शिक्षाको गुणस्तरलाई सँधै उच्च राखिराख्न यसमा सम्बद्ध शिक्षक, विद्यार्थी र अभिभावक सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ
।
राम्रो सँग विद्यालय संचालनको लागि सबैले योगदान पु¥याउनु पर्ने भन्दै आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको विद्यालय संचालनमा आर्थिक रुपमा महत्वपूर्ण भूमिका खेलेका अशोक गौचनको भनाई छ ।
विद्यालय स्रोतका अनुसार प्राविधिक प्ल टु अध्ययनको लागि १५ जना विद्यार्थी भर्ना भैसकेका छन् । र यो संख्या ३० पुग्ने अपेक्षा गरिएको छ । सो विद्यालयमा प्राविधिक शिक्षा अध्ययनको लागि बाहिरी जिल्लाबाट पनि विद्यार्थीहरु आउने गरेका छन् ।
विद्यालयले गत श्रावण २३ गते नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा कक्षा ११ को कृषि कक्षा औपचारीक रुपमा उद्घाटन गरी कक्षा संचालन गरेको शिक्षक उमाकान्त पौडेलले जानकारी दिए ।

Tuesday, August 9, 2016
मुस्ताङमा सुरक्षित प्रसूति सेवा लिनेको संख्या बढ्दै !
केशव विश्वकर्मा
मुस्ताङ, २५ श्रावण
हिमाली जिल्ला मुस्ताङमा स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति गराउनेहरुको संख्यामा क्रमश वृद्धि हुन थालेको छ ।
सुरक्षित रुपमा बच्चा जन्माउने उद्देश्यले आमा सुरक्षा कार्यक्रम लागु भएपछि स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमाहरु बढेका हुन् । आर्थिक वर्ष ०७२ र ०७३ मा ५५ जना गर्भवतीले स्वास्थ्य संस्थामा आएर सुरक्षित रुपमा बच्चा जन्माएका छन् । यो संख्या आर्थिक वर्ष ०७० र ०७१ को तुलनामा बढि हो ।
जिल्ला अस्पताल मुस्ताङका अनुसार आर्थिक वर्ष ०७२ र ०७३ मा जिल्लामा ५५ जनाले सुरक्षित रुपमा बच्चा जन्माएका, घरमै एसबिए द्धारा ३ जना, एसबिए बिना १ जना र अन्य २ जनाले बच्चा जन्माएका थिए ।
त्यसैगरी आर्थिक वर्ष ०७१÷०७२ मा ५४ जनाले सुरक्षित प्रसूति सेवा लिएका, एसबिए द्धारा घरमै प्रसूति सेवा लिएका ५ जना, एसबिए बिना ५ जना र अन्य ६ जनाले बच्चा जन्माएको अस्पताल श्रोतले जनाएको छ ।
यसरी हेर्दा अस्पतालमा आइ सुत्केरी हुने आमाहरुको संख्या क्रमश बढ्दो छ । निशुल्क सुरक्षित प्रसूति सेवा, न्यानो कपडाहरु र यातयात खर्च समेत पाइने भएपछि महिलाहरु सुत्केरी हुन अस्पतालमा आउन उत्साहित हुन थालेका छन् । स्वास्थ्य संस्थामा आएर प्रसूति गराउने महिलालाई प्रोत्साहन स्वरुप १५ सय रुपैयाँ बाटो खर्च, निशुल्क प्रसूतीको सेवा नियमित गर्भजाँच, आईरन चक्की खाने र टिटी सुई लगाउने सुत्केरी सेवा उत्प्ररेणा भत्ता थप ४ सय दिने व्यवस्था रहेको जिल्ला अस्पताल मुस्ताङकी अनमी अनुसा थकालीले जानकारी दिइन् ।
थकालीका अनुसार मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएपछि स्वास्थ्य संस्थामा गएर गर्भवती जाँच गराउने र सुत्केरी गराउने आमाहरुकोे सङ्ख्या बढ्न थालेको हो ।
स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी गराउने क्रम बढेपछि बाल मृत्युदरमा पनि कमी आएको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ । आर्थिक वर्ष ०७२ र ०७३ लाई हेर्दा जिल्ला अस्पताल मुस्ताङमा सुत्केरी गराउन आउने मध्ये मातृ मृत्युदर र बाल मृत्युदर शुन्य देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय मुस्ताङका अुनसार आमा र शिशुको स्वास्थ्यका विषयमा सचेत बनेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा प्रसूती गराउनेको संख्या बढेको हो । सरकारी सूचीकृत स्वास्थ्य संस्थामा प्रसूति हुन आउनेलाई आमा र नवजात शिशुको स्याहार सुसारमा सहयोग पु¥याउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार दिने कार्यक्रम समेत ल्याएको छ । जसले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूती गराउनेको संख्यामा वृद्धि भएको छ । उपहारस्वरुप दिइने न्यानो झोलामा आमालाई एक जोर लुगा, बच्चालाई टोपी, मोजा, ¥यापर र नेम्फिन दुईदुई जोरको व्यवस्था गरिएको छ । यो कार्यक्रमले एकातिर स्वास्थ्य सुरक्षा प्रदान गर्ने र अर्कातिर जनचेतना अभिवृद्धि गर्न पनि सघाउ पु¥याएको स्वास्थ्य कार्यालयको विश्वास छ ।
स्वास्थ्य संस्थामा प्रसूति सेवा लिए वापत सरकारले दिने भत्ता, यातयात खर्च तथा न्यानो झोलाको प्रभावकारिता राम्रो देखिएको छ, प्रसूति केन्द्रमा आएर सुत्केरी हुने आमालाई थप प्रोत्साहन मिलेको छ । जिल्लामा अहिले जिल्ला अस्पताल मुस्ताङ संगै १६ वटा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा सञ्चालनमा रहेका छन् । सबै केन्द्रमा दक्ष र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङ हिमाली जिल्ला भएकाले चीसो बढि हुने र बच्चा जन्मदा वित्तिकै अथवा जन्मेको २८ दिन भित्र चिसोका कारण शिताङ्ग (कठ्याङग्रीएर) भएर मर्न सक्ने हुँदा त्यस्तो समस्या आउन नदिन जिल्ला अस्पताल जोमसोममा रेडियन्ट वार्मर मेशिन यस वर्ष देखि संचालनमा ल्याईएको छ । बच्चाको शरिरलाई आवश्यक पर्ने तापक्रम सो मेसिन द्धारा उपलब्ध गराई बालमृत्युदर कम गर्नको लागि मेसिन संचालनमा ल्याइएको जिल्ला स्वास्थ्य प्रमुख शम्भु ज्ञवालीले बताए ।

Monday, August 8, 2016
जोमसोममा धार्मिक एवं शैक्षिक महोत्सव संचालन गरिने !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ २४ श्रावण
“सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने मुल नाराका साथ हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा “जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव” संचालन गरिने भएको छ ।
१०१ टेक्निकल कलेज एवं एक प्रदेश एक टेक्निकल विश्व विद्यालयका संकल्प कर्ता युवा दार्शनिक कथा वाचक ध्रुव शरण बस्यालको संकल्पमा आधारित जनहित बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ आगामी भदौ ९ गते देखि १६ गते सम्म “जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव” संचालन गर्न लागिएको क्याम्पस प्रमुख रामचन्द्र अधिकारीले जानकारी दिए ।
राष्ट्र निर्माण, पितृहरुको सदगति साथै धर्म, संस्कार र संस्कृति संरक्षण गर्दै जनहित उमावि तथा जनहित बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ शालिग्राम भगवानको विशेष पूजा, बुद्ध धर्म गुरुहरुको प्रवचन सहित प्रखर अन्तराष्ट्रिय कथा वाचक पं. दिनवन्धु पोखरेल एवं सह वाचक धु्रव शरण बस्यालले संगीतमय कथा वाचन गर्ने क्याम्पस प्रमुख अधिकारीले बताए ।
क्याम्पसमा प्राविधिक शिक्षा संचालनार्थ राष्ट्र निर्माण एवं प्राविधिक शिक्षाको आवश्यकता बारेमा विशेष प्रवचन गर्दै आर्थिक संकलनका लागि महायज्ञ तथा धार्मिक एवं शैक्षिक महोत्सव आयोजनाको तैयारी भैरहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीले जानकारी दिए ।
महोत्सवमा ५ करोड भन्दा बढि रकम उठाउने लक्ष्य रहेको छ । मुस्ताङमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनको लागि आयोजना गर्न लागिएको महायज्ञमा सम्पूर्ण मुस्ताङवासी देशविदेशमा रहेका शिक्षाप्रेमी लगायतका महानुभावलाई सहयोगको लागि अपिल गर्दछौँ । थकालीले भने ।

Sunday, August 7, 2016
आ.व. ०७२÷०७३ मा प्रहरीमा २० वटा मुद्दा दर्ता !
केशव विश्वकर्मा
मुस्ताङ, २३ श्रावण
जिल्ला प्रहरी कार्यालय मुस्ताङमा आ.व. ०७२÷०७३ मा २० वटा मुद्दा दर्ता भएका छन् । यो संख्या गत आ.व. मा भन्दा १० ले कमी हो ।
झुण्डिएर आत्महत्या ज्यान १, नदीमा हामफाली आत्महत्या १, भबितब्य ज्यान १०, लागु औषध १, फुटकर ज्यान २, सवारी ज्यान १, सवारी भबितब्य ज्यान २, चोरी १ र जुवा १ गरी २० वटा मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ ।
दर्ता भएका २० वटा मुद्दा मध्ये ४ वटा फर्छौट भएको र १६ वटा मुद्दा फर्छाैट हुन बाँकी रहेको बताइएको छ ।
त्यस्तैगरी आ.व.०७२÷०७३ मा लागु औषध २ जना अभियुक्त पक्राउ भएको र जनही ५ हजार जरिवाना १ महिना कैद, जुवा ४ जना अभियुक्त पक्राउ भएको र धरौटीमा छुटेको, सवारी ज्यान १ जना पक्राउ १० हजार बुझाई तारिखमा छुटेको र चोरी ४ जना पक्राउ अभिभावकको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले जनाकारी दिए ।
प्रहरी कार्यालयको रेकर्ड अनुसार आ.व. ०७२÷०७३ मा जिल्लामा महिला ३, पुरुष ६ र वालवालिका ७ हराएका छन् । जसमध्ये २ महिला र १ पुरुष हराए पश्चात सकुशल फेला परेका, १ पुरुष हराए पश्चात मृत अवस्थामा फेला परेको र बाँकी हराए पश्चात हाल सम्म फेला पर्न सकेका छैनन् ।
सोही आ.व.मा प्रहरीमा ४१ वटा ठाडो उजुरी परेको र ४१ वटा मिलापत्र गरिएको छ । चालु आ.व. ०७२÷०७३ मा प्रहरीले ४ पटक नागरिक सुनुवाई, सामुदायिक प्रहरी सेवा सम्बन्धी कार्यक्रम ७ पटक र ट्राफिक जनचेतना मुलक कार्यक्रम ३ वटा गरेको प्रहरीले जनाएको छ ।
मुस्ताङमा मुखिया प्रथा कायम रहेको र अधिकांश मुद्दाहरु मुखियाले नै मिलाउने गरेकाले प्रहरीमा कम उजुरी पर्ने गरेको बताईएको छ ।

Saturday, August 6, 2016
समुदाय र प्रहरीको सहकार्य हुनुपर्छः डिएसपि योगी !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ २२ श्रावण
जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा श्रावण २२ गते शनिवार मार्फा ७ स्याङमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीको काम कर्तव्यको विषयमा जानकारी गराउँदै स्थानियको सल्लाह सुझाव र गुनासो सुन्नको लागि कार्यक्रमको आयोजना गरिएको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए ।
नागरिक सुनुवाई कार्यक्रममा स्थानिय आइतलाल थकाली, सुर्य बहादुर थकाली र प्रविता थकाली लगायतले बालबालिकालाई कारबाही गर्न हुने कि नहुने, मुस्ताङमा पूर्ण रुपमा जुवातास किन नियन्त्रण हुन सकेन लगायत प्रहरीले गर्ने काम प्रति जिज्ञासा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य भएकाले असल नागरिक बन्ने कार्यमा सबै लाग्नु पर्ने बताए । समाजमा अपराधिक कृयाकलाप हुन नदिन प्रहरी समुदाय विच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताउदै अधिकारीले मुस्ताङमा कतिपय घटना मुखियाले नै मिलाउने प्रचलन भएकाले मुखिया प्रथाका कारण अपराधी उम्कने वातावरण सृजना नगर्न अग्रह गरे ।
कानुन भन्दा माथि कोही पनि छैन यदि कतै कसैले कानुन विपरित गैरकानुनी काम गरेको पाईएमा कानुन बमोजिम कारबाही हुन्छ । अधिकारीले भने ।
जिज्ञासाको जवाफ दिँदै प्रनाउ योगीले अपराधीलाई कारबाही गर्ने गरेको र समाजमा कोही कसैले विकृति फैलाउने कार्य गरेमा प्रहरीमा गोप्य सुचना दिन सकिने भन्दै अपराध रहित शान्तीपूर्ण समाज निर्माणमा समाज र प्रहरीको सहकार्य समन्वय हुनु पर्ने बताए । साथै उनले स्थानिय नागरिकले प्रहरीलाई सहि सुचना दिन सके अपराधी समाजवाट उम्कन नसक्ने बताउँदै प्रहरी संग सहकार्य र समन्वय गर्न विद्यार्थीहरुलाई प्रेरित गर्ने उल्लेख गरे ।
कार्यक्रममा उठेका कानुनी जिज्ञासाको जवाफ सरकारी वकिल रुद्र गौतमले दिएका थिए ।
त्यस्तै कार्यक्रममा स्थानिय विकास अधिकारी हरि प्रसाद बास्तोला र नागरिक अगुवा आस बहादुर थकालीले मन्तव्य व्यक्त गरेका थिए ।
प्रनाउ योगीको अध्यक्षता र जिप्रकाका डम बहादुर धिंगालको संचालनमा संम्पन्न भएको कार्यक्रममा स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।

गुणस्तरमा सम्झौता गर्नु हुँदैनः प्रजिअ अधिकारी !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ
विकास निर्माणका काममा गुणस्तरमा जोड दिनुपर्ने भन्दै प्रमख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताए ।
जिल्ला विकास समितिको आयोजनामा श्रावण २१ गते शुक्रवार जिविसको सभाहल जोमसोममा भएको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा अधिकारीले सो कुरा बताएका हुन् ।
गोष्ठीमा बोल्दै अधिकारीले विकासका काममा जिम्मेवार पूर्वक लाग्नुपर्ने र उद्देश्य अनुरुप कृयाकलाप संचालन गर्नुपर्ने कुरामा जोड दिँदै विकासलाई जनतामुखि बनाउनु पर्ने र भए गरेका कामको अनुगमन बढाउन आग्रह गरे ।
उनले भने । काम चलाउ विकास होइन दिगो विकास तर्फ लाग्नु पर्छ र हामी संग भएका स्थानिय स्रोत साधनको पहिचान र परिचालन गर्नुपर्छ । बजेट मात्र खर्च गरेर विकास नहुने उनको तर्क थियो ।
त्यसैगरी स्थानिय विकास अधिकारी हरिप्रसाद वास्तोलाले विकास निर्माणमा भएका कमि कमजोरीलाई आगामी दिनमा सुधार गर्ने र विकासका कामको अनुगमनलाई तिव्रता दिने बताउँदै आगामी दिनमा सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
राजनैतिक दलको समयको अभावका कारण बजेट बाँडफाँड ढिलो भएको र प्राविधिकहरुको कमि भएकाले तयारी पुरा हुन नसकेको वास्तोलाको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेकी प्रतिनीधि सम्झना थकाली र माओवादी केन्द्रका प्रतिनीधि विशाल विकले मन्तव्य व्यक्त गरेका थिए ।
गोष्ठीमा जिविसको तर्फबाट योजना अधिकृत जीवन ज्ञवाली, जिल्ला शिक्षा कार्यालय बाट जिशिअ केशरीरमण न्यौपाने, आयुर्वेद कार्यालयबाट आयुर्वेद चिकित्सक डा.कमलराज अधिकारी र महिला तथा बालबालिका कार्यालयबाट सुशिला तिमिल्सिनाले वार्षिक प्रगतिको समिक्षा गरेका थिए ।
त्यस्तै खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला पशुसेवा कार्यालय, शितोष्ण बागबानी फर्म, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोम र लोमान्थाङ लगायत जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयले आफ्नो वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रम मा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनैतिक दलका प्रतिनिधि, नागरिक अगुवा र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
स्थानिय विकास अधिकारी हरि प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य माथि प्रकाश तथा स्वागत योजना अधिकृत जीवन ज्ञवालीले गरेका थिए । कार्यक्रम जिविसका कार्यक्रम अधिकृत केदारसिंह थापाको संचालनमा सम्पन्न भएको थियो ।

Friday, August 5, 2016
पुर्नसंरचनाका लागि प्रारम्भिक छलफल सम्पन्न !
मुस्ताङ साप्ताहिक संवाददाता
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले तयार पारेको खाका अनुसार मुस्ताङमा ३ वटा गाउँ पालिका हुने भएका छन् ।
पुर्नसंरचनाको लागि संभावित उपल्लो मुस्ताङको घमी, चराङ, सुर्खाङ, लोमान्थाङ, छोसेर र छोन्हुप गाविस एक गाउँपालिका, बिच मुस्ताङको मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ र झोङ गाविस एक गाउँपालिका र तल्लो मुस्ताङको लेते, कुञ्जो, कोवाङ र टुकुचे गाविस एक गाउँ पालिका हुन सक्ने स्थानिय विकास अधिकारी हरि प्रसाद बास्तोलाले बताए ।
संभावित गाउँपालिकाको लागि उपल्लो मुस्ताङका ६ गाविसको क्षेत्रफल २०७१ वर्ग किमि, बिच मुस्ताङका ६ गाविसको क्षेत्रफल ११६२.४५ वर्ग किमि र तल्लो मुस्ताङका ४ गाविसको क्षेत्रफल ३२९.७२ वर्ग किमि रहेको जिल्ला नापी कार्यालयले जनाएको छ ।
प्रस्तावित मुस्ताङका ३ गाउँपालिका मध्ये उपल्लो मुस्ताङमा ९३६ घरधुरी ३ हजार ३ सय २२ जनसंख्या, बिच मुस्ताङमा १५६९ घरधुरी ५ हजार २ सय ५१ जनसंख्या र तल्लो मुस्ताङमा ८०० घरधुरी ३ हजार २० जनसंख्या रहेको बताइएको छ ।
त्यस्तै स्थानिय तह पुर्नसंरचनाका आधार र मापदण्डका विषयमा स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि र स्थानिय निकाय र स्थानिय तहको अवधारणाको विषयमा छलफल गरी आगामी जिल्ला स्तरीय परामर्श कार्यशालामा पुर्नसंरचना कार्यमा स्पष्ट र ठोस सुझाव प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले व्यापक रुपमा प्रचारप्रसार गर्ने निर्णय गरिएको छ ।
स्थानिय पुर्नसंरचना प्राविधिक सहयोग समिति मुस्ताङका संयोजक एवं स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षतामा प्राविधिक सहयोग समितिका अन्य सदस्य, राजनीतिक दल तथा संचारकर्मीहरुको उपस्थितिमा स्थानिय तह पुर्नसंरचनाका आधार र मापदण्डका विषयमा श्रावण २० गते विहिवार जिल्ला विकास समितिमा गरिएको छलफले उक्त निर्णय गरेको हो ।
त्यसैगरी सो छलफल कार्यक्रमको सहजीकरण गर्दै जिविसका योजना अधिकृत जीवन ज्ञवालीले आगामी जिल्ला स्तरीय परामर्श कार्यशालामा पुर्नसंरचनाका लागि ठोस सुझाव प्राप्त गर्न आ–आफ्नो तहमा व्यापक छलफल गरि सुझाव संकलन गर्ने निर्णय गरेकोे बताए ।

Wednesday, August 3, 2016
मुस्ताङमा ७ करोड भन्दा बढि रकम फ्रिज !
केशव विश्वकर्मा
मुस्ताङ, १९ श्रावण
हिमालपारीको जिल्ला मुस्ताङमा ७ करोड भन्दा बढि रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७२ र ७३ मा कुल पूंजीगत खर्च तर्फ २४ दशमलव ०१ प्रतिशत अर्थात ७ करोड ४३ लाख ११ हजार ३ सय ७ रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक गोकर्णराज सुयलका अनुसार पूंजीगत तर्फ २४ दशमलव ०१ प्रतिशत र चालु तर्फ ६ दशमलव ११ प्रतिशत अर्थात ६ करोड ४१ लाख ७० हजार २ सय ४६ रुपैयाँ खर्च हुन नसकेको हो ।
पूर्वाधार विकास तर्फ (पूंजीगत खर्च) निकासा भएको ३० करोड ९४ लाख ६८ हजार ९ सय आर्थिक बजेट मध्ये २३ करोड ५१ लाख ५७ हजार ५ सय ९३ रुपैया २५ पैसा खर्च भएको छ । त्यस्तै चालु खर्च तर्फ निकासा भएको १ अरब ५ करोड १८ लाख ८५ हजार ६३ रुपैयाँ ९९ पैसा आर्थिक बजेट मध्ये ९८ करोड ७७ लाख १४ हजार ८ सय १७ रुपैयाँ ८५ पैसा खर्च भएको कोष नियन्त्रक सुयलले जानकारी दिए ।
गत आर्थिक वर्षमा जिल्लाको विकासका लागि पूंजीगत तर्फ छुट्टिएको २० करोड ७६ लाख ५० हजार नौसय १४ मध्ये १६ करोड ७५ लाख २३ हजार तीनसय ५० रुपैया खर्चभएको थियो । जुन कुल पूंजीगत तर्फको ८० दशमलव ६८ प्रतिशत हो । त्यस्तै चालु तर्फ कुल ९५ करोड २५ लाख ७२ हजार ६ सय ७ रुपैया २४ पैसा मध्ये ७८ करोड ७५ लाख ९२ हजार ७ सय ८८ रुपैया १८ पैसा खर्च भएको थियो । जुन ८२ दशमलव ६८ प्रतिशत हो ।
गत बर्ष भन्दा यस बर्ष पुर्वाधार बजेट धेरै भएपनि बजेटको अख्तियारी ढिलो आउने र मुस्ताङ हिमाली जिल्ला भएकाले चिसोका कारण हिउँद महिनामा काम गर्न नसकिने भएकाले बजेट फ्रिज हुने गरेको बताइएको छ ।
विगतमा निकासा भएको रकम खर्च गर्ने क्षमता नभए रकम फ्रिज हुने गरे पनि यस पटक निकासा नगरी सिधै सरकारी खातामा फिर्ता हुने व्यवस्था रहेको छ ।

Tuesday, August 2, 2016
मार्फा खोलामा पुल निर्माणः यात्रा सहज !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, १८ श्रावण
वर्षाका कारण बाढीले मार्फा स्थित राजखोलाको पुल बगाउँदा कष्टकर यात्रा गर्दै आएका यात्रुलाई सो स्थानमा पुनः पुल निर्माण भएपछि यात्रामा सहज भएको छ ।
पटक पटक भएको वर्षासंगै आएको बाढीले खोला आसपासको जमिन कटान गरी पुल बगाउँदा यात्रुहरु आवतजावतमा समस्या झेल्दै आएका थिए ।
वर्षाले सडकको विभिन्न ठाउँमा क्षति पु¥याई आवत जावतमा समस्या भएपछि सडक डिभिजन कार्यालय बागलुङमा सम्पर्क गरी सडक मर्मत र आवश्यक ठाउँमा पुल निर्माणको पहल गरिएको र सोही अनुसार काम भैरहेको नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष चन्द्रमोहन गौचनले बताए ।
विपद व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार डिभिजन सडक कार्यालय बागलुङलाई सो राजखोलामा अस्थायी पुल निर्माणका लागि आग्रह गरिएको र सडक कार्यालयको निर्देशन अनुसार स्थानिय ठेकेदार प्रेम प्रसाद तुलाचनलाई उक्त खोलामा पुल निर्माणको जिम्मा दिईएको थियोे ।
यात्रु आवत जावतमा समस्या भएपछि सडक डिभिजन कार्यालय बागलुङसंग लागतको आधारमा प्राविधिक मुल्याङन अनुसार भुक्तानी लिने गरी तत्कालको समस्या समाधानको लागि मार्फाको राज खोलामा पुल निर्माण गरेको ठेकेदार प्रेम प्रसाद तुलाचनले बताए ।
तुलाचनले भने । स्याङ खोलामा पक्की पुल निर्माण प्रोजेक्टको काम थाँती राखेर तत्कालको समस्या समाधानको लागि मार्फा खोलाको पुल निर्माण गरेका हौँ ।
पुल निर्माणको जिम्मा लिएका तुलाचनका अनुसार दैनिक २५ जना कामदार र दुईवटा स्काभेटरको सहयोगमा ६ दिनमा खोलाको दुवै पट्टि जाली लगाई ग्याबिन उठाएर मोटर गुडन सक्ने काठको पुल निर्माणको कार्य सकिएको हो ।
पुल नहँुदा यात्रु जोखिम मोल्दै खोलाबाट यात्रा गर्न बाध्य थिए, सो समस्या सुल्झाउनको लागि पुल निर्माणमा मार्फाका स्थानियले पनि श्रमदान ग¥यौँ र पुल निर्माण कार्य छिटो सम्पन्न भयो । मार्फाका गाउँ मुखिया दिपक लालचनले भने ।
जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोका कारण मुस्ताङ खण्डको घाँसा देखि जोमसोम सम्म सडक अवरुद्ध भएको र सो अवरुद्ध सडक सुचारु गर्न पहल गरिरहेकाले मुस्ताङ खण्डमा भएको सडकको अवरोध हटाइएको प्रजिअ गणेश बहादुर अधिकारीले बताए । उनले भने अब घासा जोमजोम सिधा यातयात संचालन हुन्छ ।
म्याग्दी खण्डको चमेरेमा सडक निर्माण निर्माण गरी गाडी पास भैसकेको र बैसारीमा काम भैरहेकाले अब ३ दिनमा म्याग्दी सडक खण्डको अवरोध हटाई घासा सम्म सिधा यातयात सुचारु हुने डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर नारायण पौडेलले जानकारी दिए ।

Monday, August 1, 2016
मानविय त्रुटीले तारा एयर विमान दुर्घटना भएको तथ्य सार्वजनिक !
मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ १७ श्रावण
पोखराबाट जोमसोमको नियमित उडानमा रहेको तारा एयरको ९एन एएचएच टुइनअटर विमान मानवीय त्रुटीका कारण दुर्घटना भएको पाइएको छ ।
तारा एयरको विमान दुर्घटना भएको सम्बन्धमा जाँच गर्न गठित ‘दुर्घटना जाँच आयोग’ ले श्रावण १६ गते आईतवार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
उक्त विमान गत फागुन १२ गते म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो । दुर्घटनामा परी चालकदलसहित २३ जनाको मृत्यु भएको थियो । त्यसमा दुई विदेशी थिए ।
घटना भएकै दिन नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो । तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको आयोगले त्योभन्दा बढी समय लगाएर अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ ।
प्रतिवेदनअनुसार प्रतिकूल मौसममा चालकले उडान गर्दा दुर्घटना भएको र घटना जहाजको प्राविधिक पक्षका कारण नभई मानवीय त्रुटीले भएको देखिएको छ ।
दुर्घटनाग्रस्त विमानका पार्टपुर्जा, भौगोलिक अवस्थिति र डाटा रेकर्डका आधारमा आयोगले विमान दुर्घटनाको मुख्य कारण मानवीय त्रुटी भनेको छ । आयोगका सदस्यसचिव एवम् पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले घटनाको अध्ययन तथा प्राविधिक परीक्षणले मानवीय त्रुटीले विमान दुर्घटना भएको पाइएको बताए ।
आन्तरिक उडानका क्रममा दृष्टियोग्य उडान (भिएफआर) अन्तर्गत पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको विमानका चालकदलले बिगँ्रदो मौसमको बाबजुद पनि विमानलाई बादलभित्र प्रवेश गराई पूर्व्निर्धा्रित उडान मार्गबाट देब्रेतर्फ विचलन भएको अवस्थामा तातोपानी भन्ने बिन्दु पारगरी साँघुरो खोंच हुँदै विमानलाई अघि बढाएका थिए ।
विमानलाई जोमसोमतर्फ अगाडि बढाउन ल्यान्ड स्लाइड भन्ने बिन्दुमा पुगेको भ्रममा परी जमिनको उपस्थिति जनाउने यन्त्रमा देखिएको चित्र र सचेत गराउने आवाजको संवेदनशीलता नबुझी लेते भन्ने बिन्दुतर्फ उचाइमा चढाउँदै अझ देब्रेतर्फ मोड्दा विमानको मुख्य संरचनाको तल्लो सतह चट्टानी पहाडमा घर्षण हुन गई विमान भिरमा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष दलीले पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेललाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पोखरेलले प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयन गरी आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध कार्यक्रम ल्याइने बताए ।
पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले विमान दुर्घटना न्यूनीकरणका लागि सुधार गर्न मन्त्रालय लागिपरेको र आगामी दिनमा प्रभावकारी नीतिगत कार्ययोजना ल्याइने बताए ।

मुस्ताङमा ३ करोड भन्दा बढि राजस्व संकलन !
केशव विश्वकर्मा
मुस्ताङ, १७ श्रावण
हिमाली जिल्ला मुस्ताङमा यस वर्ष ३ करोड भन्दा बढि राजस्व संकलन भएको छ । अर्थिक वर्ष ०७२÷०७३ मा ३ करोड ८१ लाख ८२ हजार ५ सय ९८ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
जिल्ला स्थित विभिन्न २६ वटा सरकारी कार्यालय मार्फत उक्त राजस्व संकलन गरिएको हो ।
गत वर्ष भन्दा यस वर्ष राजस्व संकलन ४६ लाख ८५ हजार ४ सय २५ ले बढि हो । गत आर्थिक वर्ष ०७१÷०७२ मा जिल्लामा ३ करोड ३४ लाख ९७ हजार १ सय ७३ रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु र पुंजीगत खर्च बढनु, ९० प्रतिशत व्यवसायी प्यानको दायरामा आउनु, पारिश्रमिक कर, अग्रिम आयकर, मदिरा, अन्त शुल्क र नविकरण शुल्क बढेकाले राजस्वमा वृद्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक गोकर्णराज सुयलले बताए ।
जिल्ला प्रशासन कार्यालयले २२ लाख ११ हजार ७ सय २०, जिविसले १ लाख ३४ हजार ८ सय ९३, मालपोत कार्यालयले ७ लाख ४६ हजार १ सय ६३, घरेलु तथा साना उद्योग विकास समितिले १४ लाख १० हजार १ सय ५०, प्रहरी कार्यालयले ६ लाख २६ हजार ९ सय र शितोष्ण बागबानी केन्द्र ५८ लाख ८० हजार ८ सय ४० रुपैयाँ राजस्व संकलन गरेका हुन् ।
त्यसैगरी स्वास्थ्य कार्यालयले १ लाख १४ हजार ३ सय ५२, भीमदल गणले १ लाख ८० हजार ८ सय ८२, जिल्ला शिक्षा कार्यालयले ३ लाख ३८ हजार ३ सय २१, हुलाक कार्यालयले ३ लाख ८१ हजार ९ सय १५, मुस्ताङ भन्सार
कार्यालयले ३ लाख २७ हजार ३ सय ९७, पशुसेवा कार्यालयले १ लाख ८ हजार ३ सय १०, नापी कार्यालयले १ लाख ६४ हजार ५ सय ७० र कोष तथा लेखा नियन्त्रकको कार्यालयले २ करोड ४८ लाख ९७ हजार ९ सय ७१ रुपैयाँ लगाएत अन्य कार्यालयहरुबाट उक्त राजस्व संकलन भएको हो ।

विश्वलाई चकित पार्ने मुस्ताङका गुफाहरु !
– डा.कविताराम श्रेष्ठ
पहिले मुस्ताङ् क्षेत्र बिदेशी पर्यटकहरूको लागि खुला थिएन । परिवर्तित नेपालले त्यो निषेध हटायो र यसै सुबिधाको उपयोग गरी पर्वतारोही पीटर एथेन्स मुस्ताङ्तिर ट्रेकिंगमा गएछन् । यसै अबसरमा उनले त्यता असंख्य मानब निर्मित गुफाहरू देखेछन् । यस बारेमा पछि अध्यन गर्ने निधो गरेर फर्केछन् ।
पछिका भ्रमणमा उनले सामान्य अवलोकनबाट जे देखे ती पुरातात्विक हिसाबमा महत्वपूर्ण देखे र उनले आधिकारिक अध्ययनको लागि नेसनल ज्योग्राफिकमा सम्पर्क राखे । नेसनल ज्योग्राफिकले यसलाई अति महत्वका विषय मानेर पूरातत्ववीद अलडेन डेरफरको नेतृत्वमा अध्ययन अघि बढायो । फोटो ग्राफर छानिए कोरी रिचार्ड्स ।
धेरै वर्षसम्म यसको अध्ययन भयो । फोटो ग्राफर कोरी रिचार्ड्स बताउछन् । उनले १२ पल्टसम्म यस क्षत्रमा भ्रमण गरे र एकपल्ट त भीरबाट खसेर उनको ढाडै भांचिएको थियो । गत वर्ष यसका उपलव्धिहरूको बारेमा अनेकन स्टिल फोटोहरूसाथ धेरै हल्लीखल्ली भाको थियो ।
यसपाली त हालसम्मको प्राप्तिहरूको बारेमा नेसनल ज्योग्राफिकले “स्काई केभ्स अफ नेपाल-लाइभ” शीर्षकमा तीनवटा भिडियो नै तयार गरेका छन्, जो यस अध्ययनका योजनाकार पर्वतारोही पीटर एथेन्स, पूरातत्ववीद अलडेन डेरफर र फोटो ग्राफर कोरी रिचार्ड्सले प्रेसको सामू दिइएका प्रवचन हुन् । यी भिडियोहरूमा उनीहरूका प्रवचनसाथ अचम्मलाग्दा गुफाहरू र उनमा प्राप्त वस्तुहरू पनि देखाइएका छन् ।
https://www.youtube.com/watch?v=WMTZBw1SISA
https://www.youtube.com/watch?v=kzu5JAgb2vQ
यिनमा दुइ खाले गुफाहरू पेश छन् । एक खाले बौद्धलामाहरूको लागि बनाइएका गुम्बा र अर्का मानब चिहान ।
बौद्ध गुम्बाका भित्ताहरूमा बौद्ध चित्र, बौद्ध ग्रन्थहरू र बौद्ध चैत्य पाइएको देखाइएका छन् । यी गुफाहरूको बनौट नै बडो अनौठो देखिन्छ । तिनका बनौटको आर्किटेक्चरल एनिमेसन समेत पेश गरिएका छन् । जसले गुफाहरू भित्रभित्रै दस तलासम्म माथितिर र हरेक तल्लामा तेर्सोपट्टि धेरै चार्कुना मेलाका कोठाहरू खोपिएका देखाइएका छन् । यसको समय १३ रौँ शताब्दितिर भएको पुरातत्ववीद अलडेन डेरफर जनाउँछन् ।
अर्को खाले चिहाने गुफाहरूको उपलव्धि उत्तिकै उदेकलाग्दा छन् । यिनमा इशापूर्व हजारवर्ष अघिका मानब चिहान पनि पाइएका छन् । उनमा मिश्रदेशमा पाइनेजस्तै ममिफाइड (मासुसमेत सुकेका) लाशहरू र मुस्तां वा तिब्बततिरका चलन अनुसारका मासु छिलेका कंकालहरू पाइएका देखाइएका छन् ।
साथमा तिनका लागि चढाइएका गरगहना, खाद्य वस्तुहरू र पशुका, हाडखोर, भाँडाकुँडा, रेशमका टुक्रा आदि वस्तुहरू पनि पाइएका देखाइएका छन् । कुनैकुनै लाश धेरै गहिराइमा राखिएका पाइएका छन् भने कुनै बाकसमा हावा नछिर्ने गरी बन्द गरिएको अवस्थामा पनि पाइएका छन् ।
यसरी हावा नछिरेका कारण यी कंकाल वा लाशहरू सग्लै र नमक्किएको अवस्थामा देखिन्छन् । यिनका साथै चढाइएका वस्तु, पशुका हाडखोर, अन्नका पिठो पनि सबै सग्ला अवस्थामा पाइएका छन् । यिनमध्ये चीनतिर बन्ने सिल्कका टुक्राहरू र पश्चिमी देशतिर पाइने रत्नका गहना पनि भएकाले पूरातत्ववीद अलडेन डेरफरले यो मुस्ताङ् क्षेत्र चीन र युरोतिरको सिल्करोडलाई भारतसंग जोड्ने एउटा महत्वपूर्ण मार्ग थियो त्यसैले यी सामग्रीहरू यहाँ पाइयो भन्ने निष्कर्ष निकालेका छन् ।
उनले नभनेका तर उनका यसै सिद्धान्तलाइ मान्दै मलाई लागेको कुरो यो पनि छ कि यो ममिफाइड (मासुसमेत को लास) हुनु पनि मिश्रतिरको आयातित सिकोको द्योतक हुन सक्छ । लाशसंगै सुन र चाँदीका मुखुण्डो राख्ने तथा मृत व्यक्तिको लागि आवश्यक वस्तु र खाद्य पदार्थ राख्ने चलन पनि मिश्रकै चलनको सिको हुन सक्छ । मासु छिलेर हाड्मात्र दफ्नाउने चलन भने स्थानिय एबम तिब्बततिरको चलनमुताबिक गरिएको द्योतक हो ।
नेसनल ज्योग्राफिक जस्तो विश्वप्रशिद्ध आधिकारिक संस्थाले वर्षौं लगाएर अमूल्य, अद्वितीय र आश्चर्यचकित पूरातात्विक निधिको रूपमा विश्वसामू यो तथ्यलाई उजागर गर्नाका कारण यसबारेमा संसारभर हल्लीखल्ली नै भएको छ । तर नेपालको सरकार वा यसका पूरातत्व विभागले अहिलेसम्म केही बोलेको छैन । थाहै छैन जस्तो !! त्रिभुवन विश्वविद्यालयमा प्राचिन इतिहास, संस्कृति तथा पूरात्व विषयको एउटा बिभाग नै छ । यसले आफ्ना एम विषयका छात्रछात्राहरूलाई पूरातत्व र उत्खनन प्रविधि सम्बन्धि ज्ञान र सीप सिकाउनको लागि भारत र तिलौराकोट्सम्म भ्रमण गराउँछ । तर वर्षौंदेखि भईरहेको यो अध्ययन र यसका प्राप्ति बारेमा थाहै नभएको देखिन्छ ।
यस्तै हो हामी नीरिह छौं । यत्रो काम हाम्रो नाकै मुनि भयो हामी धेरैजसो नागरिकलाई पने थाहै भएन । अब के गर्ने त ? अहिलेसम्म जे भयो भयो । एउटा उल्लेख्य उपलव्धि त भएकै छ । यतिसम्म गर्न हाम्रा प्राविधिक र आर्थिक बुतोले भ्याउने कुरो थिएन नै । त्यसकारण नीच मारेर यसैमा सन्तुष्ट हुनपर्यो । यो अध्ययन भनेको मुस्ताङ्को धेरै सानो क्षेत्रको अध्ययन हो । यहाँ यस्ता हज्जारौं गुफाहरू छन् । यस्ता हज्जारौं अध्ययन अरू हुन सक्छन् । संसारलाई छक्क पार्ने अरू अनेकानेक कुराहरू अनगिन्ति पाइनेछन् । त्यो भविष्य उज्यालो छ ।
अबका दिनहरूमा भने यस्ता अध्ययनहरूमा हाम्रोतर्फबाट पनि उल्लेख्य सहभागिता हुनपर्ने स्थिति बनोस, हाम्रा चाहना यो हुनु पर्छ । हाम्रा नीधिहरू नबाहिरिउन हामीमा त्यो सजगता हुनु पर्छ । संसारको आँखा यसमा परेको स्थिति हुँदा यस क्षेत्रमा प्रबुद्ध पर्यटकहरू ओइरिने ठूलै सम्भावना छ । यो क्षेत्र विश्वभरका विश्वविद्यालयहरूको महत्वपूर्ण अध्ययन केन्द्र पनि बन्ने सम्भावना छ । हामीमा त्यो प्रवाहलाई थेग्ने क्षमता पो अब हुन पर्यो । त्यसलाई धान्न तथा पर्यटन व्यवसायलाई टेको दिन ट्रेकिंग रुटको व्यवस्थापन, यातायातको व्यवस्थापन, तथा अन्य आधारभूत कुराहरूको व्यबस्थापन हुनु आवश्यक छ ।
काम गर्नपर्छ । नागरिक स्तरबाटै पनि हेलिकोप्टर, खच्चर, घोडा, आदि समेतको यातायात व्यवस्थापन, तथा होटलहरूको व्यवस्था हुन सक्छ । सरकारकै अगुवाई हुन आवश्यक छैन । निजिस्तर पनि जागोस । यही शुभकामाना छ । दैनिक नेपाल बाट ।
Subscribe to:
Posts (Atom)