Thursday, June 1, 2017

मुस्ताङमा १७ औँ विश्व दुध दिवस

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, १८ जेष्ठ । मुस्ताङमा बिहिवार एक समारोहका विच १७ औँ विश्व दुध दिवस मनाईएको छ । जिल्ला पशुसेवा कार्यालय मुस्ताङको आयोजनामा जोमसोममा किसान विच अन्तरक्रिया गर्दै दुध दिवस मनाईएको हो ।
सर्वाेत्तम आहाराको रुपमा लिईने दुधको उत्पादन र प्रयोगलाई बढवा दिनको लागि सन् २००१ अप्रिल १ देखि विश्व दुध दिवस मनाउन थालिएको हो ।
प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दुधको आवश्यकता पर्ने भएतापनि मुस्ताङमा यसको ४८ प्रतिशत मात्र आपूर्ति हुने गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
जिल्लामा दुधको मागलाई परिपूर्ति गर्नको लागि दुध उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रम संचालन गरेको पशु चिकित्सक होम बहादुर बस्नेतले बताए ।
सो अवसरमा पशु चिकित्सक बस्नेतले दुध उत्पादन, सुद्धता, पशुपालन गोठ व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा हिमाली आयोजना जिल्ला अनुगमन संयोजक गोकर्ण देवकोटा, स्याङ डेरीका व्यवस्थापक शिव थकालीले मन्तव्य व्यक्त गरेका थिए ।
निमित्त पशु विकास अधिकृत होमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पशु स्वास्थ्य प्राविधिक अनिल कुमार महतो र स्वागत हिमाली आयोजना कृषि विज्ञ तीर्थराज ढकालले गरेका थिए ।

No comments:

Post a Comment