Sunday, June 4, 2017

जोमसोममा जुवातासमा संलग्न ९ जना रंगेहात समातिए

केशव वि.क.
मुस्ताङ । मुस्ताङको सदरमुकाम जोमसोममा जुवातास खेलिरहेको अवस्थामा ९ जना रंगेहात समातिएका छन् । विशेष सुराकीको आधारमा प्रहरी नायव निरिक्षक मित्र बहादुर आचार्य नेतृत्वको टोलीले शनिवार उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । 
पुथाङ एयरपोर्ट स्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा पुस्त थकाली, रत्न कुमार शेरचन, अशोक थकाली, तुलप्रसाद गौचन, सुवास शेरचन, विशन गौचन, उदय पुर्जा, प्रमिश गौचन, र महेन्द्र थकाली पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले जानकारी दिए ।  त्यसैगरी होटल संचालक बम प्रसाद गौचनलाई समेतलाई नियन्त्रण लिई अनुसन्धान अगाडी बढाइएको बताईएको छ ।  
जुवामा संलग्न सो टोलीलाई आज म्याद थप गरि बयान लिई अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीले जुवास्थल बाट २ लाख ५१ हजार रुपैयाँ बरामद गरेको छ । जुवातास खेलिरहेको जनगुनासो बढेपछि प्रहरीले निगरानी बढाएको थियो ।

प्रहरीको सचेतना ¥याली  

जिल्ला प्रहरी कार्यालय मुस्ताङ र सामुदायिक प्रहरी सेवा केन्द्र मुस्ताङले आईतबार विहान जोमसोममा सचेतना ¥याली निकालेको छ । विकृति विसंगति विरुद्ध सचेत गराउन सो ¥यालीको आयोजना गरीएको हो । 
समाजबाट जुवातास र अवैद्ध मदिरा लगायतका विकृतिलाई हटाउनुपर्ने भन्दै प्रहरीले सो कार्यमा कोही संलग्न भएको पाईएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । 

No comments:

Post a Comment