Tuesday, June 6, 2017

शिक्षकलाई साथी दौतरी शिक्षा प्रशिक्षण दिईने

मुस्ताङ । मुस्ताङका बिद्यालयमा कार्यरत शिक्षकलाई साथी दौतरी शिक्षा प्रशिक्षक प्रशिक्षण दिइने भएको छ । 
जिल्ला स्वास्थ्य प्रमुख भोजराज गौतमको अध्यक्षतामा सामाजिक परिक्षण समिति तथा जनसंख्या समन्वय समितिको सोमवार बसेको संयुक्त बैठकले जिल्ला भित्र आयोजना गरिने आगामी कार्ययोजना प्रस्तुत गर्दै उक्त निर्णय गरेको हो । 
बिद्यार्थीलाई डिप्रेशनको शिकार हुँनबाट रोक्न साथी दौतरी शिक्षा प्रशिक्षक प्रशिक्षण गरिने भएको हो । बैठकले जनसंख्या महाशाखाबाट उपलब्ध बजेट जिल्ला स्वास्थ्य कार्यालयले निर्धारण गरिएका कार्यक्रममा बिनियोजन गर्ने निर्णय गरेको छ । 
जनशान्ति मा.बि. कागबेनी, जनहित मा.बि. जोमसोम, धौलागिरी आवासिय मा.बि.जोमसोम, जनवाल मा.बि. मार्फा, योगेन्द्र मा.बि. टुकुचे, ज्ञानोदय मा.बि. लेते, र जनआदर्श मा.बि. कोवाङमा अध्यपनरत शिक्षकलाई साथी दौतारी शिक्षा दिईने भएको हो । 
साथी दौतरी शिक्षा प्रशिक्षक परिक्षण कार्यक्रम पश्चात प्रशिक्षण लिएका शिक्षकलाई दौतरी शिक्षा कक्षा संञ्चालनका लागि आवश्यक सहयोग जिल्ला स्वास्थ्य कार्यालयले गर्ने बताइएको छ । 
त्यसैगरी साविकको १६ गाविसका स्वास्थ चौकीहरुले संक्षिप्त सामाजिक परिक्षण अभियान कार्यक्रम संञ्चालन गर्ने कार्यालयले जनाएको छ । 

No comments:

Post a Comment