Saturday, June 3, 2017

पैञ्युमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न,

एनआरएन हङकङलाई नागरिक सम्मान

बागलुङ । बागलुङ जिल्ला जैमुनि नगरपालिका वडा नं. ९ पैयँुमा महिलाहरुको पाठेघर खस्ने सम्बन्धि दुई दिने निशुल्क स्वास्थ्य शिविर गत जेष्ठ १५ र १६ गते सम्पन्न भएको  छ । शिविरमा जैमुनि नगरपालिका र बरेङ गाउँपालिका अन्र्तगतका ४३६ जना महिलाहरुले स्वास्थ्य जाँच गराएका थिए । 
एनआरएन हङकङको आर्थिक तथा प्राविधिक सहयोग, जिल्ला जनस्वास्थ्य कार्यालय र पैयँु स्वास्थ्य  चौकीको समन्वयमा उक्त शिविर संचालन गरिएको हो । 
शिविरमा स्वास्थ्य जाँचका क्रममा २० जना महिलाहरुलाई रिङ प्रेसरी राख्ने तथा १२ जना अप्रेशन गर्नुपर्ने विरामी भेटिएका छन् । अप्रेसन गर्नुपर्ने विरामीहरुको खर्च एनआरएन हङकङले नै जिम्मा लिने बताईएको छ ।
आफुले लुकाएर राखेको रोगलाई निशुल्क उपचार गर्न पाउदा अत्यत्नै खुसी लागेको पिडीत महिलाहरुले बताएका छन् । 
शिविरको उद्घाटन समारोहमा बोल्दै जैमुनी नगरपालिकाका नबनिर्वाचित नगर प्रमुख ईन्द्र राज पौडेलले एनआरएन हङकङले गरेको मानविय कार्यको प्रशंसा गर्दै महिलाहरुको स्वास्थ्यमा पु¥याएको योगदानले समाजलाई समेत स्वस्थ भएर बाच्न प्रेरणा मिल्ने कुरामा जोड दिए । 
त्यसैगरी एनआरएन हङकङका अध्यक्ष ललित लिम्बुले सबैको सहयोगमा दुर्गम ठाँऊमा रहेका महिलाहरुलाई स्वस्थ राख्न शिविर संचालन गरेको र आगामी दिनमा स्थानिय विपन्न समुदाय सँग जोडीएर लाभदायक गतिविधिहरु प्राथमिकताका साथ अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । 
कार्यक्रममा नबनिर्वाचित वडा अध्यक्ष भगिन्द्र थापा मगरले आफु सम्पुर्ण पैञ्युवासीको साझा जनप्रतिनिधि हुनाका नाताले आउदा दिनहरुमा विशेष गरि महिला तथा बालबालिकाहरुको स्वास्थ्य तथा शिक्षामा आवधिक योजना निमार्ण गरि सबै समुदायलाई अगाडी बढाउने बताए । 
कार्यक्रम अवधिमा महिला तथा किशोरीहरुलाई महिनावारी तथा पाठेघर खस्ने रोग र यस सँग जोडीएको सामाजिक विभेद सम्बन्धि अभिमुखिकरण समेत संचालन गरिएको थियो । अभिमुकरण कार्यक्रमलाई स्थानिय स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुबेदी, कार्यक्रम सँयोजक टिका राना तथा सहजकर्ता बुद्धिबल थापा मगरले सहजीकरण गरेका थिए । 
सो अवसरमा आगामी दिनहरुमा पनि यस्ता मानविय कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्ने अपेक्षा सहित स्थानिय नागरिकहरुले एनआरएन हङकङ, स्थानिय स्वास्थ्य कार्यकर्ता तथा स्वयं सेवकहरुलाई नागरिक अभिनन्दन समेत गरेका थिए ।  
कार्यक्रम वडा सचिव दलबहादुर थापाको अध्यक्षता र कार्यक्रमका संयोजक टिका रानाको संचालनमा सम्पन्न भएको थियो ।  

No comments:

Post a Comment