Thursday, June 1, 2017

मुस्ताङमा गाउँ कार्यपालिका सदस्यको टुङ्गो लाग्यो

केशव वि.क
मुस्ताङ । मुस्ताङका पाँच गाउँपालिकाको गाउँकार्यपालिका सदस्यहरुको टुङ्गो लागेको छ । चार गाउँपालिकामा निर्विरोध र एक गाउँपालिकामा निर्वाचन प्रक्रिया मार्फत गाउँ कार्यपालिका सदस्यहरुको टुङ्गो लागेको हो । 
जिल्लाको सदमुकामको गाउँपालिका घरपझोङको गाउँ कार्यपालिकाको महिला सदस्य र दलित अल्पसङ्ख्यक सदस्यको लागि निर्वाचन भएको थियो । लोमान्थाङ, दालोमे, बाह्रगाउँ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यहरु निर्विरोध चयन भएका थिए । 
घरपझोङ गाउँ कार्यपालिकामा २७ मत मध्ये महिला सदस्यमा २५ मत प्राप्त गरी माओवादी केन्द्रका जैकला विक, १८ मत प्राप्त गर्दै राप्रपाका कल्पना हिराचन र १७÷१७ मत प्राप्त गरी काँग्रेसका फूलकुमारी विक र स्वतन्त्र उम्मेदवार माया नेपाली विजयी भएका छन् । त्यस्तै दलित अल्पसंख्यक सदस्यमा २० मत प्राप्त गरी काँग्रेसका राजु लालचन र १८ मत प्राप्त गरी काँग्रेसकै राजेन्द्र शेरचन विजयी भएका छन् ।

लोमान्थाङ गाउँपालिकामा गाउँ कार्यपालिकाको लागि महिला सदस्यमा छिरिङ युटिन गुरुङ, याङजिङ ल्हामो गुरुङ, पेमा युटिन गुरुङ र कर्चुङ विष्ट रहेका छन् । दलित वा अल्पसङ्ख्यक सदस्यमा टसी फेन्जोक लोवा रहेका छन् । दलित अल्पसङ्ख्यक सदस्यको लागि अर्काे एक जनाको उम्मेदवारी परेको छैन् । 
दालोमे गाउँ कार्यपालिकाको लागि महिला सदस्यमा छिरिङ ल्हामो गुरुङ, छेपे पासाङ गुरुङ, धम्च्ये गुरुङ र पेमा डोका गुरुङ चयन भएका छन् । दलित वा अल्पसङ्ख्यक सदस्यमा कृष्णप्रसाद विक र पेमा छेतेन विक रहेका छन् । 
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाको लागि महिला सदस्यमा साङमो छिरिङ गुरुङ, लक्ष्मी कुमारी गुरुङ, देवी गुरुङ र फूलकुमारी विक रहेका छन् । दलित वा अल्पसङ्ख्यक सदस्यमा छिरिङ आङग्याल गुरुङ र फूलमाया विक चयन भएका छन् ।
थासाङ गाउँ कार्यपालिकामा महिला सदस्यमा इन्द्रकुमारी नेपाली, सुदा परियार, पूर्णकुमारी गौचन र विमला तुलाचन चयन भएका छन् । त्यस्तै दलित वा अल्पसङ्ख्यक सदस्यमा नविन शेरचन र नरेन्द्र शेरचन रहेका छन् । 
गाउँ कार्यपालिकामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाका वडा अध्यक्षहरु स्वत रहने व्यवस्था रहेको छ ।
निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईसकेको मुख्य निर्वाचन अधिकृत यवं जिल्ला न्यायाधीस बलराम त्रीपाठीले बताए ।    

No comments:

Post a Comment