Sunday, August 7, 2016

आ.व. ०७२÷०७३ मा प्रहरीमा २० वटा मुद्दा दर्ता !

केशव विश्वकर्मा
मुस्ताङ, २३ श्रावण
जिल्ला प्रहरी कार्यालय मुस्ताङमा आ.व. ०७२÷०७३ मा २० वटा मुद्दा दर्ता भएका छन् । यो संख्या गत आ.व. मा भन्दा १० ले कमी हो ।
झुण्डिएर आत्महत्या ज्यान १, नदीमा हामफाली आत्महत्या १, भबितब्य ज्यान १०, लागु औषध १, फुटकर ज्यान २, सवारी ज्यान १, सवारी भबितब्य ज्यान २, चोरी १ र जुवा १ गरी २० वटा मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ ।
दर्ता भएका २० वटा मुद्दा मध्ये ४ वटा फर्छौट भएको र १६ वटा मुद्दा फर्छाैट हुन बाँकी रहेको बताइएको छ ।
त्यस्तैगरी आ.व.०७२÷०७३ मा लागु औषध २ जना अभियुक्त पक्राउ भएको र जनही ५ हजार जरिवाना १ महिना कैद, जुवा ४ जना अभियुक्त पक्राउ भएको र धरौटीमा छुटेको, सवारी ज्यान १ जना पक्राउ १० हजार बुझाई तारिखमा छुटेको र चोरी ४ जना पक्राउ अभिभावकको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले जनाकारी दिए ।
प्रहरी कार्यालयको रेकर्ड अनुसार आ.व. ०७२÷०७३ मा जिल्लामा महिला ३, पुरुष ६ र वालवालिका ७ हराएका छन् । जसमध्ये २ महिला र १ पुरुष हराए पश्चात सकुशल फेला परेका, १ पुरुष हराए पश्चात मृत अवस्थामा फेला परेको र  बाँकी हराए पश्चात हाल सम्म फेला पर्न सकेका छैनन् ।
सोही आ.व.मा प्रहरीमा ४१ वटा ठाडो उजुरी परेको र ४१ वटा मिलापत्र गरिएको छ । चालु आ.व. ०७२÷०७३ मा प्रहरीले ४ पटक नागरिक सुनुवाई, सामुदायिक प्रहरी सेवा सम्बन्धी कार्यक्रम ७ पटक र ट्राफिक जनचेतना मुलक कार्यक्रम ३ वटा गरेको प्रहरीले जनाएको छ ।
मुस्ताङमा मुखिया प्रथा कायम रहेको र अधिकांश मुद्दाहरु मुखियाले नै मिलाउने गरेकाले प्रहरीमा कम उजुरी पर्ने गरेको बताईएको छ ।    

No comments:

Post a Comment