Tuesday, January 10, 2017

कृषि संचार समन्वय समितिको बैठक

मुस्ताङ साप्ताहिक संवाददाता
जिल्ला कृषि विकास कार्यालय मुस्ताङको आ.व. २०७३÷७४ को स्वीकृत कार्यक्रम अनुसार जिल्ला कृषि संचार समन्वय समितिका संयोजक तथा वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालको संयोजकत्वमा सोमबार कृषि संचार समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
    जिल्लास्थित संचारकर्मीहरुको उपस्थितिमा चालु आ.व. २०७३÷७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रथम चौमासिक अवधिमा सम्पन्न विभिन्न आयोजनाहरुको प्रगति र उपलब्धी तथा दोस्रो चौमासिक आवधिमा सम्पन्न गरिने विभिन्न आयोजनाहरुको बारेमा जानकारी गराउनेका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
    बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत संचालन हुने ब्लकको संसोधित क्षेत्र, विभिन्न कृषि सामाग्रीहरुको माग, साना तथा थोपा सिंचाईको माग लगायतका एजेन्डाहरुमा छलफल गरिएको थियो।
    कार्यक्रम जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment