Monday, January 2, 2017

मुस्ताङमा हिमपातः जताततै सेताम्मे

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १८ पौष

हिमाली जिल्ला मुस्ताङमा आइतबार हिमपात भएको छ । वदलिँदो मौसम संगै जोमसोममा हिमपाँत हुँदा स्थानिय कृषक तथा पर्यटक हर्षित भएका छन् । मुस्ताङमा आइतबार दुई बजेदेखि हिमपात भएको हो । लगातार चार घण्टा जति हिमपात भएको थियो ।
 मुस्ताङमा जुन अनुपातमा हिउँ पर्नु पर्ने हो सो अनुपात अनुसार हिउँ नपरेपनि विगत दुई वर्षको तुलनामा यस पटक राम्रो हिउँ परेको बताइएको । हल्का फुल्का हिउँ गत हप्ता परेको भएतापनि यो हिउँद याम सुरु भएसंगै मुस्ताङको सबै क्षेत्रमा हिउँ परेको पहिलो पटक हो ।
    प्राय जसो फुर्सा रहने यहाँका डाँडाँ पाखा पखेरा पनि यति बेला सेताम्मे देखिएका छन् । मुस्ताङमा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकहरु पनि हिउँ परेपछि खुःसी भएका छन् । अहिले हिउँ खेल्ने र फोटो खिच्नेहरु पनि उत्तिकै मात्रामा छन् ।
हिमपात भएपछि यहाँका कृषक हर्षित देखिएका छन् । मुस्ताङमा उत्पादन हुने कृषि उपज हिउँ संग सम्बन्धीत रहने गर्छन् । हिउँद याममा राम्रो संग हिमपात भए कृषि उत्पादन पनि राम्रो हुने यहाँका कृषकहरु बताउँछन् ।
    विगत दुई वर्षसम्म राम्रो संग हिउँ नपर्दा यहाँ उत्पादन हुने स्याउँको मात्रामा पनि कमि आएको थियो । हिउँदको समयमा राम्रो संग हिउँ परेमा स्याउको बोटमा लाग्ने किरा नियन्त्रण भई उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।

    हिँमपात भएपछि चिसोको मात्रा पनि ह्वात्तै बढेको छ । यहाँका स्थानिय तथा पर्यटकहरु जाडो छल्नको लागि आगो, हिटर ताप्ने गरेका छन् । जाडो समयमा यहाँ विद्युत खपतको मात्रा पनि बढने गर्छ । 

No comments:

Post a Comment