Saturday, January 7, 2017

अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुस्ताङ साप्ताहिक संवाददाता
मस्ताङ, २३ पौष ।
मुस्ताङ दलित एकता संजालको आयोजनामा शुक्रवार कोवाङमा दलितको विषयमा नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका अधिकारका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलितहरुलाई संविधानमा व्यवस्था गरिएका आफ्ना हक अधिकारको बारेमा जानकारी गराउनको लागि कार्यक्रमको अयोजना गरिएको हो ।
    कार्यक्रममा बोल्दै कोवाङ गाविसका गाविस सचिव मिलन श्रीस रानाले आफ्ना हकअधिकार प्राप्तिको लागि दलितहरु फुटेर होइन जुटेर लाग्नुपर्ने बताए ।
    त्यस्तै संजालका अध्यक्ष बुद्धिसिंह दर्जीले संविधानमा व्यवस्था गरिएका दलितका हकअधिकार कार्यान्वयनको लागि सबै मिलेर सम्बन्धीत निकायलाई घचघचाई राख्नु पर्ने बताए ।
    अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै जिल्ला अदालत मुस्ताङका वैतनिक वकिल बाबुराम अर्यालले संविधानमा व्यवस्था गरिएका दलितका अधिकारका बारेमा जानकारी गराएका थिए ।
    सो अवसरमा हिमालपारी उत्पिडित समुदाय विकास तथा शसक्तिकरण परिषदका अध्यक्ष कृष्णमोहन नेपाली, पत्रकार महासंघ मुस्ताङका संयोजक भीम रसाइलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मुस्ताङ दलित एकता संजालको काम कर्तव्य र अधिकार तथा अन्तरक्रिया कार्यक्रमको बारेमा संजालकी उपाध्यक्ष सुन्देवी रसाइलीले जानकारी दिएकी थिईन् ।
मुस्ताङ दलित एकता संजालका अध्यक्ष बुद्धिसिंह दर्जीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संजालका महासचिव विनोद नेपालीले गरेका थिए ।      

No comments:

Post a Comment