Saturday, November 19, 2016

निजामति कर्मचारी संगठनको अधिवेशन सम्पन्न, अध्यक्षमा चपाई

   केशव बि.क./मुस्ताङ
संघियतामा शुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने मुल उद्घोषका साथ नेपाल निजामति कर्मचारी संगठन मुस्ताङको १० औँ जिल्ला अधिवेशन शुक्रवार जोमसोममा सम्पन्न भएको छ । 
    अधिवेशनले मतिलाल चपाईको अध्यक्षतामा १९ सदस्यिय नेपाल निजामति कर्मचारी संगठन मुस्ताङको गठन गरेको छ । संगठनको उपाध्यक्षमा खुल्ला तर्फ शिव थापा र महिला तर्फ शशिकला सम्बाहाम्फे, सचिवमा नारायण प्रसाद रेग्मी, सहसचिवमा रमेश शर्मा पौडेल र कोषाध्यक्षमा मनिका तामाङ चयन भएका छन् ।
    संगठनको खुल्ला सदस्य तर्फ टंकराज बराल, लिला बहादुर थापा मगर, विकास थापा मगर र नारायण प्रसाद पौडेल रहेका छन् । त्यस्तै महिला सदस्य तर्फ प्रेम कुमारी राई, कालिका चौधरी, मिना कुमारी थापा, कमला देवि गर्वुजा र तिलसरा पुर्जा रहेका छन् । दलित, मधेशी, जनजाति र कार्यालय सहयोगी तर्फ क्रमशः प्रकाश परियार, अर्जुन टेली, पूर्ण बहादुर गुरुङ र निल बहादुर पुर्जा रहेका छन् ।
    त्यसैगरी आगामी मंसिर २६ र २७ गते नेपालगञ्जमा हुने केन्द्रीय अधिवेशन प्रतिनिधिमा लक्ष्मण बहादुर खड्का र सरिता थकाली चयन भएका छन् ।
    अधिवेशनको उद्घाटन गर्दै एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश नं. ४ का इन्चार्ज गणेश तिमिल्सिनाले पेशागत हकहित संगसंगै कर्तव्यलाई ध्यान दिँदै कर्मचरी संगठनका सदस्यहरुले जनतालाई मर्का नपर्ने गरी कार्यसम्पादन चुस्त राख्दै फरक पहिचान बनाउनुपर्ने भन्दै  कर्मचारी संगठन विभाजित हुँदा आफ्ना आवाज कमजोर हुने भएकाले संगठनले कर्मचारीको साझा आवाज बोल्नुपर्ने बताए । साथै उनले कर्मचारीको पेशागत समस्यालाई अभिभावकत्व गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताए ।
    त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले कर्मचारी वौद्धिक सर्कल भएकाले अनुशासित र इमान्दारीता पूर्वक आफ्नो कार्यसम्पादन गर्न आग्रह गरे । त्यस्तै प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले कर्मचारीको अभिभावकत्व र समस्या राजनैतिक दलहरुले सम्बोधन गर्न नसकेकाले ट्रेड युनियनको को जन्म भएको भन्दै कर्मचारीका हकहित संरक्षणमा राजनैतिक दल प्रतिवद्ध भई कर्मचारीलाई कुनै राजनैतिक अवरोध विना विशुद्ध राष्ट्रसेवकको रुपमा काम गर्ने वातावरण मिलाउनुपर्ने बताए ।
    कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका पूर्व केन्द्रिय उपाध्यक्ष लक्ष्मण बहादुर खडका, प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य तिलक विक, कर्मचारी क्लव मुस्ताङका उपाध्यक्ष महेश पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष राम प्रसाद पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
     सो अवसरमा संगठनको केन्द्रीय कमिटीले हरेक वर्षको दशैँ तिहारको अवसरमा खोलिने उपहार चिट्ठा कार्यक्रममा सान्त्वना स्थान हासिल गर्ने मुस्ताङका शिक्षक राम प्रसाद पराजुलीलाई पाँच हजार रुपैयाँ हस्तान्त्रण गरिएको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालय मुस्ताङमा कार्यरत संगठनका कर्मठ सदस्य सीता कार्की र जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत डम्मर कार्कीले स्वेच्छिक अवकास लिएकाले विदाई गरिएको थियो ।
    उद्घाटन सत्र कर्मचारी संगठनका अध्यक्ष मतिलाल चपाईको अध्यक्षता, संगठनका उपाध्यक्ष नविन अधिकारी र संगठनका सचिव नारायण प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।  

No comments:

Post a Comment