Wednesday, November 30, 2016

टुकुचे र कोवाङलाई छुट्टै गाउँपालिका माग गर्दै स्थानिय आन्दोलित

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १५ मंसिर

हिमाली जिल्ला मुस्ताङको टुकुचे र कोवाङ गाविसलाई छुट्टै गाउँपालिकाको माग गर्दै स्थानिय आन्दोलनमा उत्रिएका छन् । स्थानिय तहको पुर्नसंरचनामा आफुहरुलाई कुनै पनि जानकारी नदिई एकलौटी निर्णय गरी थासाङ गाउँपालिकामा राखेको भन्दै बुधवार स्थानिय आन्दोलनमा उत्रिएका हुन् ।  
टुकुचे र कोवाङ दुई गाविस मिलाई एक गाउँपालिका बनाई पाउँ भनि टुकुचे र कोवाङ गाविसका प्रतिनिधिहरुले स्थानिय तह पुर्नसंरचना प्राविधिक समिति मुस्ताङलाई संयुक्त ज्ञापनपत्र पेस गरेको भएतापनि सो अनुसार प्राविधिक समितिले काम नगरेको भन्दै स्थानियले आक्रोष व्यक्त गरेका छन् ।
दुई गाविसका स्थानियको संयुक्त आन्दोलन सहित टुकुचे र कोवाङ गाविसलाई एक गाउँपालिका बनाउनु पर्ने माग गर्दै स्थानिय तह पुर्नसंरचना प्राविधिक समिति मुस्ताङका संयोजक एवं स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएको टुकुचेका स्थानिय अगुवा हेमन्त गौचनले बताए ।
ज्ञापनपत्र बुझ्दै स्थानिय तह पुर्नसंरचना जिल्ला प्राविधि समितिका संयोजक बास्तोलाले सो ज्ञापनपत्रलाई स्थानिय तह पुर्नसंरचना आयोगमा पठाउने बताए । सुझाव संकलनको क्रममा सबैलाई जानकारी गराईएको र प्राविधिक समितिको प्रतिवेदन त
यार गर्दा सम्म टुकुचे र कोवाङलाई छुट्टै गाउँपालिका बनाउने सुझाव कहिँकतैबाट नआएकाले माननीय वाणीज्य मन्त्री रोमी गौचन थकाली, माननीय सांसद श्रीमाया थकाली र राजनीतिक दलसंगको अन्तिम परामर्शमा आयोगले तोकेको कार्यविधि र कार्यसर्त अनुसार कार्तिक २५ गते मुस्ताङको स्थानिय तह पुर्नसंरचना प्राविधिक समितिको प्रतिवेदन आयोगमा पठाई सकेको जानकारी दिए ।
बास्तोलाले भने । हामीले ल्होछ्योध्युन २ गाउँपालिका, बाह्र गाउँ १ गाउँपालिका, जोमसोम–मार्फा १ गाउँपालिका र थाक सातसयलाई १ गाउँपालिका बनाउने निर्णय सहितको प्रतिवेदन आयोगमा पठाईसकेका छौँ । समय सीमा नाघिसकेपछि आएको मागलाई हामी सम्बोधन गर्न सक्दैनौँ ।
स्थानिय तह पुर्नसंरचना प्राविधिक समितिले
प्राविधिक दृष्टिकोणले थासाङ गाउँपालिकाको केन्द्र लेतेमा राख्न निर्णय गरिएको तर थकालीको ऐतिहासिक एवं साँस्कृतिक महत्वको भूमि कोवाङमा केन्द्र राख्न कोवाङ र टुकुचेका स्थानियको माग भई आएकाले उनीहरुको मागलाई समेत संलग्न गरी अन्तिम निर्णय गर्न आयोगलाई सिफारिस गरिएको स्थानिय तह पुर्नसंरचना प्राविधिक समितिका संयोजक बास्तोलाले जानकारी दिए ।  
यता स्थानियले भने आफुहरुले स्थानिय तह पुर्नसंरचना प्राविधिक समितिसंग गरिएको मागलाई जिल्ला प्राविधिक समितिले केन्द्रिय पुर्नसंरचना आयोगमा नपठाएको आरोप लगाएका छन् । कुञ्जो र लेते गाविसको सहमतिमा स्थानिय तह पुर्नसंरचनामा कोवाङ र टुकुचेलाई थासाङ गाउँपालिकामा राखि गाउँपालिकाको केन्द्र वाणीज्य मन्त्री रोमी गौचन थकालीको गाविस लेतेमा राखिएको छ । मन्त्री गौचलने प्राविधिक समितिलाई समेत प्रभावमापारी पक्षपात गरेको र सो आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने कोवाङका स्थानिय अगुवा एवं पूर्व जिविस सभापति आनन्दलाल शेरचनले बताए ।
स्थानिय तह पुर्नसंरचनामा आफुहरुलाई सहभागी नगराई लेते केन्द्र हुनेगरी हामीहरुलाई थासाङ गाउँपालिकामा राखिएको छ । यो हाम्रा लागि स्विकार्य छैन् । टुकुचे र कोवाङलाई छुट्टै गाउँपालिका नबनाए हामी कतै पनि जाँदैनौँ र तटस्थ बस्छौँ । टुकुचेका अगुवा पथबहादुर थकालीले भने ।
पुर्नसंरचनाको विरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीले एयरपोर्ट बजारबाट नारा जुलुस सहित जोमसोम परिक्रमा गरी ३ घण्टा यातायात ठप्प (चक्का जाम) पारेका थिए ।      

No comments:

Post a Comment