Saturday, November 26, 2016

मुस्ताङमा सरसफाई अभियान

मुस्ताङ साप्ताहिक
मुस्ताङ ११ मंसिर

सामुदायिक प्रहरी सेवाकेन्द्र जोमसोम र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त आयोजनामा शनिवार जोमसोममा सरसफाई अभियान सम्पन्न भएको छ । सरसफाई अभियान अन्तर्गत जिल्ला सदरमुकाम जोमसोम र पुथाङ एरपोर्ट लगायतका क्षेत्रमा सरसफाई गरिएको प्रहरीले जनाएको छ ।   
 पर्यटकीय जिल्ला मुस्ताङलाई सधैँ स्वच्छ र सफा राखौँ भन्दै सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ । सरसफाई अभियानले बजार, बाटो तथा एयरपोर्ट कम्पाउण्ड भित्र थुप्रिएको फोहोरलाई व्यवस्थापन गरेको छ ।
    सरसफाई अभियानमा सामुदायिक प्रहरी सेवा केन्द्र जोमसोम, जिल्ला प्रहरी कार्यालय मुस्ताङ, नेपाली सैनिक उच्च शिखर शिक्षालय, भीमदल गण, महिला समुह जोमसोम, आमा समुह पुथाङ, जोमसोम तथा पुथाङ एयरपोर्टका गाउँ मुखियाका प्रतिनिधहरुको सकृय सहभागिता रहेको थियो ।

No comments:

Post a Comment