Monday, November 28, 2016

उपल्लो मुस्ताङका प्रहरी चौकी अस्थायी मर्ज

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १३ मंसिर

जिल्लाको उपल्लो मुस्ताङका प्रहरी चौकीहरु मर्ज हुन थालेका छन् । चिसो बढेपछि स्थानियको चहलपहल घटेका कारण प्रहरी चौकीहरु अस्थायी रुपमा मर्ज गरिएको हो ।    
घमी, सुरखाङ, छोन्हुपका प्रहरी चौकीलाई लोमान्थाङ, छुसाङ, मुक्तिनाथ र जोमसोममा स्थानान्त्रण गरिएको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए । 
    चिसो बढेसंगै उपल्लो मुस्ताङका स्थानिय जाडो छल्न बेशी झर्ने भएकाले इन्धन, दैनिक उपभोग्य सामान लगायतका पूर्वाधारको समस्या हुने र हिमाली क्षेत्रका प्रहरीलाई सरकारले ठाउँ अनुसारको पोसाकको व्यवस्था नगर्दा जाडो समयका लागि प्रहरी चौकी मर्ज गर्नु परेको प्रहरी नायव उपरिक्षक योगीले बताए ।
    मर्ज गरिएका प्रहरी चौकीलाई चिसो कम हुँदै गएपछि र स्थानिय बेशीबाट फर्किने क्रम बढेसंगै पुनः पहिलेकै ठाउँमा पुर्नस्थापना गरिने बताइएको छ ।

No comments:

Post a Comment