Wednesday, November 23, 2016

मुस्ताङमा चिसो संगै कपडाको व्यापार बढ्यो

 केशव बि.क
मुस्ताङ ८ मंसिर

हिमाली जिल्ला मुस्ताङमा चिसो बढेसंगै कपडाको व्यापार पनि बढेको छ । हिउँदको सिजनका साथसाथै चिसो बढ्दै जान थालेपछि जाडो छल्नको लागि यहाँका स्थानिय तथा विभिन्न कार्यालय संघ संस्थामा कार्यरत कर्मचारीले न्यानो लुगा किन्ने क्रम बढेपछि यहाँको व्यापारमा वृद्धि भएको हो । 
  जाडोका लागि न्यानो जकेट, टाउजर, टोपी, हाइनेक, स्विटर, ट्रयाक, माक्स, नेकक्याप, पन्जा, मोजा, जुत्ता लगायतका साम्रागीको माग बढेको छ । यहाँका स्थानिय व्यापारीले जाडोका लागि दैनिक ५० हजार रुपैयाँ भन्दा बढिको लुगा बिक्री गर्दै आएको बताउँछन् ।
    जाडोका लागि लुगा बेच्न काठमाण्डौँ ठमेल देखि एक टोली पनि मुस्ताङ आएको छ । पहाडी, तराईका जिल्लामा भन्दा हिमाली जिल्लामा जाडो अत्याधिक हुनेभएकाले आफु न्यानो लुगा ब्यापारका लागि मुस्ताङ आएको लुगा ब्यापारी आरबि तामाङले बताए । उनी संगै तीन जनाको टोली घुम्ती ब्यापारको लागि मुस्ताङ आएको छ ।
    दोलखा स्थाई घर भएका तामाङले काठमाण्डौँ ठमेल देखि ६ लाख रुपैयाँ बराबरको लत्ताकपडा लिएर व्यापारका लागि सिँधै मुस्ताङ आएको बताउँछन् । मंसिर ७ गते जोमसोम आएका उनले पुथाङ एयरपोर्टमा बाटोमा कपडा राखेर बिक्रि गरिरहेका छन् । मुस्ताङ संगै अन्य ठाउँमा एक हप्ता भित्रमा ६ लाखको न्यानो कपडा विक्रि गर्ने लक्ष्य रहेको तामाङको भनाई छ ।
    अस्थायी रुपमा बाटोमै संचालन गरेको सो कपडा व्यापारमा कपडा किन्नेको भिड लाग्न थालेको अर्का व्यापारी दिलिप लामाले बताए । उनीहरुले दैनिक ६० देखि ८० हजार सम्मको लुगा बिक्रि गरिरहेको बताउँछन् ।
    जाडो याममा उनीहरुले सोलुखुम्बु, दोलखा, डोल्पा, मुगु, मनाङ, मुस्ताङ लगायतका हिमाली तथा पहाडी जिल्लामा घुम्ती व्यापार संचालन गर्ने गरेका छन् । स्थायी रुपमा एकै ठाउँमा व्यापार गर्नु भन्दा घुम्ती व्यापार गर्दा व्यापार र आम्दानीमा वृद्धि हुने गरेको उनीहरुको अनुभव छ ।      
    मुस्ताङ हिमाली जिल्ला भएकाले यहाँ हिउँद याममा हिउँ पर्ने हुँदा एकदमै चिसो हुने गर्दछ । यहाँका मानिसहरु जाडो छल्नका हिउँदयाममा व्यापारको लागि बाहिरी जिल्लामा जाने तथा अस्थायी बसाईसराई गर्ने गर्दछन् 

No comments:

Post a Comment