Friday, November 25, 2016

मुस्ताङमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १० मंसिर ।

घर शान्ती नै विश्व शान्तीको आधार ः दिगो विकासका लागि लैंङ्गीक हिंसा रहित समाज भन्ने मुल उद्घोषका साथ हिमाली जिल्ला मुस्ताङमा शुक्रबारदेखि लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
१६ दिने अभियानमा जिल्लाका विभिन्न ठाउँमा लैङ्गीक हिंसा न्युनीकरणका लागि विभिन्न चेतनामुलक कार्यक्रम गरिने महिला तथा बालबालीका कार्यालयले जनाएको छ ।
हिंसा विरुद्धको १६ दिवसीय अभियान हरेक वर्ष अंग्रेजी महिनाको नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिख सम्म विश्वभर मनाउने प्रचलन छ । 
अभियानको पहिलो दिन एरयरपोर्ट बजारमा सचेतनामुलक ¥याली निकालिएको थियो । पुथाङ एयरपोर्टबाट सुरु भएको ¥याली जिविस सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले लैङ्गीक हिंसा सर्वत्र भएकाले यसको न्युनीकरणका लागि शिक्षा र रोजगारीमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाले लैङ्गीक हिंसालाई कम गर्न चेतनाको विकास संगै कानुनी उपचारको लागि जनमानसमा जानकारी गराउनु पर्ने बताए । 
महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत सावित्रा शाहले लैङ्गीक हिंसा न्यनीकरणका लागि कसैले कसैलाई अन्याय गर्न नहुने र अन्याय सहन नहुने बताईन् । यदि कहि कतैबाट लैङ्गीक हिंसाजन्य क्रियाकलाप भएमा महिला तथा बालबालिका कार्यालय एवं सम्बन्धीत निकायमा सम्पर्क गर्न आग्रह गरिन् ।
कार्यक्रममा नेरेसो सभापति चन्द्र बहादुर थकाली, जोमसोम महिला समुहकी अध्यक्ष शर्मिला गुरुङ, पुथाङ आमा बहुद्देश्य सहकारी संस्थाकी सुन्देवी रसाईलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सम्वद्र्धन बालअधिकार, कार्यान्वयन संविधान विषयक निवन्ध प्रतियोगितामा प्रथम हुने धौलागिरी आवसिय मावि जोमसोमका समिर ढकाल, द्धितिय जनहित उच्च मावि जोमसोमका सीमा गौचन र तृतिय ज्ञानोदय मावि लेतेका मनिस परियारलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । 
कार्यक्रममा लैंङ्गीक हिंसा विरुद्धमा समर्थन जनाउनको लागि सेतो रिवन वितरण र कार्यक्रमका सहभागीले म हिंसा गर्दिन, म हिंसा सहन्न, अरु कसैमाथि हिंसा भएको देखेमा पनि चुप लागेर बस्दिन साथै हिंसा न्युनिकरण गर्ने कार्यमा मन, वचन र कर्मले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरेका थिए ।
महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण निरिक्षक सरिता थकालीको सञ्चालनमा सम्पन्न भएकोे कार्यक्रमको अध्यक्षता महिला विकास अधिकृत सावित्रा शाह र स्वागत महिला विकास निरिक्षक ससिकला सम्बाहाम्फेले गरेकी थिइन् ।
कार्यक्रममा सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी, र महिला/आमा समुहका प्रमुख एवं प्रतिनिधि, गैरसरकारी र सरकारी संस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए ।

No comments:

Post a Comment