Tuesday, November 22, 2016

मुस्ताङका प्रेम प्रसाद तुलाचन पोखरामा सम्मानित

    विकास बि.क.
    मुस्ताङ, ७ मंसिर

    आन्तरिक राजस्व कार्यालय पोखराले मुस्ताङका ठेकेदार प्रेम प्रसाद तुलाचनलाई मंगलवार सम्मान गरेको छ ।  
  पश्चिमाञ्चकै उत्कृष्ट करदाताको रुपमा तुलाचनलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय पोखराले जनाएको छ ।
्    मंसिर १ देखि ७ गते सम्म पोखरामा संचालित कर सप्ताहको अवसरमा उत्कृष्ट करदाता लेते ६ कालोपानी मुस्ताङका तुलाचनलाई सम्मान गरिएको हो ।
    तुलाचनले पश्चिमाञ्चलका १६ जिल्लाका करदाताहरु मध्ये कर छलि नगरी नियमित रुपमा सरकारलाई कर तिर्दै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
    करिब तीन दशक अघिदेखि अमित विल्डर्स दर्ता गरी संचालनमा ल्याएका तुलाचनको नाममा कुनै पनि बक्यौता रकम नरहेको राजस्व कार्यालको तथ्याङ्क छ ।
    अमित विल्डर्स मार्फत विभिन्न योजनाहरुको निर्माण कार्य संचालन÷सम्पन्न गर्दै आएका तुलाचन “ख” वर्गको ठेकेदार हुन् । 

No comments:

Post a Comment