Thursday, December 1, 2016

सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुस्ताङ साप्ताहिक/मुस्ताङ
पर्यटक प्रहरी इकाई भृकुटीमण्डप तथा पर्यटन बोर्ड भृकुटिमण्डपको आयोजनामा बुधवार जोमसोममा पर्यटक प्रहरी, स्थानिय प्रहरी तथा पर्यटनसंग संवद्ध सरोकारवाला संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   
पर्यटक तथा पर्यटनको विषयमा विस्तृत जानकारी गराउनको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
    नेपालमा पर्यटन प्रहरी विसं. २०३५ सालमा स्थापना भई पर्यटन सम्बन्धी काम गर्दै आएको छ । हाल नेपालमा पर्यटन प्रहरीको संख्या २ सय २७ जना र मुस्ताङमा १० जनाको दरबन्दी मध्ये ७ जना कार्यरत छन् । 
    अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणीज्य संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले मुस्ताङको यातयातमा भएको सिण्डिकेट अन्त्य संगै मुस्ताङमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई होटल खचाखच भरिएको बताउँदै मुस्ताङमा पर्यटनको राम्रो संभावना रहेकाले पर्यटन व्यवसायमा लगानी गर्न आग्रह गरे ।
    त्यस्तैगरी प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले पर्यटकको आगमन संगै उनीहरुले के सुचना लिएर जान्छन त्यसमा पनि ध्यान दिनुपर्ने बताउँदै प्रहरीको तर्फबाट मुस्ताङमा सुरक्षित यात्रा गर्न आव्हान गरेका छन् ।
    कार्यक्रम प्रनाउ योगीको अध्यक्षता र पर्यटन प्रहरी भृकुटिमण्डपका समन्वय अधिकृत प्रकाश रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।  

No comments:

Post a Comment