Thursday, November 23, 2017

काँग्रेस मुस्ताङलाई बिरासत जोगाउने चुनौती

केशव वि.क.
मुस्ताङ । जिल्लामा बामपन्थी प्रतिको जनलहर र बाम एकता भएपछि मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव निकै प्रतिस्पर्धात्मक र रोचक हुने देखिएको छ  । जिल्लामा पहिलो पटक यहाँका बाम शक्तिहरु गठबन्धन भएपछि मुस्ताङको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको हो । 

काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । प्रतिनिधि सभाको लागि एक निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमाले र २०७० को दोस्रो संविधान सभाको निर्वाचन नेपाली काँग्रेसले जितेको थियो ।

यहाँको निर्वाचन आलोपालो काँग्रेस र एमालेले जित्दै आएका छन् । पछिल्लो समय मुस्ताङको भौगोलिक अवस्था र राजनीतिक समिकरण पनि बदलिएको छ । गाउँपालिका अध्यक्ष र सामाजिक अगुवाहरुको बाम प्रवेश र बाम प्रति उर्लिएको जनलहर देखेर विजयी हुने बाम गठबन्धनको विश्वास छ । काँग्रेस छिन्नविन्न भएको पार्टी पंक्ति एक ढिक्का भएर लागेमा बाम गठबन्धनलाई हराउने दाउमा छ ।

जिल्लामा रहेका प्रभावशाली नेताहरु चुनावी प्रतिस्पर्धामा रहेकाले पनि यहाँको चुनाव रोचक बनेको हो । स्थानिय तहको निर्वाचनमा जिल्लाभर ८ हजार २ सय ६३ मतदाता थिए । जसमा जम्मा खसेको सदरमत मध्ये काँग्रेसका उम्मेदवारलाई मुख्य पदका लागि  बामका उम्मेदवारलाई भन्दा करिब ३ सय बढि मत खसेको थियो । बाँकी करिब १५ सय मत स्वतन्त्र उम्मेदवारलाई परेको थियो । 

अहिले स्थानिय तहमा उठेका सम्पूर्ण स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश गरेका छन् । त्यसैले स्वतन्त्र र बामको पक्षमा स्थानिय तहको निर्वाचनमा खसेको मत जोडदा बाम शक्ति अगाडी देखिन्छ । तर स्थानिय तहको निर्वाचनमा बाम र स्वतन्त्रलाई परेको मत अबको निर्वाचनमा बाम गठबन्धनलाई नआउन पनि सक्ने भएकाले प्रतिस्पर्धा तिव्र हुने अडकलबाजी गर्न सकिन्छ । 

यस पटक मुस्ताङमा ४६ सय २० पुरुष, ४८ सय ६ महिला र १ अन्य गरी ९ हजार ४ सय २७ मतदाता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानिय तहको निर्वाचन पश्चात जिल्लाभर ११ सय ६४ जना मतदाता थपिएकाले यी मत पनि महत्वपूर्ण हुने देखिन्छ ।  

पाँच स्थानिय तह भएको मुस्ताङलाई प्रतिनिधि सभाको लागि एक निर्वाचन क्षेत्र कायम गरीएको छ । त्यस्तै प्रदेश सभाको लागि दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिका गरी क्षेत्र नम्बर १ प्रदेश क र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका गरी क्षेत्र नम्बर २ प्रदेश ख कायम गरीएको छ ।

प्रतिनिधिसभाको लागि काँग्रेसका रोमी गौचन थकालीलाई बाम गठबन्धका प्रेम प्रसाद तुलाचनले टक्कर दिँदैछन् । तत्कालिन स्वतन्त्र उम्मेदवार प्रेम तुलाचन २०७० को संविधानसभा दोस्रो निर्वाचनमा रोमी गौचनसंग जम्मा १२ को झिनो मतान्तरले पराजय भएका थिए । यी दुवै जिल्लाका प्रभावशाली नेता हुन् । 
स्थानिय तहको निर्वाचनमा ३ वटा गाउँपालिका जितेको काँग्रेसले प्रतिनिधिसभाको लागि यसपालि पनि आफु निर्वाचित हुने गौचनको विश्वास छ । आफु स्वतन्त्र उम्मेदवार हुँदा पनि साथ दिएका जनताले बाम एकता भएकाले आफुलाई विजयीको मत आउने तुलाचनको विश्लेषण छ ।

थासाङ गाउँपालिका लेतेका यी दुवै उम्मेदवार छिमेकी÷आफन्त हुन् । कांग्रेसका उम्मेदवार गौचन ०५६ मा प्रतिनिधिसभा सदस्य, ०६४ मा समानुपातिक सांसद र ०७० मा निर्वाचित सांसद हुँदै वाणीज्य मन्त्री बने । बाम गठबन्धनका उम्मेदवार तुलाचन प्रख्यात निर्माण व्यवसायी एवं उत्कृष्ट करदाता र मुस्ताङका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सामाजिक अगुवा हुन् ।    

प्रदेशसभा क का लागि उपल्लो मुस्ताङबाट दुई सामाजिक अगुवाले प्रतिस्पर्धा गर्दैछन् । काँग्रेसबाट मिक्यूर गुरुङ र बाम गठबन्धनबाट इन्द्रधारा विष्टको प्रतिस्पर्धा हुनेछ । यी दुवै उम्मेदवार लोमान्थाङका हुन् । विष्ट स्थानिय तहको निर्वाचनमा लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार बनेका थिए । यहाँ ३ हजार एकसय ५६ मतदाता छन् । 

त्यसैगरी प्रदेशसभा ख का लागि तल्लो मुस्ताङबाट तीन जना मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । काँग्रेसबाट छिरिङ धावा गुरुङ, बाम गठबन्धनबाट महेन्द्र बहादुर थकाली र राप्रपाबाट प्रविन शेरचन प्रतिस्पर्धी हुन् । थकाली ३० वर्ष लामो प्रशासनिक अनुभव बटुलेका बौद्धिक सर्कलका व्यक्ति हुन् । उनी स्थानिय तहको निर्वाचनमा घरपझोङ गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । यहाँ ६ हजार दुईसय ७१ मतदाता छन् । जिल्लाभर ३७ मतदान केन्द्र कायम गरिएको छ ।      

Wednesday, November 22, 2017

ढुक्क भएर मतदान गर्नुस्ः प्रजिअ तिवारी

केशव वि.क.
जोमसोम । मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जिल्लामा रहेका आम मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । उनले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।
निर्वाचन सुरक्षाका लागि जिल्लामा सम्पूर्ण सुरक्षा तयारी पुरा गरेको बताउँदै ति
वारीले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउँदै चुनाव मर्यादित वातावरणमा सम्पन्न हुने बताए ।
मतदातालाई सुरक्षित ढंगले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी लगायतका सुरक्षा संयन्त्र परिचालन गरीएको छ । 
जिल्लामा रहेका ३७ वटा मतदान केन्द्रमा निर्वाचनको भित्रि घेरामा नेपाल प्रहरी बिचको घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहने बताईएको छ ।

झुठा समाचारको पछि नलाग्नुसः तुलाचन

मुस्ताङ । आगामी मंसिर १० गते हुने निर्वाचनमा मुस्ताङबाट प्रतिनिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचनले जिल्लावासी सम्पूर्ण मतदातालाई कुनैपनि झुठा समाचारको पछि नलाग्न आग्रह गरेका छन् । 

गत मंसिर १ गते तुलाचन सवार गाडीमा बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा अज्ञात समुहले ढुंगा प्रहार गरी क्षति पु¥याएको समाचारलाई डिजिटल पत्रिका डटकमले तुलाचनले आफै गाडी फुटाएर अज्ञात समुहलाई दोष दिए भन्ने भ्रमात्मक समाचार सम्प्रेषण गरेको थियो ।
तुलाचनले प्रेस विज्ञप्ति मार्फत डिजिटल पत्रिका डटकमले आफ्नो विषयमा गलत समाचार सम्प्रेषण गरेकाले उक्त समाचार झुठ र कपोलकल्पित भएको बताउँदै कोही पनि भ्रममा नपर्न अपिल गरेका छन् । 

बाम गठबन्धनका उम्मेदवार एकसाता लामो उपल्लो मुस्ताङमा चुनाव प्रचारप्रसारको कार्यक्रम सकेर फर्किने क्रममा कागबेनीमा प्रहरीको निगरानीमा होटल ड्रागन अगाडी पार्किङ गरीएको ग १ य ३९६ नम्बरको गाडीमा नेपाली काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरी अगाडीको सीसा फुटाएको पुष्टि भएको बताईएको छ ।

बामको पक्षमा उर्लिएको जनलहर देखेर काँग्रेस मुस्ताङले पराजित हुने मानसिकताका साथ जनतामा झुठा आश्वासन, बामका गाडी तोडफोड तथा कार्यकर्ता माथि हातपात लगायतका सृङखलाबद्ध घटना घटाउँदै आएकोमा बामगठबन्धनको ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  
   

Tuesday, November 21, 2017

स्व प्रकाश दाहालको सम्झनामा मुस्ताङमा श्रद्धाञ्जली सभा !

मुस्ताङ मंसिर ५ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको असामयिक निधनले दुःखी बनेको माओवादी केन्द्र मुस्ताङले मंगलबार जोमसोममा उनको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

श्रद्धाञ्जली सभामा बोल्दै माओवादी केन्द्र मुस्ताङका अध्यक्ष सत्यनारायण शेरचनले माओवादीले एउटा दरिलो खम्बा गुमाउनु परेको बताए । शेरचनले भने, ‘प्रकाशको निधनले हामी अत्यन्त दुःखी छौं ।’

प्रकाशको निधनले पार्टीलाई अतुलनिय क्षति पुगेको भन्दै शेरचनले दाहालको सपना साकार पार्न गठबन्धनका उम्मेदवारलाई जिताएर नेपाललाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने बताए ।


कार्यक्रम माओवादी केन्द्रका जिल्ला नेता सुक बहादुर बि.क.को संचालनमा सम्पन्न भएको थियो ।
हार्टअट्याकका कारण अचेत अवस्थामा रहेका प्रकाशको निधन उपचारका क्रममा मंसिर ३ गते विहान नर्भिक अस्पतालमा भएको थियो । 

मतदान अधिकृतका लागि दुई दिने प्रशिक्षण सम्पन्न

जोमसोम । आगामी मंसिर १० गते हुने आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि संचालन गरीएको दुई दिने प्रशिक्षण तालिम सोमबार जोमसोममा सम्पन्न भएको छ । 

जिल्ला निर्वाचन कार्यालय मुस्ताङले स्वतन्त्र ,निष्पक्ष र मर्यादित वातावरणमा चुनाव संम्पन्न गराउनको लागि यहाँका ३७ मतदान केन्द्रमा खटिने कर्मचारीका लागि तालिमको आयोजना गरेको हो । 

तालिमको सहजीकरण राष्ट्रिय अनुगमनकर्ता स्थानीय बिकास मन्त्रालयका सहसचिब सुरेश अधिकारी, जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछाने, लेखापाल बालकृष्ण मिश्र, नायव सुब्बा महेन्द्र रेग्मी, छेत्रदास बैरागी लगायतले तालिमको सहजीकरण गरेका थिए । 

निर्वाचनलाई लक्षित गरी संचालन गरीएको उक्त तालिम उपलब्धी मुलक रहेको सहभागीले बताएका छन् । मुस्ताङको ३७ मतदानकेन्द्रमा १ सय १३ जना निर्वाचन कर्मचारी खटिने भएका छन् । जसमध्ये ३९ जना मतदान अधिकृत ,३९ जना सहायक मतदान अधिकृत र ३७ जना निर्वाचन स्वंयम् सेबक रहने बताइएको छ । 

Monday, November 20, 2017

समृद्ध तल्लो मुस्ताङ बनाउँछु ः थकाली

केशव वि.क.
महेन्द्र बहादुर थकाली उम्मेदवार प्रदेशसभा ख, मुस्ताङ
जोमसोम । विगत लामो समय देखि जनताको सेवामा लागिरहेको एउटा नाम हो, महेन्द्र बहादुर थकाली । मुस्ताङ जस्तो विकट गाउँमा जन्मिए हुर्किए पनि आफ्नो वौद्धिक स्तरलाई माथि उकास्दै जनताको सेवामा आफ्नो उर्जाशिल समय विताएको एउटा सच्चा इमान्दार व्यक्ति हुन महेन्द्र बहादुर थकाली ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सहायक प्रमुख जिल्ला अधिकारी भएसंगै ३० वर्ष राष्ट्र सेवक कर्मचारीको रुपमा जनताको सेवा गरे । विभिन्न संघसंस्थामा आवद्ध रहि जिल्लामा परिवर्तन ल्याउनको लागि उनी सँधै सकृय रहे । समृद्ध समाज समृद्ध मुस्ताङका लागि आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रदेशसभा ख का लागि बाम गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  

समाजका लागि केही गर्नुपर्छ भन्ने सोच भएका थकाली मुस्ताङको प्रतिनिधित्व गर्दै प्रदेशसभा ख का सांसद पदका दाबेदार हुन् । थकालीले जनताले विकास र समृद्धि चाहेकाले जनताको भावना अनुरुप काम गर्नका लागि आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

आफ्नो ३० वर्षको प्रशासनिक अनुभवलाई अब जनताको प्रतिनिधि भएर विकास र समृद्धिको लागि खर्चिन चाहन्छु । थकालीले भने । 
विगत देखिनै समाजको परिवर्तन र विकासको पक्षमा आफ्नो योगदान दिँदै आएका थकालीले यस पटक आफु प्रदेश सांसद भएर आश्वासन होइन समाजमा केही गरेर दखाउनु पर्छ भन्ने सोचका साथ जनतासामु आएको र यो अवसर प्रदान गरि दिनको लागि आम मतदाता समक्ष आग्रह गरेका छन् ।

दिगो विकास र समृद्धिका लागि मुस्ताङमा विभिन्न संभावनाहरु भएको र त्यसको विकास र प्रवद्र्धन गर्नका लागि आफु सदैव सक्रिय रहने थकालीको भनाई छ । तल्लो मुस्ताङका थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका प्रत्येक गाउँलाई रिङ रोड बनाई जोडन्े, कृषि, पशुपालनमा किसानलाई आत्मनिर्भर बनाई निर्यातमा जोड दिने उनको योजना छ । 

२१ औँ शताब्दीमा आईपुग्दा पनि मुस्ताङको विकासले तिव्रता पाउन नसकेको भन्दै उनले जिल्लामा रहेका धार्मिक, पर्यटकीय, एतिहासिक क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याई जिल्लामा बढि भन्दा बढि पर्यटक भित्राई जिल्लालाई आर्थिक समृद्धि तर्फ अगाडी बढाउने कार्यमा सकृय रहने थकालीको भनाई छ । 

विकासका निम्ति सक्षम नेतृत्वलाई सबैले साथ दिनुपर्ने भन्दै महिला, बिपन्न वर्गको उत्थान गरी गाउँको समृिद्ध र बिकासका लागि ठोस अवधारणा बनाएर अघि बढ्ने बताउँदै उनले कुनै प्रलोभनमा नपरी विकासका लागि आफ्नो नेतृत्वलाई विजयी गराउँन मतदातालाई अपिल गरेका छन् । 

समृद्ध उपल्लो मुस्ताङ बनाउछुः विष्ट

केशव वि.क.
इन्द्रधारा विष्ट प्रदेशसभा क उम्मेदवार, मुस्ताङ
मुस्ताङ । इन्द्रधारा विष्ट उपल्लो मुस्ताङका एक उर्जाशिल जुझारु व्यक्तित्व हुन् । उपल्लो मुस्ताङ जस्तो विकट ठाउँमा रहेर पनि समाजमा परिवर्तनकारी भूमिका खेल्न सकृय चर्चित समाजसेवी विष्ट जनमानसका ढुकढुकी हुन् । 
सालिन, इमान्दार विष्टले समाजमा पु¥याएको योगदानको बारेमा उपल्लो मुस्ताङ वासीमा जगजाहेर भएकै कुरा हो । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका विष्टको समाज प्रतिको झुकाव र लगावले उपल्लो मुस्ताङ लगायत जिल्लामा परिवर्तनकारी भूमिका खेलेको छ । 
समाजका हरेक सकारात्मक कृयाकलापमा सकृय विष्ट विभिन्न सामाजिक संघसस्ंथामा कृयाशिल रहँदै विगतका दिन देखि नै समाजसेवामा लागेका छन् । चीनको तिब्बतसंग प्रत्येक वर्षहुने व्यापार मेलामा पनि उनी सदैव समन्वयकारी भूमिका निर्वाह गरेका हुन्छन् । 

जनताका पिरमर्का बुझ्न सक्ने, विकास प्रति झुकाव भएका विकासप्रेमी सदैव जागरुक विष्ट यतिखेर मुस्ताङ क बाट प्रदेश सांसदका दाबेदार हुन् । उनले आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रदेशसभा क मा बाम गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  
दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिका अर्थात समाजमा भए गरेका विकास निर्माणका कामलाई नयाँ सोँचका साथ अगाडी बढाउनको लागि नेतृत्वकारी भूमिका खेल्न आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् । 

विष्टले भने । उपल्लो मुस्ताङ जिल्लाकै विकट क्षेत्र हो, यहाँ विकासका कामले तिव्रता लिन सकेका छैनन् । यो क्षेत्र प्रचुर संभावना भएको र प्राकृतिक रुपले जिल्लाकै धनि ठाउँ हो । यसको विकासको लागि विभिन्न योजना लिएर आएको छु । 

उपल्लो मुस्ताङवासीहरुका कठिन जनजीवनलाई उकास्नको लागि प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गर्दै उनले उपल्लो मुस्ताङमा भएका संभावनाहरुको खोजी र विकास प्रवद्र्धन गर्न सदैव लागिरहने बताए ।

उपल्लो मुस्ताङमा कृषि, पशुपालन र पर्यटनको धेरै संभावनाहरु छन् । यहाँ राष्ट्रलाई नै धनि बनाउन सक्ने खानीहरु छन् । ती खानीहरुको उचित व्यवस्थापन गरी दिगो विकास, समृद्धि र कोरला नाका नियमित संचालनमा ल्याउन विशेष ध्यान दिने उल्लेख गरेका छन् । 
उपल्लो मुस्ताङमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युत, संचार लगायतको विकासको लागि आफु संधै प्रतिबद्ध रहेको बताउँदै बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क का लागि उम्मेदवारी दिएका विष्टले विकास र समृद्धिका लागि जनतालाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरेका छन् । 

जिल्लाको समग्र विकासका लागि मेरो उम्मेदवारी हो ः थकाली

केशव वि.क.
रोमी गौचन थकाली प्रतिनिधिसभा उम्मेदवार, मुस्ताङ
जोमसोम । आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ काँग्रेसका उम्मेदवार रोमी गौचन थकालीले यति बेला चुनाव प्रचार प्रसार अभियानलाई तिव्र पारेका छन् । जिल्लाको समृद्धिका लागि कोरला नाका खुलाउने मुख्य एजेण्डा बनाउँदै थकालीले मतदाता सामु भोट मागिरहेका छन् । 
प्रचण्ड सरकारको पालामा वाणीज्य मन्त्री समेत भएका थकालीले मुस्ताङको विकासका लागि प्रतिनिधिसभा तर्फ पुनः आफुले उम्मेदवारी दिएको बताएका छन् । मुस्ताङको समग्र विकासको लागि कृषि, पर्यटन, पशुपालनको क्षेत्रमा विशेष ध्यान पु¥याई जिल्लालाई समृद्धि तर्फ लैजाने योजनाका साथ आएको उनको भनाई छ ।
जिल्लाका सबै ठाउँमा सडक, विद्युत, संचार लगायतका पूर्वाधारको विकास गर्न आफ्नो विशेष ध्यान दिने र जनतालाई आर्थिक समृद्धि तर्फ लैजान आय आर्जन मुलक कार्यक्रमहरु संचानलन गर्ने लक्ष्यका साथ अगाडी बढेको थकालीले बताए ।  
कांग्रेसका उम्मेदवार गौचन ०५६ मा प्रतिनिधिसभा सदस्य, ०६४ मा समानुपातिक सांसद र ०७० मा निर्वाचित सांसद हुँदै वाणीज्य मन्त्री बनेका थिए । उनले मुस्ताङको लागि आफुले दिएको योगदान जनताले भुल्न नहुने बताए । 
थासाङ गाउँपालिका वडा नं. ३ घर भएका थकाली जिल्लाका विभिन्न विकासका कार्यमा संलग्न हुँदै आएका छन् । उनले जिल्लामा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि गरी यहाँको अर्थतन्त्रलाई मजबुत बनाउन पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष पहल कदमी लिने बताए । 
सुन्दर, शान्त हिमाली जिल्ला मुस्ताङमा विकासको लहर ल्याउन आफु सदैव सकृय रहँदै आएको र आगामी दिनमा पनि यहाँको विकास र समृद्धिको पक्षमा रही आहोरात्र खटिने थकालीको भनाई छ ।   

एक पटक मौका दिनुस्, मुस्ताङमा आमुल परिवर्तन ल्याउँछुः तुलाचन

प्रेम प्रसाद तुलाचन प्रतिनिधिसभा उम्मेदवार, मुस्ताङ
प्रेम प्रसाद तुलाचन मुस्ताङी जनताका लागि कुनै नौलो नाम हैन् । आगामी मंसिर १० गते हुने निर्वाचनमा मुस्ताङबाट प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन एक निःस्वार्थ समाजसेवा गर्ने व्यक्ति हुन् । थासाङ गाउँपालिकामा जन्मे हुर्किएका तुलाचन जिल्ला तथा समाजलाई विकासको गतिमा लैजाने सामाजिक अगुवा हुन् । 
सानै उमेरदेखि समाजका विभिन्न काममा नेतृत्वदायि भूमिका निर्वाह गदै आएका तुलाचन समग्र जिल्लालाई अगाडी बढाउन अहोरात्र खटिरहे । मुस्ताङका प्रख्यात निर्माण व्यवसायी एवं विभिन्न व्यवसायमा संलग्न तुलाचन राष्ट्रलाई समयमा र सबैभन्दा बढि राजस्व दाखिला गर्ने प्रदेश नं. ४ कै उत्कृष्ट र इमान्दार करदाता पनि हुन् । 
राष्ट्र विकास र परिवर्तनका लागि उनी २०४६÷०४७ को आन्दोलन र ०६२÷०६३ को आन्दोलनमा सकृय रुपमा लागेका थिए । तुलाचन जिविस सदस्य हुँदै, क्लव, थाक खेलकुद तथा साँस्कृतिक विकास संघ लगायतका सामाजिक संघसंस्थामा आफुलाई सकृय राख्दै समाजसेवा गरिरहेका छन् । विकासप्रेमी, बौद्धिक एवं जुझारु व्यक्तित्व प्रेम प्रसाद तुलाचन संग मुस्ताङ साप्ताहिकका समाचार प्रमुख केशव विकले गरेको कुराकानी ।

जनताको घरदैलोमा पुग्नु भएको छ, कस्तो छ प्रतिक्रिया ?
चुनावी प्रचारको लागि हामी जनताको घरदैलोमा पुगेका छौँ । जनताहरु बाम गठबन्धनका उम्मेदवार प्रति आसावादी र धेरै खुःसी भएका छन् । मतदाताहरुको सकरात्मक प्रतिक्रिया पाएको छु ।

मुस्ताङी जनताले तपाईको उम्मेदवारीलाई कसरी लिएका छन् ?
जनताले पटकपटक एउटै उम्मेदवारलाई जिताएर पठाईरहँदा पनि मुस्ताङमा विकासका गतिविधिले तिव्रता पाउन सकेनन् । यहाँका जनता सँधै विकट ठाउँका भनेर चिनिनु प¥यो । जिल्लामा सोचेँ जस्तो विकासका कामहरु नहुँदा जनताले हैरानि व्यहोर्नु परेको तितो यथार्थ हामीहरु माझ जगजहेर नै छ । म एउटा सामाजिक एवं जनताको अगुवा भएकाले जीवनको यो घडी सम्म आइपुग्दा पनि मैले सदैव जनताको सेवामा लागिरहेको कुरा सम्पूर्ण जिल्लावासी आदरणीय जनसमुदायलाई थाहा भएकै कुरा हो । संधैभरि एउटै अनुहारलाई जिताएर पनि विकासको अनुभूति पाउन नसकेका मुस्ताङे जनताले नयाँ नेतृत्व अर्थात बाम गठबन्धनबाट मेरो नेतृत्व चाहिरहेको अवस्थामा मेरो उम्मेदवारीलाई सकरात्मक रुपमा लिइरहेका छन् । 

समग्र जिल्लाको विकासका लागि तपाईको प्राथमिकतामा के–के छन् त ?
मुस्ताङको विकास र समृद्धिका लागि बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नतीको कार्यलाई तोकिएको समय भित्र सम्पन्न गराउन सचेत गर्दै उत्तरी कोरला नाकालाई व्यवस्थित र नियमित रुपमा खोल्ने कार्यमा विशेष अग्रसरता देखाउने, जिल्लाका प्रत्येक गाउँमा सडक संजालको विकास र विस्तार गर्ने, जिल्लाका प्रत्येक गाउँ वस्तीमा ग्रामिण विद्युत र संचार सेवा पु¥याउने, पर्यटन व्यवसायको सम्मुचित प्रवद्र्धन र सम्वद्र्धन गर्न आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण कार्यलाई प्राथमिकता दिने र होम स्टे तथा ग्रामिण पर्यटनको विकास अभियानलाई विस्तार गर्ने, जिल्लामा रहेका धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको उचित संरक्षण र सम्बद्र्धन गर्ने कुरा प्राथमिकतामा छन् । 
 त्यसैगरी औधोगिक ग्रामको स्थापना गरी रोजगारीको सृजना गर्ने, स्वदेशमा लगानीको वातावरण सृजना गर्ने, जिल्लालाई कृषि, पशुपालनमा आधुनिकिकरण गरी निर्यात बढाउने, वैकल्पिक पदमार्गको विकास विस्तार गर्ने, शिक्षा र स्वास्थ्य सेवालाई सर्वशुलभ र प्रभावकारी बनाउने, नदि काटन हुने ठाउँमा तटबन्ध निर्माण, वृक्षारोपण र पुल पुलेसा निर्माणका लागि ध्यान दिने, जिल्लामा रहेका खानीहरुको उचित व्यवस्थापन गर्ने र नयाँ सम्भावनाहरुको खोजी गर्नु मेरा प्राथमिकताका विषय हुन ।

भनिन्छ, मुस्ताङ प्रदेश नं. ४ कै उत्कृष्ट जिल्ला हो, यहाँ केके सम्भावनाहरु छन् ?
हो, मुस्ताङ प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक हिसाबले ४ नं. प्रदेश मै धनि छ । कृषि, पर्यटन, पशुपालन, खनिजहरु यहाँका संम्भावनाहरु हुन् । यी सम्भावनाहरुको विकास र विस्तारले यस जिल्लालाई समृद्ध तुल्याउन सकिन्छ । यसका लागि म निरन्तर लागिरहने छु । मुस्ताङ स्याउको राजधानी र बेमौसमी तरकारीको जिल्ला पनि हो । यस जिल्लालाई अर्गानिक तरकारी खेतीको जिल्ला बनाउन विशेष योजना र कार्यक्रम ल्याउने र खाली रहेको जग्गा जमिनलाई लिज सिष्टममा लगाई स्याउ तथा अन्य कृषि उपजहरुको उत्पादन गरी घरघरमा समृद्धिको वातावरण सृजना गर्ने मेरो लक्ष्य रहेको छ । मुस्ताङ विकासका लागि कृषि, पर्यटन, पर्यावरण र भौतिक पूर्वाधारमा विशेष जोड दिने र उपल्लो मुस्ताङमा कृषि, पर्यटन र पशुपालनलाई विशेष प्राथमिकताका साथ अगाडी बढाउने, जिल्लामा बढि भन्दा बढि धार्मिक पर्यटक भित्राउनको लागि कागबेनी, मुक्तिनाथ, दामोदर कुण्ड संगै मानसरोवर सम्म जान धार्मिक पर्यटकलाई सहज बनाउने । त्यसैगरी तेस्रो मुलुकका पर्यटकको आगमन वृद्धि गर्न अन्नपूर्ण, धौलागिरी र तिलिचो ताल सम्मको पदमार्गलाई व्यवस्थित गर्ने ।    

यहाँका स्रोत साधनको कसरी परिचालन गर्नुहुन्छ ? ताकि जिल्ला समृद्ध बनोस् । 
मुस्ताङ विकासका लागि प्रशस्त स्रोत साधनहरु हाम्रै जिल्लामा छन् । यहाँका स्रोत साधनको परिचालन गरी जिल्लालाई समृद्ध बनाउनको लागि विषय विज्ञ टोलीहरुको राय सल्लाह अनुसार अगाडी बढदै केन्द्र र प्रदेश सरकार संग सुमधुर सम्बन्ध कायम गरी ती निकायबाट जिल्लाको अति महत्वपूर्ण आयोजनाहरुमा बढि भन्दा बढि बजेट विनियोजन र कार्यान्वयनका लागि प्रयत्नशील रहने छु । 

२०७० को दोस्रो संविधानसभा निर्वाचन पश्चात पुनः दोस्रो पटक विपक्षी दलको उही उम्मेदवारसंग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, यसपटक चुनाव जित्नुहुन्छ ?
हाम्रो पक्षमा जनलहर उर्लिरहेको छ । तत्कालिन समयमा पनि हाम्रो पक्षमा जनलहर थियो तर प्रतिगामी तत्वको चलखेलका कारण जम्मा १२ मतान्तरले मैले पराजय भोग्नु परेको थियो । पटक पटक सांसद र मन्त्री हुँदा पनि जिल्लाको विकासमा तदारुकता नदेखाई जनताको मतलाई कुल्चिरहेका विपक्षी दलका उम्मेदवार प्रति जनतामा नैरास्यता छाएको छ । सँधै एउटै उम्मेदवारलाई जिताईरहे पनि अर्थात चलखेल गर्दै सोही उम्मेदवारले चुनाव जितेपनि झुठा आश्वासन दिँदै जनताको आँखामा छारो हाल्ने काम मात्र नेपाली काँग्रेसका उम्मेदवारले गरेको कुरा सर्वविधितै छ । जिल्लामा विकासका गतिविधिले तिव्रता नपाउँदा सँधै दोहोरिरहने अनुहार प्रति जनता दिक्क भैसकेका छन् ।
जनता विकास र समृद्धि चाहन्छन्, र त्यसका निम्ति नयाँ नेतृत्व अर्थात बाम गठबन्धनको तर्फबाट मेरो नेतृत्व चाहन्छन् । जनता चेतनशील भैसकेका छन्, जनता पक्कै पनि हावादारी कुरा र कसैको प्रलोभनमा नपर्ने कुरामा म विश्वस्त छु । जिल्लाको समग्र विकासका लागि जनताले मलाई विश्वास गरेर भोट दिनुहुनेछ । यसपटक अवश्य पनि चुनाव जित्छु ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
राष्ट्र विकासको निम्ति सही नीति र स्थिर सरकारको आवश्यकता पर्दछ । नेपाली काँग्रेसले विगतका निर्वाचनमा पटकपटक बहुमत ल्याएर पनि कहिल्यै पुरा अवधि सरकार संचालन गर्न नसकि राजनीतिक अस्थिरता सृजना गरी विकास निर्माणका कार्यमा अवरोध खडा गरिरहेको त सबैलाई थाहा भएकै कुरा हो । देश विकासको निम्ति बाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) को स्थिर सरकारको आवश्यकता छ । मुस्ताङमा पनि पटकपटक काँग्रेसका उम्मेदवारलाई जिताउनुभयो तर जिल्लाले विकासमा फडको मार्न सकेन् । आदरणीय मुस्ताङवासी जनसमुदायहरु अरुलाई दिनुभयो पटकपटक तर मलाई भोट दिनुहोस एकपटक, म तपाईहरुको विश्वासलाई गुम्न दिने छैन् । म मुस्ताङमा आमुल परिवर्तन ल्याउने योजनाका साथ चुनावी मैदानमा छु । मलाई मुस्ताङ जिल्लाको चौतर्फी विकास गर्ने अवसर प्रदान गर्नका लागि सम्पूर्ण मुस्ताङवासी मतदातालाई सुर्य चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन अपिल गर्दछु ।  
प्रस्तुती ः केशव वि.क.

Saturday, November 18, 2017

मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार सवार गाडीमा ढुङ्गा प्रहार

केशव वि.क.
मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन सवार गाडीमा शुक्रवार साँझ कागबेनीमा अज्ञात समुहद्धारा ढुंगा प्रहार भएको छ । चुनाव प्रचारप्रसारमा रहेका उम्मेदवार तुलाचन सवार जीपमा जिल्लाको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका स्थित कागबेनीमा ढुंगा प्रहार भएको हो । 

ढुंगा प्रहारबाट ग १ य ३९६ नम्बरको ल्याण्डकुजर जीपको अगाडीको सिसामा क्षति पुगेको छ । होटल ड्रागनको कम्पाउण्डमा पार्किङ गरेको अवस्थामा जीपमा ढुंगा प्रहार भएकाले कुनै मानविय क्षति भने भएको छैन् ।

उम्मेदवार सहितको टोली उपल्लो मुस्ताङको दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा चुनाव प्रचारको कार्यक्रम सकेर जिल्ला सदरमुकाम जोमसोम तर्फ फर्किदै गर्दा कागबेनीमा कार्यकर्ता भेटघाट कार्यक्रममा रहेको अवस्थामा जीपमा ढुंगा हानिएको नेकपा एमाले जिल्ला कमिटी मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले बताए । 

जीपमा उम्मेदवार प्रेम प्रसाद तुलाचन, एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सभासद श्रीमाया थकाली, पूर्व सभासद टसी स्याङ्मो गुरुङ, एमालेका जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन, माओवादी केन्द्र मुस्ताङका अध्यक्ष सत्यनारायण शेरचन, माओवादी जिल्ला नेता सुक बहादुर बिक लगायत कार्यकर्ता सवार थिए । प्रचारमा २ वटा जीप लगिएको थियो ।

आफुहरु सवार गाडीलाई लक्षित गरी विपक्षी दल नेपाली काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेको उम्मेदवार तुलाचनले आरोप लगाए । उम्मेदवार सवार गाडीमा ढुंगा प्रहार गर्ने समुहको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

Thursday, November 16, 2017

मोडलिङ क्षेत्रमा चम्किदै मुस्ताङकी हिरा

मोडेल हिरा गुरुङ
केशव वि.क.
जोमसोम । हिमालको एउटा प्रतिभा अहिले नेपाली सँगीतको बजारमा उदाईरहेको छ । हिमालको पानीले निखारीएको त्यो प्रतिभा यतिखेर नेपाली मोडलिङको क्षेत्रमा नमुनाको रुपमा प्रस्तुत भएको छ । हिमाली जिल्ला मुस्ताङमा जन्मिए हुर्केकी मुस्ताङे चेली हिरा गुरुङ नेपाली मोडलिङको क्षेत्रमा जम्दै गएकी हुन् । 
   सुन्दर जिउडाल अनि उत्तिकै प्रतिभावान जोमसोमकी हिरा साच्चिकै हिराको रुपमा मोडलिङमा चम्केकी छिन् । जुनसुकै म्यूजिक भिडियोमा पनि फिट खाने उनको अभिनयकलाले संगितको बजारमा राज गरिरहेको छ । 
सयौँ मोडल भएको नेपाली मोडलिङको क्षेत्रमा हिराको चर्चा भने जताततै छाइरहेको छ । छोटो समयमै दर्शकको मन जित्न सफल उनी यतिखेर मोडलिङमा सुनौलो ताराको रुपमा प्रस्तुत भैरहेकी छिन् ।
  प्रदेशी दिदी, जीन्दगीको साथी, धौलागिरीको काखैमा लगायतका आधा दर्जन बढि म्यूजिक भिडियोमा अभिनय गरेपछि उनको चर्चा एकाएक चुलिएको हो । मोडलिङमा अघि सरेको उनको पाइलाको अहिले सर्वत्र प्रशंसा हुन् थालेको छ । 

   सानैदेखि अभिनयमा रुचि भएकी हिरा अभिनयकला लाई निखार्दै आफु मोडलिङकै क्षेत्रमा जम्ने सोँचमा छिन् । 
     उत्कृष्ट अभिनय प्रस्तुत गर्न सक्ने उनले म्यूजिक भिडियोको लागि अफर आईरहेको बताईन् । उनले भनिन् । यो मेरो रुचिको विषय पनि हो, मोडलिङको क्षेत्रमा प्रवेश गरेकी छु । नेपाली मोडलिङको क्षेत्रलाई केही उचाई सम्म पु¥याउन मेरो योगदान रहनेछ । दर्शकहरुको पनि सकारात्मक प्रतिक्रिया पाएकी छु ।   

   म्यूजिक भिडियोमा आफ्ना कला प्रस्तुत गरीरहेकी हिरा एक व्यवसायी पनि हुन् । उनले मुस्ताङको सदरमुकाम जोमसोम एयरपोर्टमा होटल माउण्टेन भ्यू संचालन गरेकी छिन् ।  

म्यूजिक भिडियोहरु


Wednesday, November 15, 2017

मुस्ताङमा ६४ जना कर्मचारी छडकेमा

जोमसोम । मुस्ताङ जिल्लाका सरकारी कार्यालयमा ६४ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलीले मंगलवार जिल्लामा रहेका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा सो संख्यामा कर्मचारी अनुपस्थित भएको पाइएको हो । 
अनुपस्थित हुनेहरुमा कार्यालय प्रमुख, अधिकृत, सुब्बा लगायतका कर्मचारी थिए । अनुपस्थित भएका कर्मचारीहरुलाई स्पष्टिकरण मागिएको र त्यस पश्चात कारबाहीको प्रक्रियामा जाने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । 
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई मजबुत बनाउन र कर्मचारीलाई पेशाप्रति उत्तरदायी बनाउनको लागि छड्के अनुगमन गरिएको हो । 

Tuesday, November 14, 2017

मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि को–को लड्दैछन् चुनाव

केशव वि.क.
मुस्ताङ कार्तिक २८ । आगामी मंसिर १० गते हुने चुनावमा मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि विशेषतः यहाँका प्रमुख दुई राजनीतिक दल चुनाव लड्दै छन् । नेपाली काँग्रेस र बाम गठबन्धन नेकपा (एमाले र माओवादी केन्द्र) का साझा उम्मेदवारहरु चुनाव लड्ने भएका हुन् । 

प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसबाट पूर्व वाणीज्य मन्त्री रोमी गौचन थाकाली र बाम गठबन्धनको तर्फबाट प्रेम प्रसाद तुलाचन चुनावी मैदानमा उभिएका छन् । 

पाँच स्थानिय तह भएको मुस्ताङलाई प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र
मा विभाजन गरीएको छ । दालोमे गाउँपालिका, लोमान्थाङ गाउँपालिका लाई क्षेत्र नम्बर १ र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका लाई क्षेत्र नम्बर २ गरी प्रदेश क र ख मा विभाजन गरीएको हो ।

प्रदेशसभा क का लागि  नेपाली काँग्रेसबाट लोमान्थाङ गाउँपालिका वडा नं. ३ का मिक्यूर गुरुङ र बाम गठबन्धनबाट सोही गाउँपालिका वडा नं. ५ का ईन्द्रधारा विष्टले उम्मेदवारी दर्ता गराएका छन् । 
त्यसैगरी प्रदेशसभा ख का लागि नेपाली काँग्रेसबाट छिरिङ धावा गुरुङ र बाम गठबन्धनबाट महेन्द्र बहादुर थकालीले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै प्रदेशसभा ख को लागि राप्रपाबाट प्रविण शेरचनको पनि उम्मेदवारी परेको छ । 

जिल्ला भरिमा ९ हजार ४ सय मतदाता २७ मतदाता रहेका छन् । जसमध्ये उपल्लो मुस्ताङको दालोमे र लोमान्थाङ गाउँपालिकामा ३ हजार १ सय ५६ र तल्लो मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा ६ हजार २ सय ७१ मतदाता रहेका छन् । जिल्ला भर ३७ वटा मतदान केन्द्र कायम गरिएको छ ।

Monday, November 13, 2017

उपल्लो मुस्ताङमा काँग्रेस कार्यकर्ता एमालेमा प्रवेश


उपल्लो मुस्ताङ । उपल्लो मुस्ताङका नेपाली काँग्रेसका युवा कार्यकर्ता सोमबार पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । 



लोमान्थाङका कर्साङ गुरुङ र बाबू विष्ट, त्यसैगरी छोसेरका कृष्ण गुरुङ र पासाङ गुरुङ काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । 

उनीहरुलाई नेकपा एमाले जिल्ला कमिटी मुस्ताङका अध्यक्ष चन्द्रमोहनले एक समारोहका विच खादा लगाई पार्टी प्रवेश गराएका हुन् । 
यस अघि पनि उपल्लो मुस्ताङका दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका सयौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । 
मुस्ताङमा एमाले प्रतिको जनलहर बढिरहेको एमाले जिल्ला कमिटीका अध्यक्ष गौचनले बताए ।   

जनताको आँखामा छारो हाल्न, पुलको सर्वे

मुस्ताङ संवाददाता
फाईल तस्वीर
जोमसोम कार्तिक २७ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ५ का जनताको आँखामा छारो हाली जनमत आफ्नो पोल्टोमा पार्न  यहाँको एक राजनैतिक दलको दबाबमा जिल्ला प्राविधिक कार्यालय मुस्ताङले पुलको सर्वे गरेको आरोप लागेको छ । 

६ महिना अघि भएको स्थानीयतह निर्वाचनमा  घरपझोङ ५ ढुम्बावासीलाई मोटरेबल पुल बनाइदिने झुटो आश्वासन दिएर मतदान गर्न प्रेरित गरेको नेपाली काग्रेस मुस्ताङले  आगामी मंसिर १० गते हुँने प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनमा पनि  पुनःमोटरेबल पुल बनाईदिने सोही झुटो आश्वासन दिदै विना योजना पुलको सर्वे गर्न लगाएको बताईएको छ । 

पहिलो पटकको स्थानीय तहको निर्वाचनमा पूल बनाईदिने आश्वासन पाएका ढुम्बावासीले पुल बन्ने छाटकाट नदेखेपछि कांग्रेसको आश्वासन पत्याउँन छाडेका थिए । जनताले बिश्वास मान्न छाडेपछि कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार पूर्व वाणीज्य मन्त्री रोमी गौचन थकालीले पुनः पुल बनाईदिने नक्कली नाटकको मञ्चन गरी सर्वे गर्न लगाएको स्थानियको आरोप छ । 

जनताको आँखामा छारो हाल्ने काममा जिल्ला प्राविधिक कार्यालयले पनि साथ दिएको छ । ढुम्बामा पुल बनाउने अहिलेसम्म कुनै योजना नपरेकाले जनमत आफ्नो पक्षमा पार्नको लागि पुलको नक्कली सर्भे गरेर ढुम्बावासीलाई फेरी छलकपट गर्न खोजिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष आस बहादुर थकालीले बताए ।

नेपाली कांग्रेस संगको मिलेमतोमा जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले केहि प्राविधिक टोलीलाई ढुम्बा जोडने पुलको नापजाचका लागि पठाएको आरोप छ । तिवारीले भने एल आर डि पि ले पत्रचार गरेकाले पुलको सर्वे गर्न प्राविधिक टोली पठाएको बताएका छन् ।

निवार्चनको संघारमा पुलको सर्वे गर्नु सान्दर्भिक थिएन, इन्जिनियर तिवारीले भने । यसमा हाम्रो गम्भिर कमजोरी भएको छ, भन्दै गल्ती स्वीकार गरेका छन् । नापजाँच गरेपछि जनताले पत्याउँछन् भन्ने काग्रेसको रणनीति उदाङ्गो भएको छ ।

पूर्व निर्धारित कार्यक्रम बाहेक निर्वाचनको पेरीफेरीमा नितान्त नयाँ योजना ल्याउनु निर्वाचन आचारसंहिता विपरित हुने मुख्य निर्वाचन अधिकृत बलराम त्रीपाठीले बताए ।

निर्वाचनको संघारमा आएर मतदातालाई प्रभावमा पार्न गरिएको यो सर्वे अहिले सम्म पुल निर्माणका लागि कुनै योजना नपरेकाले झुठ सावित भएको छ । नक्कली पुलको सर्भे गरेर ढुम्बावासीको जनमत पाउने रणनीति बनाएका कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवारको चलखेल छताछुल्ल भएको छ । 

प्रतिनिधिसभामा मुस्ताङबाट कस्ले मार्ला बाजी ?

केशव वि.क.
मुस्ताङ, कार्तिक २७ 

आगामी मंसिर १० गते हुने निर्वाचनमा मुस्ताङबाट प्रतिनिधिसभा तर्फ कस्ले मार्ला त बाजी । यतिबेला सर्वत्र चर्चाको विषय बनेको छ । मुस्ताङबाट प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेस र बाम गठबन्धनका साझा उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन् । यो प्रतिस्पर्धा भने जिल्लामा कुनै नौलो होइन् । दोस्रो संविधान सभाको निर्वाचन पश्चात संगसंगै यी दुई उम्मेदवारहरु पुनः प्रतिस्पर्धामा उत्रिएका हुन् । 
नेपाली कांग्रेसबाट पूर्व वाणीज्यमन्त्री रोमी गौचन थकाली र बाम गठबन्धनबाट प्रेम प्रसाद तुलाचनले प्रतिनिधिसभाका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । थासाङ गाउँपालिका वडा नं. ३ लेतेका यी दुवै उम्मेदवारहरु छिमेकी हुन् । २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा गौचन नेपाली कांग्रेस र तुलाचन स्वतन्त्र उम्मेदवारको तर्फबाट संगसंगै चुनावी मैदानमा थिए । तत्कालिन स्वतन्त्र उम्मेदवार तुलाचनले जम्मा १२ मतान्तरले पराजय भोग्नु परेको थियो । 
कांग्रेसका उम्मेदवार गौचन ०५६ मा प्रतिनिधिसभा सदस्य, ०६४ मा समानुपातिक सांसद र ०७० मा निर्वाचित सांसद हुँदै वाणीज्य मन्त्री बने । बाम गठबन्धनका उम्मेदवार तुलाचन प्रख्यात निर्माण व्यवसाय एवं उत्कृष्ट करदाता र मुस्ताङका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सामाजिक अगुवा हुन् ।   

यी दुवै उम्मेदवारहरुको जिल्लामा उत्तिकैको राम्रो पहुँच छ । यति बेला दुवै उम्मेदवारहरु विकासका एजेण्डाहरु लिएर मतदाताको घरदैलोमा पुगेका छन् । कांग्रेस र बाम गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिव्रता दिईरहेका छन् । राम्रो जनमत भएका यी दुवै पक्ष विच चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । 
पाँच गाउँपालिका भएको हिमाली जिल्ला मुस्ताङमा चिसो संगै चुनावी सरगर्मी पनि बढेको छ । स्थानिय तहको निर्वाचनमा पाँच गाउँपालिका मध्ये तीन गाउँपालिका जितेको कांग्रेसलाई प्रतिनिधिसभाको निर्वाचन भने सहज हुने छैन् । 

बाम एकता र जिल्लामा पैदा भएको बाम प्रतिको जनलहर एवं सामाजिक अगुवाहरुको बाम प्रवेशले जिल्लामा आफुहरुले चुनाव जित्ने गठबन्धनको दाबी छ । भने स्थानिय तहको निर्वाचनको परिणामका आधारमा, पार्टी पंक्ति एकजुट भएर जाँदा चुनाव जितिने कांग्रेसको विश्वास छ ।

मुस्ताङको विकास र समृद्धिका लागि उत्तरी कोरला नाकालाई व्यवस्थित र नियमित रुपमा खोल्ने कार्यमा विशेष अग्रसरता देखाउने प्रत्येक गाउँमा कृषि सडक संजालको विस्तार, पदमार्ग, पर्यटन, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, विद्युत, संचार, धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास र प्रवद्र्धन गर्ने र जिल्लामा उद्योगहरुको स्थापना गरी प्रत्येकलाई रोजगारी प्रदान गर्दै आयात घटाई निर्यात बढाई जिल्लालाई समृद्ध बनाउने योजनाका साथ बाम गठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन चुनावी मैदानमा छन् । 

त्यस्तै कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले पनि कोरला नाका, कृषि, पशुपालन, पर्यटन, सडक, पदमार्गहरुको विकास र विस्तार आदिलाई आफ्नो प्राथमिकतामा राखेका छन् । यी दुवै उम्मेदवारहरुलाई जनताले राम्रैसंग मुल्याङकन गरेका छन् ।  

Sunday, November 5, 2017

भगत सर्वजित विश्वकर्मालाई राष्ट्रिय बिभुती घोषणा गर्नुपर्छ

मिलन विश्वकर्मा
काठमाडौँ, कात्तिक १९  – माओवादी केन्द्रका नेता तथा पूर्व सभासद् पद्मलाल विश्वकर्माले दलित आन्दोलनका पिता भगत् सर्वजित विश्वकर्मालाई राष्ट्रिय बिभुती घोषणा गर्नुपर्ने बताएका छन् । नेपालको दलित समुदाय प्रति भगत सर्वजितको योगदान अमुल्य भएको बताउदैँ सम्मान स्वरुपमा सरकारले राष्ट्रिय बिभुती बनाउनु पर्ने उनले  बताए ।

शनिबार भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानले राजधानीमा राखेको सहयोदाता सम्मान कार्यक्रमलाई उद्घाटन गर्दै विश्वकर्माले दलित अधिकारकर्मीले भगत सर्वजित विश्वकर्माको जिवनबाट धेरै कुरा सिक्नु पर्ने आवश्यक रहेको बताए । दलितका हक अधिकारले संविधानमा स्थान पाए पनि दलित आन्दोलन निष्क्रिय हुदाँ त्यी कुराहरु ओझेलमा पर्दै गएको उनले बताए । भगत सर्वजितको समयमा दलित समुदायमा शिक्षा कमी हँदा पनि ऐतिहासिक कार्यले सफलता पाउनु तर अहिले दलित समुदायका व्यक्तिहरु शिक्षत हुँदा पनि आन्दोलनले उपलब्धी हासिल गर्न नसक्नु दुःखद कुरा भएको बताए ।

उनले आगमी दिनमा दलित समुदायले संगठित, शिक्षित भई संघर्ष गरे भने मात्र दलितले सामाजिक सम्मान र न्याय पाउने धारणा व्यक्त गरे । यसै सुत्र द्वारा नै भगत सर्वजितले ऐतिहासिक सफलता हासिल गरेको बताउदै उनले समग्र दलित आन्दोलनले पनि यही सुत्र प्रयोग गर्नुपर्ने बताए ।

त्यस्तै, प्रतिष्ठानका अध्यक्ष ओम बहादर विश्वकर्माले दलित समुदाय भित्रका व्यक्तिहरुकै अबरोधमा भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानलाई स्थापित गर्न सफल भएको बताए । सर्वजितको जन्मठाउँ बागलङमा अवस्थित विश्वकर्मा प्रावि स्थपना गर्दा र त्यसलाई मावि सम्म पुर्याउदा गैर दलितले दलित समुदायका व्यत्तिलाई पेय पदार्थ खुवाएर निर्माधिन विद्यालयका भवन भत्काउन लगाइएको सम्झना व्यक्त गरे ।

अध्यक्ष विश्वकर्माले संस्थागत बिषयलार्य जोड्दै दलित समुदायको पुख्र्याैली पेशालाई आधुनिकीकरण गर्दै सामाजिक, आर्थिक शैक्षिक क्षेत्रमा रंचनात्मक र सृजनात्मक काम गर्दै जाने बताए । उनले भगत सर्वजितले स्थापना गरेको मुल्य, मान्यता र बिचारलाई जगेर्ना गर्दै उनको स्मृतीलाई चिरस्थायी बनाउने प्रतिबद्धता व्यक्त समेत गरे ।
त्यस्तै, प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष मनकाजी विश्वकर्माले सहयोग दातालाई धन्यबाद व्यक्त गर्दै संस्थाले आगमी दिनमा पनि दलित अधिकारको लागि निरन्तर काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उपाध्यक्ष रामकृष्ण विश्वकर्माले दलित मुत्तिको लागि दलित आन्दोलन सशक्त हुनपर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानको उद्देश्य प्राप्तीका लागि काठमाडौँबाट सहयोग गर्ने श्रष्ट्राहरुलाई सम्मान सल, खादा र सम्मानपत्र प्रदान गरि समान गरिएको थियो । साथै आजिवन सदस्यता लिएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको संञ्चालक धनकाजी विश्वकर्माले जानकारी दिए । प्रतिष्ठानका अनुसार पोखरा, बुटुवल लगायतका शहरका सहयोग दातालाई पनि निकट भविष्यमा सम्मान गरिने भएको छ ।

को हुन भगत् सर्वजित विश्वकर्मा ?

भगत सर्वजित विश्वकर्मा दलित आन्दोलनका पिता हुन । आज भन्दा झण्डै १७५ बर्ष पहिले वि.स. १९५० सालमा बागलुङमा जन्मिएका विश्वकर्मा दलित समुदायका एक उदाहरणीय व्यक्तिको रुपमा चिनिन्छन् । सानै देखि बिद्रोही स्वभावका भगत सर्वजित विश्वकर्मा स्थानीय समाजमा रगरगेका नामबाट परिचित थिए । उनले भारतको बनारसबाट संस्कृत बिधामा आचार्य गरेको थिए । साथै उनले हिन्दु धर्म ग्रन्थका वेद उपनिषद पुराण, स्मृती लगायतका ग्रन्थहरुको गहिरो अध्ययन गरेका थिए । अध्ययन पश्चात उनले आफनो नामको अगाडी भगत र नामको पछाडी वृन्ची लेख्न थाले । उनी अध्ययनशील, कर्तव्यनिष्ठ र तार्किक कुशलता भएका व्यक्तित्व हुन । साथै धार्मिक गन्थ्रमा कतै पनि उचनीच, ठुलोसानो नभएको उत्पीडित समुदयालाई छुवाछुत भेदभाव गरी अपमानित गर्न नमिल्ने भनि तर्क गर्ने उनी पहिलो व्यक्ति हुन । अहिले सम्म प्राप्त भएका ऐतिहासिक कागजातहरुमा उनको नाम भगत सर्वजित विश्वकर्मा (वृन्ची) लेखिएको पाइन्छ ।

यस्ता छन् भगत् सर्वजित विश्वकर्माका योगदान ?

१) तत्कालीन अवस्थामा उनले सुरु गरेको सामािजक आन्दोलनमा कोही पनि सानोठुलो नभएको तथा सामाजिक आर्थिक, धार्मिक शैक्षिक समानताका लागि उनले आवाज उठाएका थिए । हिन्दु ग्रन्थमा विश्वकर्मा शिल्प ब्राम्हण उल्लेख भएको कारण पहिलो पटक उनी आफैले जनै धारण गरेका थिए । जुन तत्कालीन अवस्थामा निकै साहसिक र कठिन काम मानिन्थ्यो ।

२) उनले जातपात छुवाछुत र बिभेदको उत्पीडनबाट शोषित पिडित समुदायलाई मुक्ति दिलाउनले उद्देश्यले वि.स. १९९७ सालमा विश्व सर्वजन संघ नामक संस्था स्थपना गरी दलित मुत्ति आन्दोलनलाई एकिकृत रुपमा अगाडी बडाउनुका साथै आर्थिक उन्नतीका लागि दलित माथिको चरम श्रम शोषण र अािर्थक शोषणका विरुद्ध आवाज उठाएका थिए । परम्परागत बालीघरे प्रथाबाट उत्पीडन परेकाले बालीको सट्टा नगद पाउनु पर्छ भन्ने कुरा अघि सार्दै आरानको टुडो भाच्ने, दर्जीहरुको कल बन्द गर्ने, छालको काम बन्द गर्ने जस्ता आम हड्तालगरेको थिए । जुन आन्दोलनलाई निकै महत्वका साथ हेरिन्छ ।

३) दलित समुदायको शिक्षा दिक्षा पाउनु पर्छ भन्दै शिक्षा विस्तारको लागि उनले आफ्नै पहलमा बागलुङ जिल्ला मुलपानी गा.वि.स.को हिलियापानीमा २००७ सालमा भारतबाट अध्ययन गरी पर्केका हिक्मत सिंह तथा उनका सहयोद्धा लक्ष्मिनारायण विश्वकर्मा, मनविर विश्वकर्मा र रामशरण विश्वकर्माको साथ सहयोग लिई विश्वकर्मा प्राथमिक विद्यालय स्थपना गरे । उक्त विद्यालयको व्यवस्थापन अध्यक्षमा मनवीर, कोषध्ययक्षमा रामशरण विश्वकर्मा र शिक्षक हिक्मत सिंह रहेका थिए । र दलित समुदायका बच्चाहरुलाई त्यहाँ पठाउन थालियो । उक्त विद्यालय हाल उच्च माध्यमिक ब्दियालयको रुपमा स्थापित छ ।

४) उनले समाजमा शदीयौँ देखि छुवाछुत, जातिय भेदभाव, अपमान र अभावको जीवन काट्न बाध्य दलित समुदायको मुत्तिको सपना बुनेका थिए । उनका यस्ता क्रान्तिकारी कदमलाई तत्कालीन वर्णवादी समाजले पचाउन सकेन, फलस्वरुप उनी विरुद्ध उच्च जातिय अंहकारवादी पण्डित पुरोहित तथा सामान्त ठुलावडा भनिनेहरुबाट ठुलो षडयन्त्र रचियो र उनको घरगोठ मन्दिर र विद्यालय समेत तोडफोड गरी उनमाथि सांघातिक आक्रमण समेत गरियो । र उनीलाई गाठगद्दी ताकेको, व्यवस्था र समाज विरोधी काम गरेको लगायतका आरोप लगाउदैँ तत्कालिन शासकले चरम यातना सहति पटक पटक जेल समेत हालेको थियो । अन्तिम पटक जेलमा परेका विश्वकर्मालाई पाल्पा जेलमा ल्याई १७ महिना सम्म ठेडुका ठोकी अति कठोर यातना दिइएको थियो । यातनाको क्रममा उनका अगाडीका सबै दातहरु भरेको थिए । तर पनि उनी आफ्नो मान्यताबाट एकरती विचलित नभइए निरन्तर मुक्ति आन्दोलनमा होमिए ।

५) उनले उत्पीडित समुदायले आफ्नो मर्यादा र आत्मा सम्मानका लागि आत्म शुद्धि गरी सरसफाई खानपान उठबस र आफ्नो निचर्या सुधार गर्दै समग्र आचारण परिवर्तन ल्याउन सबैमा आह्वान गरे । आफ्नो प्रथम पुत्रको न्वरान समेत वैदिक विधि अनुसार सम्पन्न गरे । “सोलीडोली भातभान्सा आफ्नो आफ्नो मान्छे सरावरी हुन पाउँ ” भन्ने नारा सहित जनै धारण गर्ने र शिक्षा दिक्षा ग्रहण गर्न पाउनु पर्ने तर्क अघि सार्दै उनी तत्कालीन वडा हाकिम समक्ष प्रस्तुत भए । वडा हाकिमद्वारा आयोजित शास्त्रास्त्रमा पण्डित पुरोहितहरुलाई परास्त गरे र श्री ३ मोहन शमशेर राणा समक्ष आफ्ना माग सहितको विन्ती पत्र पेश गरे । अन्तत बाध्य भएर उनलाई जेलमुक्त गरियो ।

तत्कालिन परिस्थीतिलाई दृष्टिगत गरी फेरी नयाँ ढंगबाट ससक्त आन्दोलनको तयारी गर्ने अठोट लिई आफ्ना छोरालाई साथ लिई उनी भारतामा निर्वासित भए । यसरी उत्पीडित दलित मुत्ति आन्दोलनका अगुवा प्रथम संगठक व्यक्तित्व भगत सर्वजित विश्वकर्माको स्वार्गारोहण वि.स. २०१२ सालमा भारतमा भएको थियो ।

महामहिम भारतीय राजदुत पुरी मुस्ताङमा

केशव वि.क.
मुस्ताङ, कार्तिक १९ । नेपालका लागि भारतीय महामहिम राजदुत मञ्जितसिंह पुरी आईतबार मुस्ताङ आएका छन् । जोमसोमको कालीगण्डकी नदिमा भारतीय लगानीमा नवनिर्मित मोटरेबल पुलको उद्घाटन गर्न महामहिम राजदुत पुरी मुस्ताङ आएका हुन् ।
पुलको उद्घाटन गर्दै पुरीले मुस्ताङको विकास प्रति चासो व्यक्त गरेका छन् । भारतले नेपालको विकासमा सहयोग गर्दै आएको बताउँदै उनले मुस्ताङको पूर्वाधार विकासमा पनि भारतले लगानी गरेको बताए ।
पुल निर्माण भएसंगै नौँ महिना खोलाबाट गाडी पास गर्नुपर्ने समस्या समाधान भएको छ । पुरीले पुलले यहाँका स्थानिय तथा पर्यटकलाई आवतजावतमा सहज हुने र यसले जिल्लाको समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
मुस्ताङमा भारत सरकारले पुल, पर्खाल, गुम्बा लगायतका पूर्वाधार निर्माणमा सहयोग गरेको छ । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने महामहिम राजदुत पुरीको भनाई थियो ।
सो अवसरमा आफ्नी धर्मपत्नी र कन्सुलर सहित हेलिकप्टर मार्फत मुस्ताङ आएका राजदुत पुरीले मुक्तिनाथको दर्शन पनि गरेका थिए ।   
४६ मिटर लम्बाई भएको डबल लेनको उक्त पक्की पुल ४ करोड १२ लाख ७३ हजारको लगानीमा गत जेठ २६ गते निर्माण कार्य सम्पन्न भएको थियो । 

Saturday, November 4, 2017

सहायक प्रजिअ खड्काको मन्त्रालयमा सरुवा

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, २०७४ कार्तिक १८ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खडकाको गृह मन्त्रालयमा सरुवा भएको छ । खडकाले विगत १३ महिना देखि मुस्ताङ जिल्लाको सहायक प्रजिअ को भूमिका निर्वाह गर्दै आएका थिए । 
कुशल प्रशासकको रुपमा परिचित खडका जिल्लामा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । आफ्नो पेशा प्रति जिम्मेवार र कर्तव्यनिष्ठ खडकाले जिल्लामा रहँदा सबै पक्षसंग सुमधुर सम्बन्ध कायम गरे । 
जिल्लामा कुनै पनि अनियमितता हुन नदिन पहलरत खडकाले उपभोत्ताको अधिकार संरक्षण तथा उपभोत्ताहित र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई निरन्तरता दिए । 
जनताको सेवा प्रति निष्ठावान शालिन स्वभावका उनी जिल्लामा भएका विकृति विसंगति हटाउन सक्रिय देखिए ।