Monday, November 13, 2017

जनताको आँखामा छारो हाल्न, पुलको सर्वे

मुस्ताङ संवाददाता
फाईल तस्वीर
जोमसोम कार्तिक २७ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ५ का जनताको आँखामा छारो हाली जनमत आफ्नो पोल्टोमा पार्न  यहाँको एक राजनैतिक दलको दबाबमा जिल्ला प्राविधिक कार्यालय मुस्ताङले पुलको सर्वे गरेको आरोप लागेको छ । 

६ महिना अघि भएको स्थानीयतह निर्वाचनमा  घरपझोङ ५ ढुम्बावासीलाई मोटरेबल पुल बनाइदिने झुटो आश्वासन दिएर मतदान गर्न प्रेरित गरेको नेपाली काग्रेस मुस्ताङले  आगामी मंसिर १० गते हुँने प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनमा पनि  पुनःमोटरेबल पुल बनाईदिने सोही झुटो आश्वासन दिदै विना योजना पुलको सर्वे गर्न लगाएको बताईएको छ । 

पहिलो पटकको स्थानीय तहको निर्वाचनमा पूल बनाईदिने आश्वासन पाएका ढुम्बावासीले पुल बन्ने छाटकाट नदेखेपछि कांग्रेसको आश्वासन पत्याउँन छाडेका थिए । जनताले बिश्वास मान्न छाडेपछि कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार पूर्व वाणीज्य मन्त्री रोमी गौचन थकालीले पुनः पुल बनाईदिने नक्कली नाटकको मञ्चन गरी सर्वे गर्न लगाएको स्थानियको आरोप छ । 

जनताको आँखामा छारो हाल्ने काममा जिल्ला प्राविधिक कार्यालयले पनि साथ दिएको छ । ढुम्बामा पुल बनाउने अहिलेसम्म कुनै योजना नपरेकाले जनमत आफ्नो पक्षमा पार्नको लागि पुलको नक्कली सर्भे गरेर ढुम्बावासीलाई फेरी छलकपट गर्न खोजिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष आस बहादुर थकालीले बताए ।

नेपाली कांग्रेस संगको मिलेमतोमा जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले केहि प्राविधिक टोलीलाई ढुम्बा जोडने पुलको नापजाचका लागि पठाएको आरोप छ । तिवारीले भने एल आर डि पि ले पत्रचार गरेकाले पुलको सर्वे गर्न प्राविधिक टोली पठाएको बताएका छन् ।

निवार्चनको संघारमा पुलको सर्वे गर्नु सान्दर्भिक थिएन, इन्जिनियर तिवारीले भने । यसमा हाम्रो गम्भिर कमजोरी भएको छ, भन्दै गल्ती स्वीकार गरेका छन् । नापजाँच गरेपछि जनताले पत्याउँछन् भन्ने काग्रेसको रणनीति उदाङ्गो भएको छ ।

पूर्व निर्धारित कार्यक्रम बाहेक निर्वाचनको पेरीफेरीमा नितान्त नयाँ योजना ल्याउनु निर्वाचन आचारसंहिता विपरित हुने मुख्य निर्वाचन अधिकृत बलराम त्रीपाठीले बताए ।

निर्वाचनको संघारमा आएर मतदातालाई प्रभावमा पार्न गरिएको यो सर्वे अहिले सम्म पुल निर्माणका लागि कुनै योजना नपरेकाले झुठ सावित भएको छ । नक्कली पुलको सर्भे गरेर ढुम्बावासीको जनमत पाउने रणनीति बनाएका कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवारको चलखेल छताछुल्ल भएको छ । 

No comments:

Post a Comment