Tuesday, November 14, 2017

मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि को–को लड्दैछन् चुनाव

केशव वि.क.
मुस्ताङ कार्तिक २८ । आगामी मंसिर १० गते हुने चुनावमा मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि विशेषतः यहाँका प्रमुख दुई राजनीतिक दल चुनाव लड्दै छन् । नेपाली काँग्रेस र बाम गठबन्धन नेकपा (एमाले र माओवादी केन्द्र) का साझा उम्मेदवारहरु चुनाव लड्ने भएका हुन् । 

प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसबाट पूर्व वाणीज्य मन्त्री रोमी गौचन थाकाली र बाम गठबन्धनको तर्फबाट प्रेम प्रसाद तुलाचन चुनावी मैदानमा उभिएका छन् । 

पाँच स्थानिय तह भएको मुस्ताङलाई प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र
मा विभाजन गरीएको छ । दालोमे गाउँपालिका, लोमान्थाङ गाउँपालिका लाई क्षेत्र नम्बर १ र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका लाई क्षेत्र नम्बर २ गरी प्रदेश क र ख मा विभाजन गरीएको हो ।

प्रदेशसभा क का लागि  नेपाली काँग्रेसबाट लोमान्थाङ गाउँपालिका वडा नं. ३ का मिक्यूर गुरुङ र बाम गठबन्धनबाट सोही गाउँपालिका वडा नं. ५ का ईन्द्रधारा विष्टले उम्मेदवारी दर्ता गराएका छन् । 
त्यसैगरी प्रदेशसभा ख का लागि नेपाली काँग्रेसबाट छिरिङ धावा गुरुङ र बाम गठबन्धनबाट महेन्द्र बहादुर थकालीले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै प्रदेशसभा ख को लागि राप्रपाबाट प्रविण शेरचनको पनि उम्मेदवारी परेको छ । 

जिल्ला भरिमा ९ हजार ४ सय मतदाता २७ मतदाता रहेका छन् । जसमध्ये उपल्लो मुस्ताङको दालोमे र लोमान्थाङ गाउँपालिकामा ३ हजार १ सय ५६ र तल्लो मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा ६ हजार २ सय ७१ मतदाता रहेका छन् । जिल्ला भर ३७ वटा मतदान केन्द्र कायम गरिएको छ ।

No comments:

Post a Comment