Tuesday, November 21, 2017

स्व प्रकाश दाहालको सम्झनामा मुस्ताङमा श्रद्धाञ्जली सभा !

मुस्ताङ मंसिर ५ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको असामयिक निधनले दुःखी बनेको माओवादी केन्द्र मुस्ताङले मंगलबार जोमसोममा उनको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

श्रद्धाञ्जली सभामा बोल्दै माओवादी केन्द्र मुस्ताङका अध्यक्ष सत्यनारायण शेरचनले माओवादीले एउटा दरिलो खम्बा गुमाउनु परेको बताए । शेरचनले भने, ‘प्रकाशको निधनले हामी अत्यन्त दुःखी छौं ।’

प्रकाशको निधनले पार्टीलाई अतुलनिय क्षति पुगेको भन्दै शेरचनले दाहालको सपना साकार पार्न गठबन्धनका उम्मेदवारलाई जिताएर नेपाललाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने बताए ।


कार्यक्रम माओवादी केन्द्रका जिल्ला नेता सुक बहादुर बि.क.को संचालनमा सम्पन्न भएको थियो ।
हार्टअट्याकका कारण अचेत अवस्थामा रहेका प्रकाशको निधन उपचारका क्रममा मंसिर ३ गते विहान नर्भिक अस्पतालमा भएको थियो । 

No comments:

Post a Comment