Sunday, November 5, 2017

महामहिम भारतीय राजदुत पुरी मुस्ताङमा

केशव वि.क.
मुस्ताङ, कार्तिक १९ । नेपालका लागि भारतीय महामहिम राजदुत मञ्जितसिंह पुरी आईतबार मुस्ताङ आएका छन् । जोमसोमको कालीगण्डकी नदिमा भारतीय लगानीमा नवनिर्मित मोटरेबल पुलको उद्घाटन गर्न महामहिम राजदुत पुरी मुस्ताङ आएका हुन् ।
पुलको उद्घाटन गर्दै पुरीले मुस्ताङको विकास प्रति चासो व्यक्त गरेका छन् । भारतले नेपालको विकासमा सहयोग गर्दै आएको बताउँदै उनले मुस्ताङको पूर्वाधार विकासमा पनि भारतले लगानी गरेको बताए ।
पुल निर्माण भएसंगै नौँ महिना खोलाबाट गाडी पास गर्नुपर्ने समस्या समाधान भएको छ । पुरीले पुलले यहाँका स्थानिय तथा पर्यटकलाई आवतजावतमा सहज हुने र यसले जिल्लाको समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
मुस्ताङमा भारत सरकारले पुल, पर्खाल, गुम्बा लगायतका पूर्वाधार निर्माणमा सहयोग गरेको छ । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने महामहिम राजदुत पुरीको भनाई थियो ।
सो अवसरमा आफ्नी धर्मपत्नी र कन्सुलर सहित हेलिकप्टर मार्फत मुस्ताङ आएका राजदुत पुरीले मुक्तिनाथको दर्शन पनि गरेका थिए ।   
४६ मिटर लम्बाई भएको डबल लेनको उक्त पक्की पुल ४ करोड १२ लाख ७३ हजारको लगानीमा गत जेठ २६ गते निर्माण कार्य सम्पन्न भएको थियो । 

No comments:

Post a Comment