Sunday, November 5, 2017

भगत सर्वजित विश्वकर्मालाई राष्ट्रिय बिभुती घोषणा गर्नुपर्छ

मिलन विश्वकर्मा
काठमाडौँ, कात्तिक १९  – माओवादी केन्द्रका नेता तथा पूर्व सभासद् पद्मलाल विश्वकर्माले दलित आन्दोलनका पिता भगत् सर्वजित विश्वकर्मालाई राष्ट्रिय बिभुती घोषणा गर्नुपर्ने बताएका छन् । नेपालको दलित समुदाय प्रति भगत सर्वजितको योगदान अमुल्य भएको बताउदैँ सम्मान स्वरुपमा सरकारले राष्ट्रिय बिभुती बनाउनु पर्ने उनले  बताए ।

शनिबार भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानले राजधानीमा राखेको सहयोदाता सम्मान कार्यक्रमलाई उद्घाटन गर्दै विश्वकर्माले दलित अधिकारकर्मीले भगत सर्वजित विश्वकर्माको जिवनबाट धेरै कुरा सिक्नु पर्ने आवश्यक रहेको बताए । दलितका हक अधिकारले संविधानमा स्थान पाए पनि दलित आन्दोलन निष्क्रिय हुदाँ त्यी कुराहरु ओझेलमा पर्दै गएको उनले बताए । भगत सर्वजितको समयमा दलित समुदायमा शिक्षा कमी हँदा पनि ऐतिहासिक कार्यले सफलता पाउनु तर अहिले दलित समुदायका व्यक्तिहरु शिक्षत हुँदा पनि आन्दोलनले उपलब्धी हासिल गर्न नसक्नु दुःखद कुरा भएको बताए ।

उनले आगमी दिनमा दलित समुदायले संगठित, शिक्षित भई संघर्ष गरे भने मात्र दलितले सामाजिक सम्मान र न्याय पाउने धारणा व्यक्त गरे । यसै सुत्र द्वारा नै भगत सर्वजितले ऐतिहासिक सफलता हासिल गरेको बताउदै उनले समग्र दलित आन्दोलनले पनि यही सुत्र प्रयोग गर्नुपर्ने बताए ।

त्यस्तै, प्रतिष्ठानका अध्यक्ष ओम बहादर विश्वकर्माले दलित समुदाय भित्रका व्यक्तिहरुकै अबरोधमा भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानलाई स्थापित गर्न सफल भएको बताए । सर्वजितको जन्मठाउँ बागलङमा अवस्थित विश्वकर्मा प्रावि स्थपना गर्दा र त्यसलाई मावि सम्म पुर्याउदा गैर दलितले दलित समुदायका व्यत्तिलाई पेय पदार्थ खुवाएर निर्माधिन विद्यालयका भवन भत्काउन लगाइएको सम्झना व्यक्त गरे ।

अध्यक्ष विश्वकर्माले संस्थागत बिषयलार्य जोड्दै दलित समुदायको पुख्र्याैली पेशालाई आधुनिकीकरण गर्दै सामाजिक, आर्थिक शैक्षिक क्षेत्रमा रंचनात्मक र सृजनात्मक काम गर्दै जाने बताए । उनले भगत सर्वजितले स्थापना गरेको मुल्य, मान्यता र बिचारलाई जगेर्ना गर्दै उनको स्मृतीलाई चिरस्थायी बनाउने प्रतिबद्धता व्यक्त समेत गरे ।
त्यस्तै, प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष मनकाजी विश्वकर्माले सहयोग दातालाई धन्यबाद व्यक्त गर्दै संस्थाले आगमी दिनमा पनि दलित अधिकारको लागि निरन्तर काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उपाध्यक्ष रामकृष्ण विश्वकर्माले दलित मुत्तिको लागि दलित आन्दोलन सशक्त हुनपर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानको उद्देश्य प्राप्तीका लागि काठमाडौँबाट सहयोग गर्ने श्रष्ट्राहरुलाई सम्मान सल, खादा र सम्मानपत्र प्रदान गरि समान गरिएको थियो । साथै आजिवन सदस्यता लिएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको संञ्चालक धनकाजी विश्वकर्माले जानकारी दिए । प्रतिष्ठानका अनुसार पोखरा, बुटुवल लगायतका शहरका सहयोग दातालाई पनि निकट भविष्यमा सम्मान गरिने भएको छ ।

को हुन भगत् सर्वजित विश्वकर्मा ?

भगत सर्वजित विश्वकर्मा दलित आन्दोलनका पिता हुन । आज भन्दा झण्डै १७५ बर्ष पहिले वि.स. १९५० सालमा बागलुङमा जन्मिएका विश्वकर्मा दलित समुदायका एक उदाहरणीय व्यक्तिको रुपमा चिनिन्छन् । सानै देखि बिद्रोही स्वभावका भगत सर्वजित विश्वकर्मा स्थानीय समाजमा रगरगेका नामबाट परिचित थिए । उनले भारतको बनारसबाट संस्कृत बिधामा आचार्य गरेको थिए । साथै उनले हिन्दु धर्म ग्रन्थका वेद उपनिषद पुराण, स्मृती लगायतका ग्रन्थहरुको गहिरो अध्ययन गरेका थिए । अध्ययन पश्चात उनले आफनो नामको अगाडी भगत र नामको पछाडी वृन्ची लेख्न थाले । उनी अध्ययनशील, कर्तव्यनिष्ठ र तार्किक कुशलता भएका व्यक्तित्व हुन । साथै धार्मिक गन्थ्रमा कतै पनि उचनीच, ठुलोसानो नभएको उत्पीडित समुदयालाई छुवाछुत भेदभाव गरी अपमानित गर्न नमिल्ने भनि तर्क गर्ने उनी पहिलो व्यक्ति हुन । अहिले सम्म प्राप्त भएका ऐतिहासिक कागजातहरुमा उनको नाम भगत सर्वजित विश्वकर्मा (वृन्ची) लेखिएको पाइन्छ ।

यस्ता छन् भगत् सर्वजित विश्वकर्माका योगदान ?

१) तत्कालीन अवस्थामा उनले सुरु गरेको सामािजक आन्दोलनमा कोही पनि सानोठुलो नभएको तथा सामाजिक आर्थिक, धार्मिक शैक्षिक समानताका लागि उनले आवाज उठाएका थिए । हिन्दु ग्रन्थमा विश्वकर्मा शिल्प ब्राम्हण उल्लेख भएको कारण पहिलो पटक उनी आफैले जनै धारण गरेका थिए । जुन तत्कालीन अवस्थामा निकै साहसिक र कठिन काम मानिन्थ्यो ।

२) उनले जातपात छुवाछुत र बिभेदको उत्पीडनबाट शोषित पिडित समुदायलाई मुक्ति दिलाउनले उद्देश्यले वि.स. १९९७ सालमा विश्व सर्वजन संघ नामक संस्था स्थपना गरी दलित मुत्ति आन्दोलनलाई एकिकृत रुपमा अगाडी बडाउनुका साथै आर्थिक उन्नतीका लागि दलित माथिको चरम श्रम शोषण र अािर्थक शोषणका विरुद्ध आवाज उठाएका थिए । परम्परागत बालीघरे प्रथाबाट उत्पीडन परेकाले बालीको सट्टा नगद पाउनु पर्छ भन्ने कुरा अघि सार्दै आरानको टुडो भाच्ने, दर्जीहरुको कल बन्द गर्ने, छालको काम बन्द गर्ने जस्ता आम हड्तालगरेको थिए । जुन आन्दोलनलाई निकै महत्वका साथ हेरिन्छ ।

३) दलित समुदायको शिक्षा दिक्षा पाउनु पर्छ भन्दै शिक्षा विस्तारको लागि उनले आफ्नै पहलमा बागलुङ जिल्ला मुलपानी गा.वि.स.को हिलियापानीमा २००७ सालमा भारतबाट अध्ययन गरी पर्केका हिक्मत सिंह तथा उनका सहयोद्धा लक्ष्मिनारायण विश्वकर्मा, मनविर विश्वकर्मा र रामशरण विश्वकर्माको साथ सहयोग लिई विश्वकर्मा प्राथमिक विद्यालय स्थपना गरे । उक्त विद्यालयको व्यवस्थापन अध्यक्षमा मनवीर, कोषध्ययक्षमा रामशरण विश्वकर्मा र शिक्षक हिक्मत सिंह रहेका थिए । र दलित समुदायका बच्चाहरुलाई त्यहाँ पठाउन थालियो । उक्त विद्यालय हाल उच्च माध्यमिक ब्दियालयको रुपमा स्थापित छ ।

४) उनले समाजमा शदीयौँ देखि छुवाछुत, जातिय भेदभाव, अपमान र अभावको जीवन काट्न बाध्य दलित समुदायको मुत्तिको सपना बुनेका थिए । उनका यस्ता क्रान्तिकारी कदमलाई तत्कालीन वर्णवादी समाजले पचाउन सकेन, फलस्वरुप उनी विरुद्ध उच्च जातिय अंहकारवादी पण्डित पुरोहित तथा सामान्त ठुलावडा भनिनेहरुबाट ठुलो षडयन्त्र रचियो र उनको घरगोठ मन्दिर र विद्यालय समेत तोडफोड गरी उनमाथि सांघातिक आक्रमण समेत गरियो । र उनीलाई गाठगद्दी ताकेको, व्यवस्था र समाज विरोधी काम गरेको लगायतका आरोप लगाउदैँ तत्कालिन शासकले चरम यातना सहति पटक पटक जेल समेत हालेको थियो । अन्तिम पटक जेलमा परेका विश्वकर्मालाई पाल्पा जेलमा ल्याई १७ महिना सम्म ठेडुका ठोकी अति कठोर यातना दिइएको थियो । यातनाको क्रममा उनका अगाडीका सबै दातहरु भरेको थिए । तर पनि उनी आफ्नो मान्यताबाट एकरती विचलित नभइए निरन्तर मुक्ति आन्दोलनमा होमिए ।

५) उनले उत्पीडित समुदायले आफ्नो मर्यादा र आत्मा सम्मानका लागि आत्म शुद्धि गरी सरसफाई खानपान उठबस र आफ्नो निचर्या सुधार गर्दै समग्र आचारण परिवर्तन ल्याउन सबैमा आह्वान गरे । आफ्नो प्रथम पुत्रको न्वरान समेत वैदिक विधि अनुसार सम्पन्न गरे । “सोलीडोली भातभान्सा आफ्नो आफ्नो मान्छे सरावरी हुन पाउँ ” भन्ने नारा सहित जनै धारण गर्ने र शिक्षा दिक्षा ग्रहण गर्न पाउनु पर्ने तर्क अघि सार्दै उनी तत्कालीन वडा हाकिम समक्ष प्रस्तुत भए । वडा हाकिमद्वारा आयोजित शास्त्रास्त्रमा पण्डित पुरोहितहरुलाई परास्त गरे र श्री ३ मोहन शमशेर राणा समक्ष आफ्ना माग सहितको विन्ती पत्र पेश गरे । अन्तत बाध्य भएर उनलाई जेलमुक्त गरियो ।

तत्कालिन परिस्थीतिलाई दृष्टिगत गरी फेरी नयाँ ढंगबाट ससक्त आन्दोलनको तयारी गर्ने अठोट लिई आफ्ना छोरालाई साथ लिई उनी भारतामा निर्वासित भए । यसरी उत्पीडित दलित मुत्ति आन्दोलनका अगुवा प्रथम संगठक व्यक्तित्व भगत सर्वजित विश्वकर्माको स्वार्गारोहण वि.स. २०१२ सालमा भारतमा भएको थियो ।

No comments:

Post a Comment