Monday, November 20, 2017

समृद्ध तल्लो मुस्ताङ बनाउँछु ः थकाली

केशव वि.क.
महेन्द्र बहादुर थकाली उम्मेदवार प्रदेशसभा ख, मुस्ताङ
जोमसोम । विगत लामो समय देखि जनताको सेवामा लागिरहेको एउटा नाम हो, महेन्द्र बहादुर थकाली । मुस्ताङ जस्तो विकट गाउँमा जन्मिए हुर्किए पनि आफ्नो वौद्धिक स्तरलाई माथि उकास्दै जनताको सेवामा आफ्नो उर्जाशिल समय विताएको एउटा सच्चा इमान्दार व्यक्ति हुन महेन्द्र बहादुर थकाली ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सहायक प्रमुख जिल्ला अधिकारी भएसंगै ३० वर्ष राष्ट्र सेवक कर्मचारीको रुपमा जनताको सेवा गरे । विभिन्न संघसंस्थामा आवद्ध रहि जिल्लामा परिवर्तन ल्याउनको लागि उनी सँधै सकृय रहे । समृद्ध समाज समृद्ध मुस्ताङका लागि आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रदेशसभा ख का लागि बाम गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  

समाजका लागि केही गर्नुपर्छ भन्ने सोच भएका थकाली मुस्ताङको प्रतिनिधित्व गर्दै प्रदेशसभा ख का सांसद पदका दाबेदार हुन् । थकालीले जनताले विकास र समृद्धि चाहेकाले जनताको भावना अनुरुप काम गर्नका लागि आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

आफ्नो ३० वर्षको प्रशासनिक अनुभवलाई अब जनताको प्रतिनिधि भएर विकास र समृद्धिको लागि खर्चिन चाहन्छु । थकालीले भने । 
विगत देखिनै समाजको परिवर्तन र विकासको पक्षमा आफ्नो योगदान दिँदै आएका थकालीले यस पटक आफु प्रदेश सांसद भएर आश्वासन होइन समाजमा केही गरेर दखाउनु पर्छ भन्ने सोचका साथ जनतासामु आएको र यो अवसर प्रदान गरि दिनको लागि आम मतदाता समक्ष आग्रह गरेका छन् ।

दिगो विकास र समृद्धिका लागि मुस्ताङमा विभिन्न संभावनाहरु भएको र त्यसको विकास र प्रवद्र्धन गर्नका लागि आफु सदैव सक्रिय रहने थकालीको भनाई छ । तल्लो मुस्ताङका थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका प्रत्येक गाउँलाई रिङ रोड बनाई जोडन्े, कृषि, पशुपालनमा किसानलाई आत्मनिर्भर बनाई निर्यातमा जोड दिने उनको योजना छ । 

२१ औँ शताब्दीमा आईपुग्दा पनि मुस्ताङको विकासले तिव्रता पाउन नसकेको भन्दै उनले जिल्लामा रहेका धार्मिक, पर्यटकीय, एतिहासिक क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याई जिल्लामा बढि भन्दा बढि पर्यटक भित्राई जिल्लालाई आर्थिक समृद्धि तर्फ अगाडी बढाउने कार्यमा सकृय रहने थकालीको भनाई छ । 

विकासका निम्ति सक्षम नेतृत्वलाई सबैले साथ दिनुपर्ने भन्दै महिला, बिपन्न वर्गको उत्थान गरी गाउँको समृिद्ध र बिकासका लागि ठोस अवधारणा बनाएर अघि बढ्ने बताउँदै उनले कुनै प्रलोभनमा नपरी विकासका लागि आफ्नो नेतृत्वलाई विजयी गराउँन मतदातालाई अपिल गरेका छन् । 

No comments:

Post a Comment