Monday, November 20, 2017

समृद्ध उपल्लो मुस्ताङ बनाउछुः विष्ट

केशव वि.क.
इन्द्रधारा विष्ट प्रदेशसभा क उम्मेदवार, मुस्ताङ
मुस्ताङ । इन्द्रधारा विष्ट उपल्लो मुस्ताङका एक उर्जाशिल जुझारु व्यक्तित्व हुन् । उपल्लो मुस्ताङ जस्तो विकट ठाउँमा रहेर पनि समाजमा परिवर्तनकारी भूमिका खेल्न सकृय चर्चित समाजसेवी विष्ट जनमानसका ढुकढुकी हुन् । 
सालिन, इमान्दार विष्टले समाजमा पु¥याएको योगदानको बारेमा उपल्लो मुस्ताङ वासीमा जगजाहेर भएकै कुरा हो । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका विष्टको समाज प्रतिको झुकाव र लगावले उपल्लो मुस्ताङ लगायत जिल्लामा परिवर्तनकारी भूमिका खेलेको छ । 
समाजका हरेक सकारात्मक कृयाकलापमा सकृय विष्ट विभिन्न सामाजिक संघसस्ंथामा कृयाशिल रहँदै विगतका दिन देखि नै समाजसेवामा लागेका छन् । चीनको तिब्बतसंग प्रत्येक वर्षहुने व्यापार मेलामा पनि उनी सदैव समन्वयकारी भूमिका निर्वाह गरेका हुन्छन् । 

जनताका पिरमर्का बुझ्न सक्ने, विकास प्रति झुकाव भएका विकासप्रेमी सदैव जागरुक विष्ट यतिखेर मुस्ताङ क बाट प्रदेश सांसदका दाबेदार हुन् । उनले आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रदेशसभा क मा बाम गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  
दालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिका अर्थात समाजमा भए गरेका विकास निर्माणका कामलाई नयाँ सोँचका साथ अगाडी बढाउनको लागि नेतृत्वकारी भूमिका खेल्न आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् । 

विष्टले भने । उपल्लो मुस्ताङ जिल्लाकै विकट क्षेत्र हो, यहाँ विकासका कामले तिव्रता लिन सकेका छैनन् । यो क्षेत्र प्रचुर संभावना भएको र प्राकृतिक रुपले जिल्लाकै धनि ठाउँ हो । यसको विकासको लागि विभिन्न योजना लिएर आएको छु । 

उपल्लो मुस्ताङवासीहरुका कठिन जनजीवनलाई उकास्नको लागि प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गर्दै उनले उपल्लो मुस्ताङमा भएका संभावनाहरुको खोजी र विकास प्रवद्र्धन गर्न सदैव लागिरहने बताए ।

उपल्लो मुस्ताङमा कृषि, पशुपालन र पर्यटनको धेरै संभावनाहरु छन् । यहाँ राष्ट्रलाई नै धनि बनाउन सक्ने खानीहरु छन् । ती खानीहरुको उचित व्यवस्थापन गरी दिगो विकास, समृद्धि र कोरला नाका नियमित संचालनमा ल्याउन विशेष ध्यान दिने उल्लेख गरेका छन् । 
उपल्लो मुस्ताङमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युत, संचार लगायतको विकासको लागि आफु संधै प्रतिबद्ध रहेको बताउँदै बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क का लागि उम्मेदवारी दिएका विष्टले विकास र समृद्धिका लागि जनतालाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरेका छन् । 

No comments:

Post a Comment