Tuesday, November 21, 2017

मतदान अधिकृतका लागि दुई दिने प्रशिक्षण सम्पन्न

जोमसोम । आगामी मंसिर १० गते हुने आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि संचालन गरीएको दुई दिने प्रशिक्षण तालिम सोमबार जोमसोममा सम्पन्न भएको छ । 

जिल्ला निर्वाचन कार्यालय मुस्ताङले स्वतन्त्र ,निष्पक्ष र मर्यादित वातावरणमा चुनाव संम्पन्न गराउनको लागि यहाँका ३७ मतदान केन्द्रमा खटिने कर्मचारीका लागि तालिमको आयोजना गरेको हो । 

तालिमको सहजीकरण राष्ट्रिय अनुगमनकर्ता स्थानीय बिकास मन्त्रालयका सहसचिब सुरेश अधिकारी, जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछाने, लेखापाल बालकृष्ण मिश्र, नायव सुब्बा महेन्द्र रेग्मी, छेत्रदास बैरागी लगायतले तालिमको सहजीकरण गरेका थिए । 

निर्वाचनलाई लक्षित गरी संचालन गरीएको उक्त तालिम उपलब्धी मुलक रहेको सहभागीले बताएका छन् । मुस्ताङको ३७ मतदानकेन्द्रमा १ सय १३ जना निर्वाचन कर्मचारी खटिने भएका छन् । जसमध्ये ३९ जना मतदान अधिकृत ,३९ जना सहायक मतदान अधिकृत र ३७ जना निर्वाचन स्वंयम् सेबक रहने बताइएको छ । 

No comments:

Post a Comment