Wednesday, November 15, 2017

मुस्ताङमा ६४ जना कर्मचारी छडकेमा

जोमसोम । मुस्ताङ जिल्लाका सरकारी कार्यालयमा ६४ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलीले मंगलवार जिल्लामा रहेका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा सो संख्यामा कर्मचारी अनुपस्थित भएको पाइएको हो । 
अनुपस्थित हुनेहरुमा कार्यालय प्रमुख, अधिकृत, सुब्बा लगायतका कर्मचारी थिए । अनुपस्थित भएका कर्मचारीहरुलाई स्पष्टिकरण मागिएको र त्यस पश्चात कारबाहीको प्रक्रियामा जाने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । 
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई मजबुत बनाउन र कर्मचारीलाई पेशाप्रति उत्तरदायी बनाउनको लागि छड्के अनुगमन गरिएको हो । 

No comments:

Post a Comment