Monday, November 20, 2017

जिल्लाको समग्र विकासका लागि मेरो उम्मेदवारी हो ः थकाली

केशव वि.क.
रोमी गौचन थकाली प्रतिनिधिसभा उम्मेदवार, मुस्ताङ
जोमसोम । आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ काँग्रेसका उम्मेदवार रोमी गौचन थकालीले यति बेला चुनाव प्रचार प्रसार अभियानलाई तिव्र पारेका छन् । जिल्लाको समृद्धिका लागि कोरला नाका खुलाउने मुख्य एजेण्डा बनाउँदै थकालीले मतदाता सामु भोट मागिरहेका छन् । 
प्रचण्ड सरकारको पालामा वाणीज्य मन्त्री समेत भएका थकालीले मुस्ताङको विकासका लागि प्रतिनिधिसभा तर्फ पुनः आफुले उम्मेदवारी दिएको बताएका छन् । मुस्ताङको समग्र विकासको लागि कृषि, पर्यटन, पशुपालनको क्षेत्रमा विशेष ध्यान पु¥याई जिल्लालाई समृद्धि तर्फ लैजाने योजनाका साथ आएको उनको भनाई छ ।
जिल्लाका सबै ठाउँमा सडक, विद्युत, संचार लगायतका पूर्वाधारको विकास गर्न आफ्नो विशेष ध्यान दिने र जनतालाई आर्थिक समृद्धि तर्फ लैजान आय आर्जन मुलक कार्यक्रमहरु संचानलन गर्ने लक्ष्यका साथ अगाडी बढेको थकालीले बताए ।  
कांग्रेसका उम्मेदवार गौचन ०५६ मा प्रतिनिधिसभा सदस्य, ०६४ मा समानुपातिक सांसद र ०७० मा निर्वाचित सांसद हुँदै वाणीज्य मन्त्री बनेका थिए । उनले मुस्ताङको लागि आफुले दिएको योगदान जनताले भुल्न नहुने बताए । 
थासाङ गाउँपालिका वडा नं. ३ घर भएका थकाली जिल्लाका विभिन्न विकासका कार्यमा संलग्न हुँदै आएका छन् । उनले जिल्लामा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि गरी यहाँको अर्थतन्त्रलाई मजबुत बनाउन पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष पहल कदमी लिने बताए । 
सुन्दर, शान्त हिमाली जिल्ला मुस्ताङमा विकासको लहर ल्याउन आफु सदैव सकृय रहँदै आएको र आगामी दिनमा पनि यहाँको विकास र समृद्धिको पक्षमा रही आहोरात्र खटिने थकालीको भनाई छ ।   

No comments:

Post a Comment