मुस्ताङको सदरमुकाम जोमसोममा नव निर्मित शालग्राम उद्यानको शुक्रवार एक समारोहका विच प्रतिस्थापन÷उदघाटन गरिएको छ ।
विश्वको एक मात्र स्थान मुक्तिक्षेत्रमा पाईने शालग्राम धार्मिक, आध्यात्मिक, वैज्ञानिक रुपले अतिनै महत्वपूर्ण मानिएकाले सोको संरक्षणका निम्ति शालग्राम उद्यानको निर्माण गरि शालिग्राम प्रतिस्थापन गरेको कर्मचारी क्लवका अध्यक्ष एवं जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले बताए ।
कर्मचारी क्लवको सक्रियाता तथा जिल्लामा कार्यरत कर्मचारीहरुको आर्थिक सहयोगमा करिब साढे पाँच लाखको लगानीमा सो शालग्राम उद्यान÷चौतारी निर्माण गरिएको कर्मचारी क्लवका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
शालिग्राम चौतारीको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले आफू मुक्तिक्षेत्र विकास समितिको अध्यक्ष भएकाले थप जिम्मेबारी बोध गरिरहेको र त्यस अनुरुप शालग्राम संरक्षणको शुरुवात स्वरुप कालीगण्डकी छेउमा शालग्राम उद्यान स्थापना गरेको बताए ।
साथै उनले उक्त शालग्राम उद्यानले जोमसोमको पर्यटनमा टेवा पु¥याउने बताउदै संरचना र दिगोपनलाई अगाडी बढाउन स्थानिय विकास अधिकारीलाई आग्रह गरे ।
त्यसैगरी स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाले आन्तरिक पर्यटनको संभावना बोकेको यस उद्यानले थप पर्यटन प्रवद्र्धन हुने अपेक्षा व्यक्त गर्दै सबै पक्ष सँग समन्वय गरी भावि संरक्षणको योजना बनाउन पहलरत रहने बताए ।
कार्यक्रममा कर्मचारी क्लवका अध्यक्ष केशरीरमण न्यौपाने, पूर्व सभासद चन्द्रबहादुर गुरुङ, पूर्व जिविस सभापति भक्ति हिराचन, रेडक्रस सभापति चन्द्र बहादुर थकाली, पिएन क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डा.दिल बहादुर क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा शालग्राम उद्यान निर्माणमा अहोरात्र खटिएका गणेश शेरचनलाई सम्मान गरिएको थियो ।
| शालग्राम उद्यान |
No comments:
Post a Comment