मुस्ताङ, १५ श्रावण
नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति मुस्ताङले २६ आँै शहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा शनिवार मुस्ताङ जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल जुस वितरण गरेको छ । विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संगठनले फलफूल जुस वितरण गरेको हो ।
निजामति कर्मचारीहरुको हकहितका लागि ज्यानको आहुति दिएका शहिद मनोज–झपेन्द्रको सम्मान गर्दै निजामति कर्मचारी संगठन मुस्ताङले विरामीहरुको स्वास्थ्य लाभको कमना सहित स्मृति दिवस मनाएको संगठनका अध्यक्ष मतिलाल चपाईले जानकारी दिए ।सो अवसरमा बोल्दै आधिकारिक ट्रेड युनियन मुस्ताङका अध्यक्ष प्रेम के.सी.ले निजामति कर्मचारीको हकहितका लागि ज्यानको बलिदान गर्ने शहिद मनोज–झपेन्द्र लाई राष्ट्रिय शहिद घोषणा गर्न सके मात्र उनीहरु प्रति सम्मान हुने बताए ।
त्यसैगरी संगठनका अध्यक्ष चपाईले निजामति कर्मचारीले पेशागत मर्यादालाई आत्मसाथ गरी पेशागत हकहितको लागि कसैसंग नडराई सुझाव ग्रहण गर्दै सबैलाई समेटेर अगाडी बढ्ने बताए ।कार्यक्रममा कर्मचारी संगठनकी पूर्व केन्द्रिय सदस्य सुशिला तिमिल्सिना, आधिकारीक ट्रेड युनियिन सिबिए मुस्ताङका सचिव टिकाराम भुषाल, कर्मचारी संगठनका गुमान बहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल निजामति कर्मचारी संगठन मुस्ताङका अध्यक्ष मतिलाल चपाईको अध्यक्षता संगठनका उपाध्यक्ष नविन अधिकारीको स्वागत र संगठनका सचिव नारायण प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको कार्यक्रममा संगठनका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment