मुस्ताङ, २८ असार
मुलुकमा कानूनको रक्षा गरी समाजमा हुने विकृति विसंगतिको विरुद्ध खबरखदारी गर्दै शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले सोमबारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । Police-My-Friend
सरकारको आव २०७२ र ७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान मुस्ताङमा पनि संचालनमा आएको छ ।
मुलुक भरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ ।
प्रहरी मेरो साथी शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि यंव प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले कानूनले शासन गर्ने लोकतान्त्रिक विधिमा कानून कार्यान्वयन गर्ने प्रहरी प्राथमिक अंग भएकाले कानून कार्यान्वयन गर्ने क्रममा प्रहरीले जनताको विश्वासलाई डगमगाउन नदिन प्रहरी कर्मचारीलाई निर्देशन दिए । साथै उनले समाजमा समाजमा प्रहरी मेरो साथी हो भन्ने भावनाको विकास गराई समाजमा अपराध विसंगती अराजकता निर्मूल पार्नुपर्ने बताए ।
त्यसैगरी प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले “नागरिकलाई भर, अपराधिलाई डर” भन्ने नारालाई आत्मसाथ गर्दै प्रहरी र जनता बिच सुसम्बन्ध कायम गरी समाजमा शान्ती सुरक्षा कायम गर्न प्रहरी संगठन प्रतिवद्ध रहेको बताए ।प्रनाउ योगीले निलो रङ शान्तीको रङ भएकाले प्रहरीले उक्त रङधारी कपडा लगाई जनताको साथी बनि शान्ती कायम गर्न अहोरात्र खटेको स्मरण गर्दै प्रहरी र जनता विचको सम्बन्ध सुमधुर भएकाले संयुक्त राष्ट्र संघले द्धन्द्ध ग्रस्त देशहरुको शान्ती मिसनमा प्रहरीलाई समावेश गर्ने प्रकृया अगाडी बढाएकोमा प्रहरी प्रति बढेको सामाजिक ख्याति प्रति आफुलाई गर्व महसुस भएको बताए ।
कार्यक्रममा नागरिक अगुवा चन्द्र बहादुर थकाली पूर्व जिविस सभापति विष्णुराज हिराचन, सामुदायिक प्रहरी सेवा केन्द्र मुस्ताङकी अध्यक्ष मिमकुमारी शेरचन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पुथाङ एयरपोर्टबाट सुरु भएको प्रभात फेरी ¥याली जिविसमा पुगि औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रम प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीको अध्यक्षता, प्रहरी निरिक्षक राजकुमार चौधरीको स्वागत र डमबहादुर धिंगालको संचालनमा सम्पन्न भएको थियो ।
नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो ।
No comments:
Post a Comment