Saturday, September 24, 2016

थाक खेलकुदको उपाधि जनहित क्लव जोमसोमलाई

मुस्ताङ साप्ताहिक÷मुस्ताङ
गत आश्विन ५ गते देखि मुस्ताङको कोवाङ गाविसमा संचालित ४६ औँ थाक भलिबल च्याम्पियनशीप रनिङ शिल्डको उपाधी जनहित युवा क्लव जोमसोमले हात पार्न सफल भएको छ । जनहित क्लव जोमसोमले लगातार तेस्रो वर्ष सम्म भलिबल प्रतियोगितामा प्रथम स्थान कायम गर्दै रनिङ शिल्ड जित्न सफल भएको हो ।      जनहित युवा क्लव जोमसोमले सिक्स सोल्टिज क्लव घासालाई पराजित गर्दै आफ्नो प्रथम स्थान कायम गरेको थियो । त्यस्तै सिक्स सोल्टिज क्लव द्धितिय र निर्मल स्पोर्टिङ क्लव लेतेले तृतिय स्थान हासिल गरेको छ । पुरुष भलिवल प्रतियोगितामा ८ समुहको सहभागिता रहेको थियो ।
    त्यसैगरी महिला भलिबल प्रतियोगितामा निलगिरी युवा क्लव टुकुचे प्रथम र सिक्स सोल्टिज क्लव घासाले द्धितिय स्थान हासिल गरेको छ । महिला भलिबल प्रतियोगितामा ४ समुहको सहभागिता रहेको थियो ।
    खेलकुदको विकास र पर्यटन प्रवद्र्धनको लागि विगतका वर्षहरु देखिनै थाक खेलकुदका कार्यक्रमहरुको आयोजना गर्दै आएको थाक खेलकुद तथा साँस्कृतिक विकास संघ मुस्ताङका अध्यक्ष प्रेम प्रसाद तुलाचनले जनकारी दिए ।
    विगत १२ वर्ष देखि आफु थाक खेलकुदको नेतृत्व गर्दै अन्तरनिहित प्रतिभाहरुको पहिचान र विकासका लागि खेलकुदको माध्यमबाट मुस्ताङलाई उचाईमा पु¥याउन प्रतिवद्ध रहँदै आएको अध्यक्ष तुलाचनको भनाई छ ।
    ४ दिनसम्म संचालित कार्यक्रममा कृषि मेला प्रदर्शनी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा विशेष साँस्कृतिक कार्यक्रम संचालन गरिएको अध्यक्ष तुलाचनले बताए ।  


No comments:

Post a Comment