Sunday, July 10, 2016

फिल्ड अनुगमन निरिक्षण भ्रमण !

मुस्ताङ साप्ताहिक
संवाददाता
जिल्ला कृषि विकास कार्यालय मुस्ताङको आयोजनामा गत असार १ देखि ३ गते सम्म जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालयले संयुक्त रुपमा कागबेनी, छुसाङ तथा उपल्लो मुस्ताङमा फिल्ड अनुगमन निरिक्षण गरेको छ ।
जिल्लामा कृषि तथा पशुपालनको क्षेत्रमा भएको लगानीको निरिक्षण तथा कृषि सम्भाव्यताको खोजी र कृषि तथा पशुपालनका समस्या पहिचान गरी कृषकलाई हौसला प्रदान गर्न फिल्ड अनुगमन गरिएको जिल्ला कृषि विकास अधिकृत सावित्री बरालले बताइन् ।
अवलोकन भ्रमण टोलीले कागबेनी अर्गानिक तरकारी उत्पादन तथा च्याङग्रा पालन फार्म, ग्रीन ताङबे स्याउ फार्म, कृषि उपज संकलन केन्द्र छुसाङ ताङवे, चैले च्याङग्रा पालन फार्म छुसाङ, घिलिङ स्याउ फार्म घमी, आलु पि.बि.एस. प्रर्दशन, ग्रीन हाउस तरकारी खेती, सिंचाई कुलो निरिक्षण चराङ, लो–घेकार च्याङग्रा पालन फार्म मराङ र आलु उत्पादन कार्यक्रम लोमान्थाङको अनुगमन निरिक्षण गरेको छ ।
त्यसैगरी लो कृषि विकास समुह, च्याङग्रा पालन लोमान्थाङ, हिमाली च्याङग्रा पालन कृषक समुह लोमान्थाङ, गहुँ विउ उत्पादन प्रदर्शन, आई.पि.एम. कृषक पाठशाला संचालन अवलोकन, छोन्हुप नामग्याल, तह्रोथाङ चौरी पालन व्यवसाय छोन्हुप ठिंगर, अर्गानिक तरकारी उत्पादन समुह छोन्हुप किमलिङ, च्याङग्रा पालन समुह छोन्हुप किमलिङ र छोसेर बहुउद्देश्यि सहकारी संस्था, च्याङग्रा पालन छोसेरको अवलोकन गरेको छ ।
अनुगमनको क्रममा निर्वाहमुखि कृषि भएको र व्यवसायिक सोच नभएकोले कृषिको संस्थापक विकसमा कृषकको त्यति चासो नभएको पाइएको जिल्ला कृषि विकास अधिकृत बरालको भनाइ छ । कृषिको क्षेत्रमा पहिले भन्दा क्रमिक रुपमा सुधार हुँदै आएको भन्दै अधिकृत बरालले माग बढेकाले सिंचाईलाई व्यवस्थित गरी कृषि तरकारीमा आत्मनिर्भर बनाउने बताइन् ।
साथै उनले तरकारी मुख्य भएकाले तरकारीलाई फोकस गर्ने बताउदै कृषि विकासका निम्ति विभिन्न ठाउँ सेवाकेन्द्र स्थापना गरी कृषकलाई आर्थिक, भौतिक र प्राविधिक सेवा उपलब्ध गराउदै आएको बताइन् ।
फिल्ड अनुगमन निरिक्षणमा स्थनियले कृषि पशुपालनलाई प्राथमिकतमा नराखेकोले केही समस्या देखिएतापनि क्रमिक रुपमा सुधार भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. नन्दलाल बर्माले बताए । जिल्लाको पशुपालनको क्षेत्रमा सुधार ल्याई जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको डा. बर्माको भनाई छ । पशुपालनको विकास गरी किसानको आर्थिक समृद्धिका निम्ति पशुसेवा कार्यालयले किसानलाई आर्थिक तथा प्राविधक सल्लाह प्रदान गर्दै आएको पशुसेवा कार्यालय प्रमुख डा. बर्माले बताए ।
भ्रमण अवलोकन टोलीमा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी, जिल्ला कृषि विकास अधिकृत सावित्री बराल, पशुसेवा कार्यालयका प्रमुख डा. नन्दलाल बर्मा, डिएपी द्धय हरिहरनाथ योगी र दिल प्रसाद भट्ट, कृषि विकास बैंकका प्रमुख महेश पौडेल, पशुसेवा कार्यालयका ऋषि दाहाल र कोलेनिकाका दिपक लगायत रहेका थिए ।  



No comments:

Post a Comment