Sunday, July 10, 2016

मुस्ताङको यातयातमा सिण्डिकेट छैन्ः प्रजिअ अधिकारी

मुस्ताङ साप्ताहिक
संवाददाता
मुस्ताङको यातयातमा सिण्डिकेट भएको व्यापक जनगुनासो बढिरहेका बेला मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले सिण्डिकेट नभएको दावी गरेका छन् ।
वर्षौ देखि मुस्ताङका यातयातमा भएको सिण्डकेट आफु जिल्लामा पोष्टिङ भएर आए देखि यातयातको क्षेत्रमा विशेष निगरानी बढाएकोले सिण्डिकेट हटिसकेको प्रजिअ अधिकारीको भनाइ छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले सिन्डिकेटका समस्या यदाकदा देखिएको भएपनि आफु मुस्ताङमा आएपछि हटाउन पहल गरेकोले समस्या समाधान भएको उल्लेख गरे ।
प्रजिअ अधिकारीले भने म पोस्टिङ भएर आएपछि मैले पनि यदाकदा यो समस्या भएको थाहा पाएँ, सम्बन्धित पक्षसँग बसेर छलफल गरिसकेको छु, उनले भने, सिन्डिकेटकै कारण पहिले जस्तो यात्रुले समस्या भोग्नु परेको छैन्।
उनले समस्या समाधानका लागि सरोकारवाला पक्षसंग छलफल गरेकोले यो समस्या समाधान भएको जानकारी दिए। उनले भने, सडक सबैको हो, कसैले अवरोध गर्न पाउँदैन, अवरोध गरेको जानकारीमा आए कारबाही गर्छौँ।
आफु यातायात सिन्डिकेटको पक्षमा नभएको भन्दै उनले त्यस्तो पाए कानुनी कारबाही गर्ने चेतावनी दिँदै केही समस्या भेटिए सिधै प्रशासनमा खबर गर्न सकिने बताए । प्रजिअ अधिकारीले अब यातयात सिण्डिकेटकै कारण यात्रुले दुःख कष्ट भोग्नु नपर्ने भएकोले ढुक्क भएर मुस्ताङ घुम्न आउन अग्रह गरे ।
प्रजिअ अधिकारीका अनुसार मुस्ताङ प्रवेशका लागि यातयातमा सिण्डिकेट म्याग्दी बाट नै सुरु हुने गरेको र बेनी – जोमसोमको ७५ किलोमिटर सडक यातायात व्यवसायी समितिमा भएको सिण्डिकेट अन्त्य गर्दै सिंगल रुट कायम भएको छ ।
जिल्लामा भएको यातयात सिण्डिकेटको अन्त्य भएसंगै मुस्ताङ आउने यात्रुले भोग्नुपर्ने समस्याको पनि अन्त्य भएको छ । अव यात्रुले आफ्नै सवारी साधन बाट मुस्ताङ यात्रा गर्न पाउने भएका छन् ।
मुस्ताङ भौगोलिक तथा ऐतिहासिक तबरले अन्य जिल्ला भन्दा फरक हिमाली जिल्ला भएको र प्रसिद्ध  धार्मिक तीर्थस्थल मुक्तिनाथ, कागवेनी, दामोदर कुण्ड आदि यस जिल्लामा पर्ने भएकाले वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेका छन् ।  

No comments:

Post a Comment