Saturday, December 10, 2016

जिल्ला मतदाता अधिकार मञ्च गठन, अध्यक्षमा बि.क.

मुस्ताङ साप्ताहिक / मुस्ताङ
मुस्ताङको सदरमुकाम जोमसोममा शुक्रवार एक भेलाको आयोजना गरी जिल्ला मतादाता अधिकार मञ्च गठन गरिएको छ । निर्वाचनमा सबैको पहुँच पु¥याउने उद्देश्यका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष सुक बहादुर बिकको अध्यक्षतामा १५ सदस्यिय जिल्ला मतदाता अधिकार मञ्च (डि.भि.आर.एफ.) को गठन गरिएको हो ।
 मञ्चको उपाध्यक्षमा मोहन कुमारी शेरचन, सचिवमा सुमिला परियार, कोषाध्यक्षमा आईतलाल थकाली चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्णमोहन नेपाली, जयन्ती बि.क., चन्द्र बहादुर थकाली, आस बहादुर थकाली, उषा थकाली, केशव बिश्वकर्मा, सीता श्रेष्ठ, सुशिला परियार, सर्मिला परियार, दुर्गादेवी रसाईली र शिवानी ल्वागुन रहेका छन्।
देशका ७५ वटै जिल्लामा जिल्ला मतदाता अधिकार मञ्च गठन गर्ने यस अभियानमा २१ वटा संघसंस्था आवद्ध रहेका छन् । सो अवसरमा राष्ट्रिय युवा अभियानका महासचिव बिजय खड्काले लोकतन्त्रमा निर्वाचनको भूमिका बारे जानकारी दिँदै मतदाताको अधिकार सुनिश्चित गर्न निर्वाचन प्रक्रियामा सबैको पहँुच पु¥याउनु पर्नेमा जोड दिए ।
त्यस्तै जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकृत महेन्द्र रेग्मीले जिल्ला निर्वाचनको वर्तमान अवस्थाको चर्चा गर्दै निर्वाचनको महत्वबारे प्रष्ट पारेका थिए ।
निमित्त जिल्ला निर्वाचन अधिकृत रेग्मीको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मुस्ताङका अध्यक्ष सुक बहादुर बि.कले गरेका थिए । कार्यक्रमको सहजीकरण संघकी केन्द्रिय सदस्य सुन्देवी रसाईलीले गरेकी थिईन् ।

No comments:

Post a Comment