Wednesday, December 28, 2016

युवा संघका अध्यक्ष गुरुङ सम्मानित


केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ १३ पौष

मुक्तिनाथ खिंगाका सकृय युवा तथा नेकपा एमाले जिल्ला कमिटि मुस्ताङका सदस्य एवं युवा संघ नेपाल मुस्ताङका अध्यक्ष रमेश गुरुङलाई स्थानियले सम्मान गरेका छन् । गाउँको विकासका लागि विशेष योगदान पु¥याएको भन्दै खिंगा गाउँका स्थानियले गत पौष ११ गते सोमवार एक समारोहका विच गुरुङलाई सम्मान गरेको खिंगाका गाउँ मुखिया विकल गुरुङले बताए ।

    विकास प्रेमी सकृय जुझारु युवा रमेश गुरुङ गाउँका जुनसुकै विकास निर्माणका कार्यमा दख्खल राख्ने व्यक्ति हुन् । इमान्दार, शालिन, कर्तव्य निष्ठ गाउँको विकासका लागि जस्तोसुकै परिस्थितिमा पनि समाजसेवामा सकृय रहँदै आएका छन् ।
    खिंगा गाउँलाई अर्गानिक खेती युक्त गाउँको रुपमा विकास गर्न विशेष पहल र भूमिका निर्वाह गरिरहेका गुरुङ गाउँमा हुने विकास निर्माणका योजना सम्बन्धीत निकायसम्म पु¥याउने र गाउँमा विकासको लहर भित्राउन उनी सँधै सकृय रुपमा लागिरहेको स्थानिय बताउँछन् ।
    नेपालमा युवा शक्ति विदेश पलायन हुने क्रम बढिरहेका बेला आफ्नो उर्जाशील समयमा स्थानिय स्तरमा संभावनाहरुको खोजी गरिरहेका गुरुङ मन, वचन र कर्मले सामाजिक सेवामा एक उदाहरणीय व्यक्तिका रुपमा प्रस्तुत भएका छन् ।
    गाउँलेले आफ्नो कार्यको सही मुल्याङकन गरी अभिनन्दन गरेको भन्दै गुरुङले आफु सदैव गाउँ समाजको हकहित र विकासमा निम्ति लागि पर्न थप प्रेरणा जागेको र विकास निर्माणको क्षेत्रमा कहिल्यै पनि पछि नहट्ने बताए ।
     पर्यटकीय क्षेत्र मुक्तिनाथ खिंगालाई नमुना गाउँको रुपमा विकास गरी अर्गानिक कृषि, पशुपालन, भौतिक पूर्वधार विकास एवं पर्यटन व्यवसायलाई एकिकृत रुपमा विस्तार गर्दै समृद्ध मुस्ताङ बनाउने कार्यमा लाग्ने योजना रहेकाले यसको निम्ति सरोकारवाला पक्षको साथ सहयोग र समर्थन आवश्यक रहेको गुरुङको भनाई छ ।
    विकास प्रेमी गुरुङ जस्तै अन्य युवा शक्ति पनि समाजको विकासमा जुटन सके देशले जुनसुकै क्षेत्रमा पनि विकासको फड्को मार्न सक्छ । युवा शक्तिलाई स्वदेशमै परिचालन गरी समृद्धि तर्फ लाग्न राज्यले सहि निति अवलम्बन गर्नु आवश्यक छ ।  

No comments:

Post a Comment