Friday, December 9, 2016

ओमको २६ औँ शाखा जोमसोममा

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ २४ मंसिर

ओम डेभलपमेन्ट बंैक लिमिटेडले हिमाली जिल्ला मुस्ताङमा आफ्नो बैंकिङ कारोबार शुरु गरेको छ । शुक्रवार जोमसोममा एक समारोहका विच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मौद्रिक नीति विज्ञ शिवनाथ पाण्डेद्धारा शाखाको उदघाटन गरी बंैकले कारोबार शुरु गरेको हो ।  
 एयरपोर्ट बजारमा २६ औँ शाखाको उदघाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पाण्डेले बंैक तथा वित्तिय संस्थाको वर्तमान अवस्था र देशको मौद्रिक नीतिका बारेमा जानकारी गराउँदै नेपाल राष्ट्र बैंकले दुरदराजमा पनि बंैकिङ सेवा प्रदान गर्ने नीति लिएको र ओम डेभलपमेन्ट बंैकले दुर्गम जिल्लामा शाखा विस्तार गर्नु राम्रो पक्ष भएको बताए । साथै उनले आर्थिक समृद्धिको लागि बैंकले उत्पादनशील क्षेत्रमा लगानी बढाउन गर्न आग्रह गरे ।
    त्यसैगरी बंैकका अध्यक्ष सुशिल कुमार गोशलीले उत्पादनशील क्षेत्रमा लगानी गर्दै आर्थिक समृद्धि तर्फ अगाडी बढाउनका लागि बंैकले आफ्नो शाखा विस्तार गरेको र राम्रो योजना लिएर आएमा बंैकले ३५ करोड सम्म व्यक्ति वा संस्थालाई लगानी गर्ने बताए ।
    ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाण्डौँको चावहिल र कलंकी, पोखराको लेकसाईड, स्याङजाको गल्याङ, मुस्ताङको जोमसोम र रुपन्देहीको बुटवल गरी ६ वटा नयाँ शाखा खोल्नको लागि नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त गरेको र उक्त ठाउँहरुमा नयाँ शाखाहरु खोलेपछि बैंकको शाखा संख्या ३१ पुग्ने बताइएको छ ।
    ओम डेभलपमेन्ट बंैक मनास्लु विकास बंैकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि देशभरमा यस बंैकका ४२ वटा शाखाहरु हुने बंैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । 

  साबिक सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाईनान्स मर्ज भई गत २०७२ साल चैत्र २२ गतेबाट संयुक्त कारोबार शुरु गरेको बैंकले गत आर्थिक वर्ष २०७२÷०७३ को असार मसान्तसम्म ११ अर्ब ८५ करोड निक्षेप संकलन, ९ अर्ब ९३ करोड कर्जा लगानी गरी ५१ करोड ४८ लाख संचालन मुनाफा आर्जन गरेको थियो । बंैकको पँुजी पर्याप्तता १४.७६ प्रतिशत, प्रति सेयर आम्दानी ३१.१२ र ग्राहक संख्या १ लाख २५ हजार रहेको जनाइएको छ । बंैकलाई आर्थिक वर्ष २०७२÷७३ को मुनाफाबाट शेयरधनिहरुलाई २९.२० प्रतिशत बोनस शेयर दिन राष्ट्र बंैकले स्विकृती दिईसकेको छ ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचन, नेपाली कांग्रेसका गणेश शेरचन, जोमसोम महिला समुहकी अध्यक्ष सर्मिला गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।     सो अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकद्धारा जनहित उमावि जोमसोमलाई छात्रवृत्ति रकम विनियोजन घोषण गरिएको थियो ।
    बंैकका अध्यक्ष सुशिल कुमार गोशलीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रमको संचालन बंैकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी र स्वागत बंैकको जोमसोम शाखा प्रबन्धक सोफिया शेरचनले गरेकी थिईन् ।

No comments:

Post a Comment